Friday, January 16, 2026
शुक्रबार, माघ २, २०८२

E-paper

विचार

बालमैत्री शैक्षिक वातावरण, राष्ट्रपति तथा मेयर कपको प्रभाव

बिहिबार, मंसिर २५, २०८२

लाल बहादुर नेपाली

हाम्रो देश, नेपाल, जो सांस्कृतिक र ऐतिहासिक धरोहरले भरिपूर्ण देश हो, बालबालिकाको शिक्षामा सुधार र विविध अवसरको सन्देश दिने कोशिस गर्दैछ । बालमैत्री शैक्षिक वातावरण, मेयर कप र राष्ट्रपति कप देशका महत्वपूर्ण पहलहरू हुन् जसले बालबालिकाको समग्र विकासमा महत्वपूर्ण भूमिका खेल्छन् । यी तीन पक्षहरु नेपालमा शिक्षाको स्तर र खेलकुदका अवसरहरूको सुधार गर्न र एक सशक्त र सन्तुलित समाजको निर्माणमा मद्दत पुराउने माध्यम बनेका छन् र भविष्यमा पनि बन्ने छन् भन्ने आशा र भरोशाका केन्द« बिन्दु बनेका छन् ।

१. बालमैत्री शैक्षिक वातावरण

नेपालका विद्यालयहरूले बालमैत्री वातावरण निर्माण गर्ने प्रयास गरिरहेका छन् । बालमैत्री शिक्षा भन्नाले यस्तो वातावरणलाई जनाउँछ जहाँ बालबालिकाले सुरक्षित, प्रेरित र सम्मानित महशुस गर्दछन् । यसले बालबालिकामा सकारात्मक सोच र आत्मविश्वासको विकासमा मद्दत पुर्याउँछ । बालमैत्री शिक्षा भनेको केवल विद्यालयको संरचनामा सुधार गर्नु मात्र होइन, त्यो एक समग्र वातावरणको निर्माण गर्नु हो जसमा विद्यार्थीको शारीरिक, मानसिक, संवेगात्मक र भावनात्मक विकासको ध्यान राखिन्छ ।

बालमैत्री शिक्षा वातावरणका मुख्य विशेषताहरूः
१ सुरक्षित र सहयोगी वातावरणः विद्यालयमा हिंसा र भेदभावबाट मुक्त वातावरण सुनिश्चित गरिन्छ । तर यो नाम मात्रको हिंसा र भेदभाव रहित भन्ने नारा वा संवैधानिक वा कानुनी व्यवस्था र नेता तथा राजनैतिक दलका कथन हरुमा मात्र हो वास्तवमा लागु गरिएको पाइएन् र छैन् ।
२ शिक्षकहरूको मित्रवत व्यवहारः शिक्षकहरूले विद्यार्थीलाई सहयोग, प्रोत्साहन र मार्गदर्शन दिन्छन्, यो कथन हो जस्तो कि आकाशको फल आखाँ तरि मर ।
३ आधुनिक शिक्षण विधिहरूः शिक्षकहरू बालबालिकाको स्तर अनुसार पाठ्यक्रम र शिक्षण विधि अनुकूल बनाउँछन् । यदि यो सत्य हो भने ३० जना विद्यार्थी भएको कक्षामा एक जना शिक्षकले ४५ मिनेटमा कति जना लाई व्यक्तिगत रुपमा शिक्षण क्रियाकलाप गर्न गराउन सहज छ त विषेश गरि प्राथमिक तहका कक्षाहरुमा । अनि गुणस्तरिय शिक्षाको अपेक्षा गर्ने ।

१ सुविधायुक्त शारीरिक संरचनाः सफा, हावापानीको राम्रो व्यवस्था भएका कक्षाहरू, खेलकुदका सुविधाहरू र पर्याप्त जल तथा स्वच्छता सुविधाहरू । यदि यो सत्य हो भने ३×३ वा ३×२ मिटरको कक्षा कोठा जसमा एउटा ढोका र १ वा २ ओटा झ्याल छन् र ३५ जना विद्यार्थी छन् के यो स्तरिय कक्षाकोठा हो र यसको मापदण्ड अनुसारको बनेको वा नबनेको मापन गरिएको छ वा छैन् । संस्थागत विद्यालयहरुको हकमा स्थानिय सरकार र संघिय सरकारले के हेरेर बसेका छन् ।
२ समान अवसरहरूः सबै बालबालिकालाई समान शिक्षा र अवसरको प्रदान गरिन्छ, चाहे उनीहरूका सामाजिक स्थिति, लिंग वा भौगोलिक स्थान जुनसुकै भए पनि । तर विगत १० वर्ष संस्थागत विद्यालयको अनुभवमा यस्ता पनि विद्यालय संचालकहरु देखियो जसले शिक्षकलाई त भनेर संबोधन गर्ने र विद्यार्थी लाई जातका आधारमा बोलाएको पाइयो वा पाए ।

बालमैत्री शिक्षा वातावरणको प्रभावहरूः

१ शिक्षामा वृद्धिः बालमैत्री विद्यालयहरूमा विद्यार्थीहरूको हाजिरी र सहभागिता बढी हुन्छ । यसले दीर्घकालीन रूपमा देशको शिक्षा स्तरमा सुधार ल्याउँछ । यहाँ विद्यार्थी स्कुल आउछ तर शिक्षक होइन् सरकारी स्कुलमा किनकी शिक्षक त राजनैतिक पार्टीको बैठकमा गएको हुन्छ अनि संस्थागत विधालयमा शिक्षक विद्यार्थी दुवै विद्यालयमा आउछन् तर पढाइ हुदैन् किनकी एक महिनाको तलब भनेको ५ हजार त्यो पनि कहिले दिने थाहा छैन् । यहाँ त दिन काट्ने वा समय बिताउने काम मात्र पो हुदो रहेछ त । शिक्षामा वृद्धि कसरी ? कसले जाँच्ने ? जस्ता प्रश्न ।

२ सामाजिक समानता र समावेशिताः बालमैत्री वातावरणले समाजका सबै वर्गका बालबालिकालाई समान अवसर दिन्छ, जसले लैंगिक समानता र सामाजिक समावेशिता लाई प्रोत्साहन गर्दछ भने कर्णाली र काठमाण्डौमा समान अवसरहरु छन् त वा त्यो प्रकारको व्यवस्था राज्यले उपलव्ध गराएको छ त ?

३ शारीरिक र मानसिक स्वास्थ्यमा सुधारः
यस्तो वातावरण बालबालिकाको मानसिक र शारीरिक स्वास्थ्यमा सुधार ल्याउँछ । विद्यालयमा खेलकुद र शारीरिक गतिविधिहरूले विद्यार्थीको शारीरिक विकासमा मदत पुर्याउदँछ । स्पष्ट देखियो ५ हजार जना विद्यार्थी जम्मा गरि स्वास्थ्य माथी खेलवाड गरेको र र्दुगन्धीत पानीका बोतल बाडेको अनि स्वच्छ वातावरणका लागी पानीका बोतल खेल मैदानभरि फैलिएको पनि यो कस्तो शिक्षा र स्वास्थ्य हो कुन्नी ।

४ पढ्न लेख्नको स्तरमा वृद्धिः बालमैत्री शिक्षाले बच्चाहरूको भाषिक र बौद्धिक क्षमतालाई बढाउँछ, जसले उनीहरूको भविष्यमा राम्रो शिक्षा र रोजगारका अवसरहरू सिर्जना गर्छ । त्यसैले सबैलाई खाडी तिर तान्छ । अनि अरवी हरुले नगरेका र छाडेका काममा लाग्न बाध्य पार्छ यहि त होला स्तरमा वृद्धि भएको कि कसो हो ।

२ राष्ट्रपति अनि मेयर कप र यसको प्रभावः
राष्ट्रपति कप, जुन नेपालमा प्रमुख राष्ट्रिय खेलकुद प्रतियोगिता हो, नेपालका बालबालिका र युवा खेलाडीहरूको प्रतिभा र उत्साहको उत्सव हो । यो कप खेलकुदको क्षेत्र मात्र होइन, समाजमा एकता, प्रेरणा र सकारात्मकता फैलाउने एउटा प्रभावकारी माध्यम हो । राष्ट्रपति कपका माध्यमबाट विद्यालयका विद्यार्थीहरूलाई विभिन्न खेलकुदका प्रतिस्पर्धामा भाग लिनको लागि अवसर प्राप्त हुन्छ । तर रोजगार प्राप्त विदेशमा हुन्छ प्रतिभा विकास भए पछि देशमा सदुपयोग हुने ठाँउ देखाउन हामी, हाम्रो सरकार, र राज्य प्रणाली सक्षम छैन् जति धैरै क्रिकेट खेलाडी भए पनि एनपिएल खेल्न विदेश बाट आउनु पर्ने भए किन नेपाली लाई धेरै क्रिकेटको नाटक देखाउनु पर्यो होइन र ।

राष्ट्रपति र मेयर कपका प्रकारहरूः

१ खेलकुद प्रतिस्पर्धाः फुटबल, क्रिकेट, भलिबल, व्यायाम जस्ता विभिन्न खेलकुदको प्रतियोगिता । जित्नेलाई श्रीखण्ड हार्नेलाई खुर्पाको बिडँ झैँ हार्ने न खेल तिर न पढाई तिर ।

२ सांस्कृतिक र शैक्षिक प्रतिस्पर्धाः यस अन्तर्गत नृत्य, गायन, चित्रकला र लेखनका प्रतिस्पर्धा पनि समावेश छन् । नेपालमा यसको महत्व कहाँ नै छ र नाँच्न नजान्ने आँगन टेढो भन्ने चलन छ ।

३ युवाहरूमा खेलको महत्वको प्रवर्धनः नेपालमा खेलकुदको स्तरलाई सुधार्न र युवा पुस्तामा खेलकुदको महत्वलाई जनचेतना दिन राष्ट्रपति कपले महत्वपूर्ण भूमिका खेल्दछ तर खेलकुदलाई व्यवसायका रुपमा लिएर भविष्य देख्ने युवाहरुको जमात कम नै छ किनकी सरकारले खेलाडीहरुको महत्व र व्यवस्थापन गर्न सकेको छैन र समाजले खेलाडी देशको गहना हो भन्ने बुझेको छैन् ।

४ समाजमा एकता र मित्रताः यो प्रतियोगिता विभिन्न जातजाति र भाषाका बालबालिकाहरूलाई एकत्रित गरिदिन्छ भन्ने सोचका साथ आयोजना गर्ने निर्णय त गरियो, जसले समाजमा भाईचारा र मित्रता बढाउँछ भन्ने आशा पनि राखियो तर सामन्तवाद र रुढिवादी सोचले जरा गाढेको हाम्रो सामाजिक मानसिक सोचमा परिर्वतन आउन सकेन वा नयाँ पुस्तामा पनि त्यो प्रकारको विवेक आएन । यदि त्यस्तो हुन्थ्यो भने संविधानमा प्रयोग भएको शव्द समाजबादको अर्थ अलि फरक तरिकाले लाग्थ्यो होला ।

३ सम्पूर्ण राष्ट्रको खेलकुदको स्तरमा सुधारः यी प्रतियोगिताहरूले नेपाली खेलकुदको स्तरलाई अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्याउने अवसर प्रदान गर्दछ । तर अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्याउने नेपाली अर्थतन्त्र नै छैन् जुन विदेशी हरुको दान र क्रृणमा भर पर्नु पर्ने अवस्थामा छ ।
४ खेलकुदका नयाँ प्रतिभाहरूको पहिचानः राष्ट्रपति कपले नयाँ र उदयमान खेलकुदका प्रतिभाहरूलाई प्रोत्साहन र अवसर दिन्छ, जसले भविष्यमा नेपालको खेलकुद क्षेत्रमा ठूलो योगदान पुर्याउँछ यदि राजनितिकरण नभएको खण्डमा तर मुख्य समस्या राम्रा होइन हाम्रा हो ।

३ नेपालमा बालमैत्री शिक्षा र राष्ट्रपति तथा मेयर कपको संयुक्त प्रभाव

नेपालका बालबालिकाहरूको समग्र विकासका लागि बालमैत्री शिक्षा र राष्ट्रपति तथा मेयर कपको महत्वलाई नजरअन्दाज गर्न सकिन्न । यी पहलले मिलेर बालबालिकालाई एक सुरक्षित, स्वस्थ र प्रेरणादायक वातावरण प्रदान गर्न मद्दत गर्दछ । बालमैत्री शिक्षा वातावरण बालबालिकालाई मानसिक र शारीरिक रूपमा बलियो बनाउँछ भने, राष्ट्रपति र मेयर कपले खेलकुदको माध्यमबाट उनीहरूको सामाजिक र भावनात्मक विकासमा मदत गर्दछन् तर पनि विद्यालयहरुमा गुणस्तरिय जनशक्ति उत्पादनमा कमि छ गएको महिनाको एउटा स्कुलको नतिजा हेरेको विज्ञान विषय लिएर कक्षा ११ मा अध्ययन गर्ने एक जना भाइ ले ५ ओटा विषयमा प्राप्ताङक १० भन्दा तल लिए अनि भलिबलमा पनि स्कुल टिममा परेनन् उनको भविष्यको जिम्मेवारी को ?

४ समाजमा सकारात्मक परिवर्तनः

१ शिक्षा र खेलकुदको सन्तुलनः बालबालिकाले खेल र अध्ययनमा सन्तुलन राखेर शारीरिक र मानसिक रूपमा सशक्त हुने अवसर पाउँछन् । दुवै हातमा लड्डु त कमैमा हुन्छ होला केही अपवाद बाहेक किनकी प्रकृतीले सबैलाई सबै क्षमता दिने भए सबै कोहि पनि विरामी हुने थिएनन् की ।

२ प्रतिभा र नेतृत्वको विकासः यी दुवै पहलले बालबालिकामा नेतृत्व क्षमता र नयाँ कौशलको विकास गर्न मद्दत पुर्याउँछन् । क्षमता विकास हुनु जरुरी छ तर भष्ट्र नेतृत्व होइन् प्रतिभा विकासको पनि गलत फाइदा लिन विकास गर्न भएन् जसरी राजनैतिक फाइदाका लागी प्रतिभा र खेलकुद बाट लिइएको क्रेडिट लाई गलत उपयोग गरिन्छ ।

३ राष्ट्रिय पहिचान र गर्वः राष्ट्रपति र मेयर कप जस्ता प्रतिस्पर्धाहरूले राष्ट्रमा खेलकुद र संस्कृति प्रति गर्व र सम्मानको भावना सिर्जना र्गदछन् यदि राजनैतिक नेतृत्वले सामाजिक र राजनैतिक स्थिरता कायम गर्न सक्यो भने मात्र नत्र भने देशमा विखण्डन, एकल पहिचान, क्षेत्रिय पहिचान, र जातिय पहिचान जस्ता मुदाहरु अग्र स्थानमा देखा र्पदछन् ।

निष्कर्षः

बालमैत्री शिक्षा वातावरण, राष्ट्रपति तथा मेयर कपको समग्र प्रभाव अत्यन्तै सकारात्मक छ तर व्यवस्थापन भने अत्यन्तै कमजोर र फितलो । आयोजकहरुको मुल उद्धेश्य भनेको एनि हाउ पैसा कमाउ भन्ने रहेछ भन्ने बुझियो । बालमैत्री वातावरणले बालबालिकाको मानसिक र शारीरिक स्वास्थ्यमा सुधार ल्याउँछ भन्ने पनि सत्य रहेछ किनकी धुँवा, धुलो, घाम, फोहोर र मैला भएका मैदान र बाटाहरुमा खेल खेलाउदा स्वास्थ्य पक्का स्वस्थ होला भने राष्ट्रपति र मेयर कपले खेलाडीको स्वास्थ्य स्तरलाई उच्च बनाउँछ र स्वास्थ्य उच्च भए खेलकुद त उच्च भइ हाल्छ । यी दुवै पहलको माध्यमबाट बालबालिकाहरूलाई उज्जवल भविष्यका लागि तयार पार्ने अवसर प्राप्त हुन्छ । यहि हो । यसरी नै हो, बालमैत्री शिक्षा र राष्ट्रपति र मेयर कप नेपालका भविष्यका नेतृत्वकर्ताहरूको निर्माण खेलाडीहरुको निर्माणमा महत्वपूर्ण भूमिका ।

सबै विद्यालयहरूले बालमैत्री शिक्षा वातावरण निर्माण गरे नगरेको मुल्याङकन गरियोस्, गर्नका लागि थप प्रयास गर्न आवश्यक छ भने सुझाव सम्म दिइयोस् धेरै अन्धो स्थानिय र राष्ट्रिय सरकार नबनियोस् , राष्ट्रपति तथा मेयर कप जस्ता प्रतियोगिताहरूको आयोजना व्यवस्थित र मर्यादित बनाइयोस् र आगामी पुस्तामा खेलकुद र संस्कृतिको उत्साह फैलाउन मदत पुराइयोस् ।
यस लेखको माध्यमबाट मैले देखेको र अनुभव गरेको बालमैत्री शिक्षा, राष्ट्रपति तथा मेयर कपको महत्व र प्रभावलाई स्पष्ट पार्न मात्र खोजेको हो अन्यथा नलिन सबैमा अनुरोध छ ।

जय खेलकुद । जय नेपाल ।।
Facebook: L.B. Red

Mail: lbn445@gmail.com

टिप्पणी गर्नुहोस्

टिप्पणी गर्नुहोस्

तपाईँको इमेल सार्वजनिक हुने छैन।आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

U

सम्बन्धित खबर