Wednesday, February 11, 2026
बुधबार, माघ २८, २०८२

E-paper

एमआरआर ग्रुपको गौरीधाममा भजन कृतन

मङ्लबार, साउन २७, २०८२

बागलुङ :

युवाहरुको सञ्जाल एमआआर ग्रुप मेन्स रुम रिलोडेडले गौरीधाम शिवमन्दिर उपल्लाचौर बागलुङमा शिव भजन कृतन गरेको छ । १८ वर्षदेखि माथिको देशभरका ५३ हजार युवा रहेको यो समुहले पोखरा, बुटवल, काडमाडौं चितवन लगायतका ठाउँमा भजन कृतन कार्यक्रम गर्दै आएको थियो ।

साउने सोमबारको सन्दर्भ पारेर सोमबार बिहान मन्दिरमा भजन कृतन गरेको समुहका सदस्य कुल कँडेलले बताए । ‘युवालाई युवासंग जोड्न, संस्कृति जगेर्ना एवं संस्कृतिसंग युवा जोड्नका लागि भजन कृतन कार्यक्रम राखिएको उनले जानकारी दिए । बागलुङ बजारमा रहेका ग्रुपका सदस्य युवाहरुको सहभागिता रहेको थियो ।

टिप्पणी गर्नुहोस्

टिप्पणी गर्नुहोस्

तपाईँको इमेल सार्वजनिक हुने छैन।आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

U

सम्बन्धित खबर