Monday, May 25, 2026
सोमवार, जेष्ठ ११, २०८३

E-paper

एन्जल्स् हार्टमा निःशुल्क अध्ययनका लागि प्रवेश परीक्षा हुँदै

सोमवार, बैशाख २८, २०८३

बागलुङ : एन्जल्स् हार्ट सेकेन्डरी स्कुलमा निःशुल्क अध्ययनका लागि परीक्षा सञ्चालन हुने भएको छ । एन्जल्स हार्ट एजुकेसन फाउण्डेसन तारकेश्वर नगरपालिका—१० मनमैजु काठमाडौंले सञ्चालन गरेको उक्त विद्यालयले हरेक वर्ष देशभरबाट उत्कृष्ट विद्यार्थीलाई निःशुल्क, पूर्ण छात्रवृत्ति र आंशिक छात्रवृत्तिका लागि छनोट गरेर पढाउने गरेको छ ।

एसइइ परीक्षा दिएर बसेका विद्यार्थीहरुलाई उक्त प्रवेश परीक्षामा सहभागी बनाई सर्वोकृष्ट अंक ल्याउने विद्यार्थीलाई एन्जल्स हार्ट सेकेन्डरी स्कुलमा कक्षा ११ र १२ मा पूर्ण छात्रवृत्ति प्रदान गरेर निःशुल्क अध्ययन गर्ने वाताबरण मिलाईने विद्यालयले जनाएको छ । पूर्ण छात्रवृत्ति प्राप्त गर्नका लागि एसइइ दिएर बसेका विद्यार्थी सहभागी भएर यही वैशाख ३० गते बिहान १० बजे गोल्डेनगेट एजुकेसन सेन्टर बागलुङ बजार, वैशाख ३१ गते बिहान ७ बजे सक्सेस एकेडेमी हटिया बजार र ११ बजे टाईगर होटल बुर्तिबाङ बजारमा हुने परीक्षामा सहभागी भएर परीक्षा दिनुपर्नेछ ।

जेठ १ गते म्याग्दीको हिमाञ्चल कम्प्युटर सेन्टर बेनी म्याग्दीमा बिहान १० बजे र कास्की पोखरामा जेठ ३ गते बिहान ७ बजे परीक्षा सञ्चालन हुनेछ । उक्त परीक्षामा सहभागी हुनेमध्ये बागलुङ बजारको परीक्षाबाट एक छात्र र एक छात्रा, हटिया र बुर्तिबाङबाट एक छात्रा र एक छात्रा गरी चार जनाले बागलुङबाट पूर्ण छात्रवृत्ति प्राप्त गर्नेछन् । म्याग्दी बेनीको परीक्षामा सहभागी हुने परीक्षार्थीमध्ये एक छात्रा र एक छात्रले पूर्ण छात्रवृत्ति प्राप्त गर्ने विद्यालयका निर्देशक÷सहायक प्रिन्सीपल दिल बुढाथोकीले बताए ।

निःशुल्क रुपमा अध्ययनको मौका पाउने विद्यार्थीले विद्यालयमा छात्रावास सहित सबै सुविधा पाउँछन् । पूर्ण छात्रवृत्तिमा छनोट भएका विद्यार्थीले छात्राबासको मात्रै खर्च व्यहोर्नुपर्छ भने विशेष र आंशिक छात्रवृत्तिमा पनि विद्यार्थी छनोट गर्ने गरिएको उनले जानकारी दिए । २०७० सालबाट सञ्चालन भएको उक्त विद्यालययले अहिलेसम्म देशभरबाट ६० जनालाई निःशुल्क रुपमा अध्यापन गराएको उनले जानकारी दिए । यस वर्ष देशभरबाट १२ जनालाई निःशुल्क अध्ययनका लागि छनोट गरिने जनाईएको छ ।

एन्जल्स हार्ट एजुकेशन फाण्डेसनसंगै एन्जल्स ड्रिम्स कम्पनी, दुई वटा फाइनान्स कम्पनी, एन्जल्स स्पोर्ट्स एकेडेमी, एमडिएस एग्रो फार्म र लाइभ स्टक कम्पनी गरी १२ वटा संस्थाहरुको एन्जल्स मिसन ग्रुप समेत सञ्चालित छ ।

टिप्पणी गर्नुहोस्

टिप्पणी गर्नुहोस्

तपाईँको इमेल सार्वजनिक हुने छैन।आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *