Monday, May 25, 2026
सोमवार, जेष्ठ ११, २०८३

E-paper

रोट्रयाक्ट क्लब अफ बागलुङलाई जोन १६ को जेडआरआर तथा डिस्ट्रिक्ट हाजिरी जवाफ प्रतियोगिताको उपाधि

बुधबार, बैशाख ३०, २०८३

बागलुङ : रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ नेपाल–भूटान अन्तर्गत जोन १६ को जेडआरआर पद रोट्रयाक्ट क्लब अफ बागलुङले प्राप्त गरेको छ । जोन १६ को जेडआरआर पदका लागि अन्य कुनै दाबी वा विरोध नपरेकाले उम्मेदवारी दिनुभएका रोट्रयाक्ट क्लब अफ बागलुङका निवर्तमान अध्यक्ष सौरभ के.सी. निर्विरोध रूपमा चयन भएका छन् । यससँगै रोट्रयाक्ट क्लब अफ बागलुङले तेस्रो पटक जेडआरआर पद हासिल गर्न सफल भएको छ । यसअघि क्लबका पूर्व अध्यक्ष दीपेन्द्र बहादुर घिमिरे तत्कालीन जोन ४ तथा पूर्व अध्यक्ष ताराप्रसाद शर्मा तत्कालीन जोन १७ को जेडआरआरको जिम्मेवारीमा रहेका छन् ।

हाल जोन १६ अन्तर्गत १७ वटा रोट्रयाक्ट क्लबहरू आबद्ध रहेका छन् । नव निर्वाचित जेडआरआर सौरभ के.सी.ले सम्पूर्ण क्लबहरूको समन्वय गर्दै जोनका समस्या, आवश्यकता र योजनाहरूलाई डिस्ट्रिक्ट तहसम्म प्रभावकारी रूपमा पु¥याउने प्रतिबद्धता व्यक्त गरे । उनलाई हालै सौराहा, चितवनमा सम्पन्न रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ को १८औँ डिस्ट्रिक्ट सम्मेलनमा औपचारिक रूपमा जेडआरआर घोषणा गरिएको थियो ।

यसैगरी, जोन १६ ले आगामी रोटा वर्ष २०२७÷२८ का लागि डिआरआर पदमा गौरव सुबेदीलाई पनि प्राप्त गरेको छ । उक्त पदका लागि प्रतिस्पर्धामा रहेका पाँच जना उम्मेदवारमध्ये निर्वाचन प्रक्रियामार्फत सुबेदी विजयी भउका छन् । यस उपलब्धिसँगै रोट्रयाक्ट क्लब अफ बागलुङले “सन्तोष मेमोरियल डिस्ट्रिक्ट क्वीज” को उपाधि समेत जित्न सफल भएको छ । रोट्रयाक्ट क्लब अफ पर्वतका पूर्व अध्यक्ष स्वर्गीय सन्तोष पौडेलको स्मृतिमा रोट्रयाक्ट डिस्ट्रिक्टद्वारा आयोजना हुँदै आएको उक्त प्रतियोगितामा यस वर्ष रोट्रयाक्ट क्लब अफ बागलुङ विजयी बनेको हो ।

क्वीज प्रतियोगितामा विजयी बनेको टोलीलाई क्लबले विशेष सम्मान तथा बधाई ज्ञापन गरेको थियो । सम्मानित हुनेहरूमा क्लबका अध्यक्ष सुनिल गौतम, असिम खत्री, रोजिना खड्का, तारा के.सी. तथा मनोज गौतम लगायत रहेका थिए । सम्मान तथा बधाई कार्यक्रममा रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ नेपाल–भूटानका डीएलसी मेम्बर तथा रोट्रयाक्ट क्लब अफ बागलुङका पूर्व अध्यक्ष सुस्मिता के.सी., नव निर्वाचित जेडआरआर सौरभ के.सी., जोन १७ का पूर्व जेडआरआर तथा पूर्व अध्यक्ष ताराप्रसाद शर्मा, पूर्व अध्यक्ष शिवबहादुर के.सी. तथा झोकेन्द्र थापा मगरले शुभकामना मन्तव्य व्यक्त गरे ।

कार्यक्रम रोट्रयाक्ट क्लब अफ बागलुङका अध्यक्ष सुनिल गौतमको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा सदस्य शिव शर्माले स्वागत मन्तव्य, सचेतक कुशल कँडेलले धन्यवाद मन्तव्य तथा सचिव मनोज उपाध्यायले कार्यक्रम सञ्चालन गरेका थिए ।

टिप्पणी गर्नुहोस्

टिप्पणी गर्नुहोस्

तपाईँको इमेल सार्वजनिक हुने छैन।आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

U

सम्बन्धित खबर