राजेशचन्द्र राजभण्डारी
कालिका भगवती गुठी व्यवस्थापन समिति, बागलुङले साउन महिनाको आय–व्यय विवरण सार्वजनिक गरेको छ। कालीका भगवती गुठिका अध्यक्ष कुमार खड्काको अध्यक्षतामा बसेको बैठकले हिसाबकिताब सार्वजनिक गरेको हो । सार्वजनिक गरेको विवरण अनुसार सो महिनामा गुठीले विभिन्न शीर्षकहरूबाट जम्मा ६८ लाख ३१ हजार १ सय ७० रुपैयाँ आम्दानी गरेको छ भने खर्चतर्फ १५ लाख २३ हजार १०० रुपैयाँ खर्च गरेको छ।
आम्दानीतर्फ सबैभन्दा ठूलो योगदान भाडाबाट आएको छ, जसको रकम ५९ लाख १ हजार ६४० रुपैयाँ रहेको छ । त्यस्तै भेटीबाट ६ लाख ८८ हजार ७८५ रुपैयाँ संकलन गरिएको छ । अन्य आम्दानी स्रोतहरूमा विवाह कार्यक्रम, आर्थिक सहयोग, चामल, बोका–बाख्रा लगायत रहेका छन्। खर्चतर्फ १५ लाख २३ हजार १०० रूपैयाँ मध्य तलबमा ४ लाख ९ हजार, पुर्वाधार विकास तथा निर्माणमा ९ लाख ३१ हजार ७००,अतिथि सत्कार ५१ हजार बिजुली बत्ती लगायतका शीर्षकमा रकम खर्च गरिएको गुठीले जनाएको छ ।
कालिका भगवती गुठीले साउन महिनामा ६८ लाख ३१ हजार १७० रूपैयाँ आम्दानी १५ लाख २३ हजार १०० खर्च कट्टा गरि ५३ लाख ८० हजार ७० रूपैयाँ बचत गरेको गुठीले जनाएको छ । कालीका भगवती गुठीले हरेक महिनाको पहिलो साता मन्दिरको आम्दानी खर्चको हिसाबकिताब सार्वजनिक गर्दै आएको छ ।
टिप्पणी गर्नुहोस्