Friday, January 16, 2026
शुक्रबार, माघ २, २०८२

E-paper

अध्यक्ष कँडेललाई पितृशोक

आइतवार, अशोज २६, २०८२

बागलुङ

कालिका साप्ताहिक, मुक्तिक्षेत्र दैनिक र उत्तरगंगा डट कम अनलाईन सञ्चालनमा ल्याएको उत्तरगंगा पव्लिकेशन प्रालि बागलुङका अध्यक्ष श्रीधर कँडेललाई पितृशोक परेको छ ।

नेपाली काँग्रेस बागलुङका कोषाध्यक्ष समेत रहेका कँडेलका पिता देउदत्त कँडेलको गयराती बागलुङ नगरपालिका—२ स्थीत आफ्नै निवासमा निधन भएको हो । साविक काठेखोला गाउँपालिका—८,साविक लेखानी गाविस वडा नम्बर ३ मा १९८९ वैशाख २३ गते जन्मिएका कँडले गाउँमा सबैको गुरु, सबैको पण्डित र सबैको हजुरवाको रुपमा परिचित थिए ।

उनको शनिबार साँझ करिब साढे आठ बजे ९४ वर्षको उमेरमा निधन भएको हो । शैक्षिक र सामाजिक व्यक्तित्वका रुपमा परिचित कँडेल साविक लेखानी गाविस वडा नम्बर ३ को अध्यक्ष समेत भएर काम गरेका थिए । ज्योतिष पण्डितको रुपमा चिरपरिचित उनले लेखानीमा धेरैको चिना बनाउने काम समेत गरेका छन् ।

उनका दुई श्रीमतीमध्ये भिमकुमारी कँडेलको निधन भैसकेको छ भने टिकादेवी कँडेल अहिले पनि छिन् । स्वर्गीय कँडेलका दुई श्रीमतीबाट ६ छोरा र ५ छोरीको जायजन्म भएको छ ।

टिप्पणी गर्नुहोस्

टिप्पणी गर्नुहोस्

तपाईँको इमेल सार्वजनिक हुने छैन।आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

U

सम्बन्धित खबर