Friday, January 16, 2026
शुक्रबार, माघ २, २०८२

E-paper

विचार

२१औँ शताब्दीमा “प्रचारवाद र सामाजिक सञ्जाल” को प्रयोग

सोमवार, मंसिर १५, २०८२

लाल बहादुर नेपाली

बिकास (जसलाई सकरात्मक परिवर्तन) भन्ने गरिन्छ, यसका विभिन्न पक्षहरु छन् अरु जे जस्ता सुकै बिकासका प्रयोग वा धारहरु हुन् सामाजिक सञ्जाल एक मानव मष्तिस्कमा वसेको आधुनिक र्भचुवल विश्व सञ्जाल हो समाजसास्त्र र मानवसास्त्रको भाषामा यसलाई प्रचारबादको नामले चिनिन्छ भने आधुनिक उपकरणहरुमा अन्तर व्यक्तिक सञ्जालका रुपमा पनि चिनिन्छ जसले तत्कालै विश्वको कुनै एक ठाँउको घटनालाई अन्य ठाँउमा पुर्याउन मदत गर्दछ , तर पनि प्रचारबादको सिद्धान्तले लिएका केही नियम तथा उप नियमहरु सामाजिक सञ्जालमा पनि उपयोग भएको पाइन्छ किनकि आजको डिजिटल प्रचारबादको नियमाङकन् हिजोको समाजसास्त्रको जग बाट नै गरिएको हो ।

समाज जति धेरै आधुनिक बन्दै जान्छ मानविय ज्ञान, सिप, धारणा, जीवनशैली, प्रविधि, चालचलन, परम्परा, संस्कार, भेषभुषा, सोचाई, मानविय संवन्ध, मानविय अन्तरक्रिया, खोज तथा अनुसन्धानका तरिका, दैनिक जीवन, जीवन यापनको लक्ष्य, समाजमा स्थापित संघ संस्थाहरु र तिनको काम गर्ने तरिका विज्ञानले खोज्ने नयाँ सत्य, तथ्य र पुरा व्रहमाण्डको बारेमा नयाँ विचार र सोचको विकास हुनु जरुरी हो र छ त्यसकारण आधुनिक सामाजिक सञ्जालले भन्दा परापूर्व कालमा जसरी प्रचारबादलाई विश्व सामु प्रस्तुत गरियो त्यो प्रचारवादको इतिहास र फाइदा लाई हेरौ साथै आधुनिक सामाजिक सञ्जालहरु पनि इतिहास बाट नै प्रेरित भई नयाँ प्रविधिको मिश्रण बाट नै सम्भव भएका हुन्, यदि भिन्चीले मानिसलाई आकाशमा उडाउन सकिन्छ भनेर कल्पना नगरेका भए आधुनिक हवाईजहाजहरुको निर्माण सम्भव हुने थिएन कि ? परेवा बाट पत्रहरु पठाउने शुरुवात नभएका भए आजको सामाजिक सञ्जालको आविष्कार पछि रहन्थ्यो कि ? एक पटक एसको विगतलाई हेरौ ।

—आदिम कालमा मानिसहरुले परेवाको माध्यम बाट चिठीहरु ओसारपसार गर्ने लडाँइमा आफ्ना सिपाहीहरु लाई समाचार सम्प्रेष्ण गर्ने, युद्ध सवन्धी जानकारी गराउने र गराउनका लागी प्रयोग गरिने सबै प्रकारका चराका प्रकारहरुको वर्तमान स्वरुप सामाजिक सञ्जाल र प्रचारबादको प्रकार हो ।

— परापुर्व काल देखी जव मानिसहरु जंगली युगमा बस्थे त्यो बेला देखी घुमन्ते जीवन निर्वाह गरिरहेका हुन्थे र एक ठाँउ बाट अर्को ठाँउमा जादा जुन जुन नयाँ विचार, जीवनशैली, वाँच्ने आधार लिएर जान्थे त्यो पनि एक सामाजिक सञ्जाल र प्रचारबादको प्रकार हो ।
घ. मानव इतिहासमा चलिआयको विवाह प्रथा जहाँ एक ठाँउ बाट अर्को ठाँउमा विवाह गरि लैजाने परम्परा छ त्यो पनि एक सामाजिक सञ्जाल र प्रचारबादको प्रकार हो । जसले रितिरिवाज, चालचलन, धर्म, सामाजिक आर्थीक बनोट, आदी लाई सञ्जाल र प्रचारको रुपमा काम गरेको हुन्छ ।

— मध्यकालिन सामन्ती युगमा गाँउ तथा नगरमा हुने सभा, बैठक, कचेरी वा अन्य प्रकारका सामाजिक सांस्कृतिक भेला, नाचगान, मृत्यु, पुजाआजा लगाएतका समाचार सम्प्रेष्ण गर्नका लागी लगाइने हाँक, वजाइने पञ्चे बाजा, रोपाँइमा बजाइने बैठी, आदी सबै प्रकारहरुको वर्तमान स्वरुप सामाजिक सञ्जाल र प्रचारबादको प्रकार हो ।

छ. त्यस पछि प्रचारमा आएका चिठी पत्रले विश्व सञ्चारमा अहम् भुमिका खेले र तिनीहरु सबै प्रकारहरुको वर्तमान स्वरुप सामाजिक सञ्जाल र प्रचारवादको प्रकार हो ।

— चिठी पत्रले विश्व सञ्चारमा अहम् भुमिका खेले तर ती सबै सामानहरुलाई ढुवानीका लागी औधोगीकरणका समयमा निर्माण गरिएका यातयातका साधनहरु, रेलवे, हवाइजहाज, पानी जहाज, लगाएतका खोज तथा तिनीहरुको विस्तार पनि सामाजिक सञ्जाल र प्रचारबादको प्रकार हो ।

— यातयातका साधनहरुको निर्माण, परिचालन र उपयोग संगसंगँ मानिसहरु प्रर्यटनको नाममा एक ठाँउ बाट अर्को ठाँउमा घुम्न जाने विचार संस्कृति, भाषा, चलन, रितिरिवाज, खानपान आदिमा आपसी चलखेल, देखासिकी र परसंस्कृतिगरण गर्न थाले त्यो पनि सामाजिक सञ्जाल र प्रचारबादको प्रकार हो ।

—. सामान्त, राजा महाराजा देखी अहिले सम्म विभिन्न सभा, समारोह, शोक, पाहुनाहरुको आवागमन्, विदाई, र उनीहरुको स्वागतममा गरिने कार्यक्रममा पड्काइने तोप वा दिइने सलामी आदी सबै प्रकारहरुको वर्तमान स्वरुप सामाजिक सञ्जाल र प्रचारवादको प्रकार हो ।

—१६ औँ सताब्दीमा जव प्रीन्टीङ प्रेसको पत्ता लाग्यो र पत्र पत्रिका, विभिन्न पुस्तक, हुलाक प्रणालीको स्थापना भयो त्यो पनि सामाजिक सञ्जाल र प्रचारबादको प्रकार हो ।

ज्ञण्. १६ औँ सताब्दीमा जव प्रीन्टीङ प्रेसको पत्ता लाग्यो र पत्र पत्रिका, विभिन्न पुस्तक, हुलाक प्रणालीको स्थापना भयो यसले युरोपलाई विश्व शक्तिका रुपमा स्थापित गर्यो र अंग्रजी भाषा लाई गोलोबल भाषाको पहिचान दियो त्यो पनि सामाजिक सञ्जाल र प्रचारबादको प्रकार हो ।

— युरोपियन औपेनिवाशवादले त विश्वका हरेक ठाँउमा आफ्नो संस्कृतिलाई सामाजिक सञ्जाल र प्रचारबादका रुपमा छोड्यो । जसलाई आधुनिक संसारमा आधुनिकिकरणका नामले चिनिन्छ ।

— मध्यकालमा विभिन्न पक्षहरु विच भएका युद्ध, सामाजिक विभेद, द्धन्द्ध, संघर्षहरु पनि सामाजिक सञ्जाल र प्रचारबादको प्रकार हो ।
— समयक्रम संगै विकास भएका चिठी पत्र, आकाशवाडी, टेलीफोन, रेडियो, टेप रेकडर, अदि आधुनिक सामाजिक सञ्जाल र प्रचारबादका सामाग्री हुन् ।

— आधुनिक समयमा विश्वमा आउने हरेक परिवर्तनमा फोर जी, फाइप जी, एक्स, वाट्स एप, र अन्य जति पनि छन् अनलाइन माध्यम हरुले आधुनिक सामाजिक सञ्जाल र प्रचारबादका सामाग्री हुन् । जसले समाजमा आर्थीक, राजनैतिक, सांस्कृतिक, जस्ता परिवर्तनका बाहक बनेका छन् ।

सामाजिक सञ्जाल प्रयोग गर्नु अहिलेको जमानामा धेरै नै उपयोगी हो सायद कमै मानिस होलान जसले सामाजिक सञ्जालको प्रयोग गर्दैनन् हुनत् सहि तरिका र गलत तरिकाले प्रयोग गर्नेको संख्यामा फरक होला तर सामाजिक सञ्जालका बेफाइदाहरु पनि त्यतिकै रहेका छन् जसलाई बुँदागत रुपमा हेरौ ।

1 सामाजिक सञ्जालको अनावश्यक प्रयोगले समय र पैसाको नाश हुन्छ ।
2 सामाजिक सञ्जालको उत्पादनशील समय खेर जान्छ र मानिस, समाज तथा देशलाई गरिवी तिर धकेल्छ ।
3 सामाजिक सञ्जालले बालबालीकाहरुको सिर्जनात्मक र अध्ययनसिल समयलाई नष्ट पारिदिन्छ र अपेक्षित जनशक्ति उत्पादनमा ह्रास ल्याउछ ।
4 सामाजिक सञ्जालको सामाजिक असुरक्षा र घरेलु हिसां निम्ताउदछ । जसका कारण समाजमा दमन, शोषण, जस्ता अनैतिक कार्यहरु देखा पर्दछन् ।
5 सामाजिक सञ्जालले साइवर अपराधको मात्रा बढाउदछ र न्यायिक प्रणालीमा मानिसको विश्वास गुम्दछ ।
6 सामाजिक सञ्जालको प्रयोगले समाजमा चोरी, ठगी, भ्रष्टचार, डकैती, वेश्यावृति, भेदभाव, दमन जस्ता अनैतिक क्रियाकलापलाई प्रोत्साहन दिन्छ ।
7 सामाजिक सञ्जालको प्रयोगले बालबालिकामा एकोहोरोपनको मानसिकता विकास गरिदिन्छ ।
8 सामाजिक सञ्जालको प्रयोगले बालबालिका वा वयस्कमा मानसिक तथा शारिरिक असन्तुलन जस्ता समस्याहरु देखा पार्दछ ।
9 सामाजिक सञ्जालको प्रयोगले आँखाको दृष्टि छिटै कम हुने समस्या देखिन्छ ।
10 सामाजिक सञ्जालको प्रयोगले बालबालिकाले कुनै पनि गृहकार्य वा काम क्रमिक रुपमा गर्न सक्दैनन् ।
11 सामाजिक सञ्जालको प्रयोग गर्नेको मनोविज्ञान स्थिर हुदैन जसले खोजमुलक कार्यहरुमा असर पार्दछ ।
12 सामाजिक सञ्जालको प्रयोग गर्नेको लेखाई र बोलाई स्थिर हुदैन र बोलाई अति धेरै गलत वा रफ शव्दहरुको प्रयोग गरेको पाइन्छ ।
13 सामाजिक सञ्जालको प्रयोग गर्नेमा समसामुयिक घटनाको ज्ञान कम हुन्छ वा हुदैन वा अति हुन्छ । र आदी ।
जय नेपाल ।।।

Facebook: L.B. Red

Mail: lbn445@gmail.com

टिप्पणीहरू (१)

टिप्पणी गर्नुहोस्

तपाईँको इमेल सार्वजनिक हुने छैन।आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

  1. Emilia4441 सोमवार, मंसिर १५, २०८२ मा ०६:०६ बेलुका बजे

U

सम्बन्धित खबर