Friday, January 16, 2026
शुक्रबार, माघ २, २०८२

E-paper

महिला युरोकप फुटबलको उपाधि इङ्ल्याण्डलाई

सोमवार, साउन १२, २०८२

काठमाडौं : इंग्ल्याण्डले महिला युरोकप फुटबल २०२५ को फाइनलमा स्पेनलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै उपाधि जितेको छ।

निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल १–१ को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो। इंग्ल्याण्डले पहिलोपटक विदेशी भूमिमा ठूलो उपाधि जितेको हो।
१२ साउन, काठमाडौं । इंग्ल्याण्डले महिला युरोकप फुटबल २०२५ को उपाधि जितेको छ । गएराति भएको फाइनलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ३–१ ले पराजित गर्दै इंग्ल्याण्ड युरोपियन च्याम्पियन बनेको हो।

निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल १–१ को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा स्पेनको २ प्रहार इंग्ल्याण्ड गोलरक्षक हाना हाम्पटनले बचाइन् ।

इंग्ल्याण्डले पहिलोपटक विदेशी भूमिमा ठूलो उपाधि जितेको हो । पहिलो हाफमा पछाडि परेपनि दोस्रो हाफमा गोल फर्काउँदै इंग्ल्याण्डले खेलमा आफूलाई जीवितै राखेको थियो ।

२५औं मिनेटमा मारिओना काल्देन्तेले गोल गर्दै स्पेनलाई अग्रता दिलाएकी थिइन् । ५७औं मिनेटमा इंग्ल्याण्डकी अलेसिया रुसोले बराबरी गोल गरिन् । त्यसपछि गोल नहुँदा खेल अतिरिक्त समय हुँदै पेनाल्टी सुटआउटमा पुगेको थियो ।

टिप्पणी गर्नुहोस्

टिप्पणी गर्नुहोस्

तपाईँको इमेल सार्वजनिक हुने छैन।आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

U

सम्बन्धित खबर