Friday, January 16, 2026
शुक्रबार, माघ २, २०८२

E-paper

विचार

जेन जी आन्दोलन युगले मागेको आन्दोलन

आइतवार, अशोज १२, २०८२

नेपालको इतिहासमा सायद कमै राजनितिक घटनाक्रम होलान जसलाई युवाहरुले प्रत्यक्ष अनुभव गरेर वा आमुल परिवर्तनको विचारधारा लाई मनोभाव बाट मुल्याङकन र आकलन गरेर गरिएका होलान् । वि.सं. २००७ सालको क्रान्ति बास्तबमा नेपाली जनताले बुझेर ल्याएको परिवर्तन थिएन र होइन भन्ने कुरा त्यस पछि भएको आम चुनाव र २०१७ पुस एक गतेका दिन राजा महेन्द्रले शतिm आफ्नो हातमा ल्याए पछिको घटना क्रमले दर्शायो किनभने यदि बास्तवमा नेपाली समाजमा राजनैतिक, सामाजिक, चेतना र शिक्षाको विकास र जनताले तात्कालीन राननैतिक परिस्थिति बुझेर क्रान्ति गरेका भए पञ्चायत शासनकाल झण्डै ३० वर्ष रहने थिएन ।

वि. सं. २००७ वा सन् १९५१ सालको परिवर्तन भारतमा सन् १९४७ मा भएको स्वतन्त्रता संग्राम र चीनमा सन् १९४९ मा भएको जनवादी गणतन्त्र चीनको स्थापनाले सिमित नेपाली नेताहरुमा ल्याएको परिवर्तन र चेतनाको विकासक्रमको घटना मात्र हो । यहाँ यी तीन वटा छिमेकीहरुको परिवर्तन झण्डै २÷२ वर्षको अन्तरालमा भएको छ । सन् १९४७ देखि १९५१ सम्म नेपालले र राजनितिको ज्ञान र चेतना भएका नेताहरु तथा त्यसबेलाका समाजका पर्वतकहरुले नेपालमा विचार र राजनितिको सिद्धान्त र दर्शनलाई जन्म दिए वा परग्रहण गरि सोहि अनुरुपको सामाजिक राजनैतिक व्यवस्था जनतामा थोपरिदिए ।

भारतमा जन्मेको पश्चिमाबाद (जसलाइ युरोसेन्ट्रिक भिजन भनिन्छ) बाट नेपालमा पुँजीबाद र काँग्रेसहरुको उदय भएको हो भने चीनमा जन्मेको माक्र्सबादको समाजबाद भित्रको माओबादले कम्नियुष्टहरुको उदय भएको हो । तर त्यसको परिकल्पना र नियन्त्रणका लागी भारतमा महात्मा गान्धीले अभिभावको भुमिका खेले र उनलाई वापु को उपनामले चिनिन्छ जसले भारतियहरुमा राष्ट्रिय एकता कायम गरिदियो र गान्धीले भारतपरक राष्ट्रवादी सोचको विकास गरे भने चीनमा माओले पूर्ण माक्र्सबाद भन्दा पनि चिनियाँ शैलीको विचार र चीन परक राष्ट्रवादको विकास गरे त्यही काल खण्डमा प्रजातन्त्र वा गणतन्त्र वा स्वतन्त्रता र जनवाद पाएका हाम्रा छिमेकी देश हरुमा अहिले सम्म कुनै ठुलो क्रान्ति वा आन्दोलन वा त्यो प्रकारको ठुलो राजनैतिक सुनामी देखीएको छैन् तर हाम्रो देशमा भने २०३६ सालको विद्यार्थी आन्दोलन, २०४२ सालको सत्याग्रह आन्दोलन, २०४७ सालको प्रजातन्त्रको पुर्नस्थापना र बहुदलिय व्यवस्थाको स्थापना, २०५१ सालको माओवादी जनयुद्धको सुरुवात २०६२÷६३ को जनआन्दोलन २ र २०८२ को जेन जी आन्दोलन गरि कम्तीमा ६ पटक देशलाई राजनैतिक भुमरीमा फसाइयो जसका कारण राजनिति सेवा नभइ पेशा र व्यावसायका रुपमा देखा पर्यो ।

यदि हाम्रो देशमा पनि भारत वा चीनमा जस्तै आफ्नो माटोमा हुर्केको वा राष्ट्रले सर्वनायकको रुपमा स्विकार गरेको नेता वा विचार बाट आएको परिवर्तन हुन्थ्यो भने २००७ सालको क्रान्ति ने पहिलो र अन्तिम क्रान्ती वा त्यसपछि का बाटाहरु शान्ति र स्थावित्वका साथ मध्ये नजर गरेर आएका समय सापेक्ष युगको माग अनुसार परिवर्तन गरि देशलाई विकासको अग्रगतिमा धकेलिएको सोच र विकासको लक्ष्यका साथ हुने थियो तर अरुको देखासिकि र अरुले जवरजस्ती थोपरिदिएको जुन पर राजनितिक विचारधारा र सिद्धान्तमा टेकेर नेता र दलहरुले राजनिति गरे त्यो देश र जनताको हितमा कहिल्यै हुन सकेन र २०८२ को जेन जी आन्दोलन पछि पनि यो देशमा २००७ बाट क्रमस राजनिति गर्दै आएको दलहरुले शक्ति र सत्ताको मौका पाए भने देश अर्को र्दुघटनामा पर्ने पक्का जस्तै छ र हो किनकि अहिलेका जेन जी युवाहरुमा आएको परिवर्तनले यी अरुका विचार बोकेका दलहरुको विचार सिद्धान्त र दर्शनलाई विस्थापन गरि नयाँ युवा पिंढीको कम्तीमा ५ देखि १० वर्ष राजनितिक स्थिरता कायम गरि नयाँ सोच र विचारलाइ विकास संगसंगै स्थापित गर्न नसक्ने हो भने २०८२ को आन्दोलन पनि आकाशको फल आँखा तरि मर भन्ने स्थितिमा पुग्दछ तर पहिले भएका आन्दोलन र यो आन्दोलनमा केहि गुणत्मक र मात्रात्मक फरक भने छ ।

यो पिढीको वा पुस्ताको आन्दोलनमा युवाहरुमा चेतना आएको छ र लाग्दछ यो ऐतिहासिक चेतना हो र यो प्रविधि मेत्री चेतना भएका कारण परिवर्तनको दिर्घकालिन माध्यम बन्ने छ । यदि यस्तो बन्न गयो भने जेन जी आन्दोलन नेपालको इतिहासमा युगले मागेको आन्दोलनका रुपमा रहने पक्का छ ।

धन्यवाद ।
जय नेपाल ।।।

Facebook: L.B. Red

Mail: lbn445@gmail.com

 

टिप्पणीहरू (१)

टिप्पणी गर्नुहोस्

तपाईँको इमेल सार्वजनिक हुने छैन।आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

  1. Gary1444 सोमवार, मंसिर १५, २०८२ मा ०६:०७ बेलुका बजे

U

सम्बन्धित खबर