अनुहार र शरिर भरी विभिन्न रङ्ग पोतिएका छन् । धेरै जसोको जिउमा शिवलिङ्ग र सर्पको आकार देखिन्छ । शिरमा जटा, घाँटीमा रुद्राक्ष माला, एउटा हातमा घण्ट र अर्काे हातमा लठ्ठी छ । कतिको हातमा डमरु देखिन्छ । शरिरको तल्लो भागमा गेरु बस्त्र लगाएका कतिपयले हातमा कमण्डलु पनि समातेका छन् । सबै जना ढोलक र भ्mयालीको तालमा ताल मिलाएर नाँच्छन् । कतिपयले जोगीले जस्तै घर घरमा पसेर भिक्षा मागिरहेका छन् । यो बागलुङ बजारमा प्रदर्शन गरिएको लोपोन्मुख जोगी नाँचको दृश्य वर्णन हो । आज भन्दा करिब २५० वर्ष पुरानो जोगी नाँच काठमाण्डौ उपत्यकाको भक्तपुरबाट बागलुङमा भित्राइएको हो । अहिले भक्तपुरमै लोप भैसकेको छ । बागलुङमा भने हरेक वर्ष यो नाँच प्रस्तुत गरिन्छ ।
यो नाँच अहिले बागलुङमा मात्रै प्रचलनमा रहेको संस्कृतिकर्मी शाक्य कल्याण समाज बागलुङका पूर्व अध्यक्ष मुकुन्द शाक्य बताउँछन् । ‘भदौरे जात्राका अन्य नाँचहरु नेवार र विशेषगरी शाक्य जाति भएको सबैजसो ठाउँमा पाईन्छ,’ उनले भने, ‘यो जोगी नाँच अहिले बागलुङमा मात्रै जिवीत छ ।’ जनैपूर्णिमा देखि कृष्ण जन्माष्टमी सम्म भदौरे नाँच अन्तर्गतका विभिन्न नृत्यहरु देखाइन्छ ।
बागलुङमा २५० वर्षको इतिहास भए पनि यो वर्षको इतिहास भए पनि यो नाँचको सुरुवात कसरी भयो भन्नेबारे अझै कुनै त्यस्तो विश्वसनीय प्रमाण भेटिएको छैन । ‘यो समयबाट नै सुरुवात भएको भन्ने अहिलेसम्म एकिन छैन ,’ शाक्य भन्छन्,‘पर्वतका राजाले व्यापार व्यवसाय गर्ने र विभिन्न भाँडा वर्तन बनाउने शाक्य र नेवार समुदायलाई भक्तपुरबाट ल्याएपछि बागलुङमा करिब सात पुस्ता देखि यो नाँच नाँच्न थालेको सामान्य लिखतहरुमा भेटिन्छ ।
टिप्पणी गर्नुहोस्