Thursday, April 30, 2026
बिहिबार, बैशाख १७, २०८३

E-paper

अल इत्तिहादलाई पन्छाउँदै अल नासर साउदी सुपर कपको फाइनलमा

बुधबार, भदौ ४, २०८२

एजेन्सी – अल नासर साउदी सुपर कपको फाइनलमा पुगेको छ। अल इत्तिहादलाई २–१ ले हराउँदै अल नासरले अन्तिम दुईको यात्रा पक्का गरेको छ। हङकङ स्टेडियममा भएको खेलमा लामो समय १० खेलाडीमा सीमित रहँदा पनि अल नासरले शानदार प्रदर्शन ग¥यो।

खेलको सुरुवात नै रोमाञ्चक रह्यो। १० औं मिनेटमा साडियो मानेले गोल गर्दै अल नासरलाई अग्रता दिलाए। तर मात्र ५ मिनेटपछि स्टेभेन बर्गविनले अल इत्तिहादलाई बराबरीमा फर्काए।

पहिलो हाफको अन्त्यतिर गोलकिपरमाथि फाउल गरेपछि माने रातो कार्ड पाएपछि अल नासर १० खेलाडीमा सीमित भयो र दबाबमा पर्यो।

त्यसका बाबजुद दोस्रो हाफमा अल नासरले फेरि अग्रता लिन सफल भयो। करिब ६० औं मिनेटतिर जोआँ फेलिक्सले क्रिष्टियानो रोनाल्डोको असिस्टमा गोल गरे।

यो गोल उनले चेल्सीबाट अल नासे पुगेपछि गरेको पहिलो गोल थियो। अल नासरले फाइनलमा अल अहली र अल कादसियाहबीचको विजेतासँग खेल्नेछ।

टिप्पणी गर्नुहोस्

टिप्पणी गर्नुहोस्

तपाईँको इमेल सार्वजनिक हुने छैन।आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

U

सम्बन्धित खबर