Wednesday, February 11, 2026
बुधबार, माघ २८, २०८२

E-paper

विद्यालय असल नागरिक उत्पादन गर्ने थलो हो : अध्यक्ष थापा

मङ्लबार, माघ १३, २०८२

बागलुङ

काठेखोला गाउँपालिका अध्यक्ष राजु थापाले विद्यालय असल नैतिकवान जिम्मेवार नागरिक उत्पादन गर्ने थलो भएको बताएका छन् । सोमबार काठेखोला गाउँपालिका—४ तंग्राममा रहेको नारायणी माध्यमिक विद्यालयको ६५ औं वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको मूल समारोहमा बोल्दै अध्यक्ष थापाले असल नागरिक उत्पादनका लागि शिक्षक अभिभावकको महत्वपूर्ण भूमिका हुने बताए । ‘विद्यालय एउटा नैतिकवान जिम्मेवार नागरिक उत्पादन गर्ने ठाउँ हो,’ उनले भने,‘त्यसका लागि शिक्षक अभिभावकको उत्तिकै महत्वपूर्ण भूमिका रहन्छ । सबैको साझा प्रयासबाट देशका लागि आवश्यक जनशक्ति निर्माण गर्न सकिन्छ ।’

अध्यक्ष थापाले अभिभावको सबैभन्दा ठूलो सम्पत्ती नै छोराछोरीको शिक्षादिक्षा भएको बताए । ‘अहिलेको सबैभन्दा महत्वपूर्ण आवश्यकता शिक्षा हो, अभिभावकको सबैभन्दा ठूलो सम्पत्ती नै छोराछोरीको शिक्षा हो,’उनी भन्छन्,‘तपाईको छोराछोरीले सही बाटो समातेनन् भने तपाईको बैंक खातामा करोडौं रुपैयाँ भए पनि तपाईलालाई रातमा निन्द्रा लाग्दैन । त्यसै धन कमाउने र धन जोगाउने भन्दा छोराछोरीलाई असल संस्कार र शिक्षा दिने काममा लाग्नुपर्छ ।’

थापाले शिक्षकले विद्यालयको कोर्ष मात्रै नभई अन्य नैतिक र व्यवहारिक ज्ञान पनि दिनुपर्ने बताए । ‘किताबमा एउटा पाठ्यक्रम अनुसारको विषयवस्तु तय गरिएको हुन्छ,’उनी भन्छन्,‘शिक्षकले केबल किताब पढाउने होइन । विद्यार्थीलाई बाहिरी र व्यवहारिक ज्ञान सिकाउनु आवश्यक छ ।’ अहिले देशका लागि आवश्यक जनशक्तिको खाँचो पर्दै गएको उनी बताउँछन् । ‘हाम्रो शिक्षाले अहिले विद्यार्थीलाई विदेश जाने मात्रै सिकाए जस्तो भएको छ,’थापाले भने,‘यही देशमा आवश्यक पर्ने जनशक्ति तयार गर्ने विद्यार्थीमा देशप्रेम विकास गर्ने काम पनि विद्यालयले गर्नुपर्ने भएको छ ।’

अहिलेको विद्यालय व्यवस्थापन समितिको सक्रियतामा नारायणी माविमा धैर सुधारका काम भएको उनले बताए । ‘नारायणी माविमा धेरै परिवर्तनहरु अहिले भएका छन्, काठेखोला गाउँपालिकामै पहिलो पटक यहाँका विद्यार्थीले स्मार्ट बोर्डमा अध्ययन गर्ने अवसर पाएका छन्,’थापाले भने,‘अहिलेको व्यवस्थापन समितिले धेरै राम्रो काम गरेको पाएको छु । अरु थप योजनाहरु व्यवस्थीत गरेर अगाडि बढ्नुपर्नेछ ।’

नारायणी माविका लागि आवश्यक खेलकुद मैदानको व्यवस्थापनमा आफुहरु पनि लागिपरेको र छिटै नै त्यसको व्यवस्थापन हुने उनले विश्वास व्यक्त गरे । वि.सं. २०१७ सालमा स्थापना भएको नारायणी माध्यमिक विद्यालयमा अहिले कक्षा १२ सम्मको पढाई हुन्छ । अहिले उक्त विद्यालयमा २२४ जना विद्यार्थी अध्ययनरत रहेका छन् । विद्यालयको समग्र विकासमा व्यवस्थापन समिति दत्तचित्त भएर लागेको अध्यक्ष केशरबहादुर थापाले बताए ।

‘विद्यालयको भौतिक र शैक्षिक विकासका लागि लागिरहेका छौं,’उनी भन्छन्,‘अहिले शहरी विकास मन्त्रालयबाट ७० लाख रुपैयाँबाट व्यवस्थीत शौचालय तथा सभाहल निर्माणको काम हुँदैछ । गण्डकी प्रदेशबाट ५ लाख र गाउँपालिकाबाट एक लाख ५० हजार रुपैयाँको योजना कार्यान्वयनको चरणमा अगाडि बढेको छ ।’

वाषिकोत्सवको अवसरमा एसइइ परीक्षामा उत्कृष्ट अंक ल्याउन बिहानी थापा, इशानी पुन र एन्जिला थापा, एसएलसीमा उत्कृष्ट अंक ३.१७ जिपिए ल्याउने पवित्रा थापालाई सम्मान गरिएको थियो । काठेखोला गाउँपालिकाको पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितमा तीन हजार मिटर दौडमा स्वर्ण पदक विजेता प्रविण थापा, एक हजार पाँच सय मिटर दौडमा स्वर्ण विजेता इसुप थापा, आठ सय मिटरमा दौडमा स्वण र दुई मिटर दौडमा रजत विजेत बिमल किसान, ज्याभलिन थ्रोको स्वर्ण पदक विजेता जीवन थापा, पन्ध्र सय मिटर दौडको रजत पदक विजेता रोशिका थापा, त्रिपल जम्प रजत पदक विजेता खुसी थापा, हाइजम्प रजत पदक विजेता यन्जल थापा, हाइजम्प कास्य पदक विजेता खुशी थापालाई सम्मान गरिएको थियो ।

नारायणी माध्यमिक विद्यालय काठेखोला—४ तंग्रामका विद्यालय व्यवस्थापन समिति अध्यक्ष केशरबहादुर थापाको अध्यक्षतामा सम्पन्न वार्षिकोत्सव कार्यक्रममा काठेखोला—४ का वडाध्यक्ष लक्ष्मण पुन, काठेखोला गाउँपालिकाका प्रवक्ता टिका संगम विक, काठेखोला गाउँपालिका शिक्षा शाखा प्रमुख रमा उचै, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष एवं सल्लाहकार यामदत्त कँडेल, नेपाली काँग्रेस तंग्रामका सभापति चन्द्रबहादुुर आले विष्णु, नेकपा एमाले तंग्रामका अध्यक्ष बलबहादुर थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष नगेन्द्र पुन, राष्ट्रिय जनमोर्चा तंग्रामका अध्यक्ष विष्णु कँडेल, नेकपा माओवादीका नन्दराम थापा, चन्द्र आधारभूत विद्यालयका प्रअ गिरबहादुर पुन लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा विद्यालयका प्रध्यानाध्यापक विष्णुबहादुर थापाले विद्यालयको प्रगति प्रतिवेदन र लेखा कर्मचारी विन्दु थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक दिलबहादुर परियारले गरेका थिए ।

टिप्पणीहरू (४)

टिप्पणी गर्नुहोस्

तपाईँको इमेल सार्वजनिक हुने छैन।आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

  1. tap road 2 सोमवार, माघ १९, २०८२ मा ०१:०५ बिहान बजे

    I really enjoyed playing. tap road 2 has some interesting mechanics that keep you coming back for more.

  2. Audrey4987 शनिबार, माघ १७, २०८२ मा १२:५७ बिहान बजे
  3. Shawn3970 शुक्रबार, माघ १६, २०८२ मा १०:४१ बेलुका बजे
  4. Alma3333 शुक्रबार, माघ १६, २०८२ मा ०७:२१ बेलुका बजे

U

सम्बन्धित खबर