बागलुङ : युवाहरुको सञ्जाल एमआआर ग्रुप मेन्स रुम रिलोडेडले बागलुङ कालिका मन्दिरमा भजन कृतन गरेको छ । १८ वर्षदेखि माथिको देशभरका ५३ हजार युवा रहेको यो समुहले पोखरा, बुटवल, काठमाण्डौं चितवन लगायतका ठाउँमा भजन कृतन कार्यक्रम गर्दै आएको थियो । बागलुङमा पहिलो पटक भजन कृतन कार्यक्रम आयोजना गरिएको ग्रुपका सदस्य कुशल कँडेलले बताए ।
युवालाई युवासंग जोड्न, संस्कृति जगेर्ना एवं संस्कृतिसंग युवा जोड्नका लागि भजन कृतन कार्यक्रम राखिएको उनले जानकारी दिए । बागलुङ बजारमा रहेका ग्रुपका झण्डै ५० युवाहरुको सहभागिता रहेको थियो । ग्रुपले आउँदो शनिबार कृष्णाजन्माष्टमी विशेष भजन कृतन गर्ने जनाएको छ ।
टिप्पणी गर्नुहोस्