Friday, January 16, 2026
शुक्रबार, माघ २, २०८२

E-paper

ढोरपाटनको दिगो विकास पर्यटन प्रवद्र्धनका लागि अन्तरक्रिया

बिहिबार, भदौ ५, २०८२

छविलाल पाण्डे

विवाईसी बागलुङको आयोजनामा बुधबार बुर्तिबाङमा ढोरपाटन क्षेत्रको दिगो विकास पर्यटन प्रवद्र्धनका सन्दर्भमा सरोकारवाला नागरिकका बीचमा राजनीतिक बहससंगै अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । ढोरपाटनको दिगो विकास, ढोरपाटन सिकार आरक्षलाई मध्यवर्ती घोषणाको प्रयास तथा ढोरपाटनमा पर्यटन सम्भावना र त्यसको व्यवस्थापनका विषयमा यहाँस्थित जनप्रतिनिधी, ढोरपाटन सिकार आरक्षका पदाधिकारी, राजनीतिक दलका प्रतिनिधी र सरोकारवाला निकायका बीचमा छलफल र बहस गरिएको हो ।

विवाईसी बागलुङका कार्यक्रम टिम लिडर अमर थापाको अध्यक्षतामा आयोजीत कार्यक्रममा ढोरपाटन सिकार आरक्ष कार्यालयका वरिष्ठ संरक्षण अधिकृत रामदेव चौधरीले ढोरपाटनलाई मध्यवर्ती घोषणाको तयारी, स्थानीय नागरिकले प्राप्त गर्ने अधिकार तथा सुविधा, मध्यवर्ती घोषणा पछि हुने सम्भावना र अवसर लगायतका विषयमा प्रस्ट पार्दै स्थानीय समुदायको अपनत्व र सहभागितामा मध्यवर्ती घोषणा गर्न सकेमा ढोरपाटनको विकास, स्थानीय समुदायको जीवन स्तर सुधार र अवसरको सम्भावनाको ढोका खुल्ने बताए ।

सरकारले ढोरपाटन सिकार आरक्षको निश्चित क्षेत्रलाई मध्यवती घोषणा गर्ने तयारी गरीरहेका कारण घोषणा गर्नु अगावै स्थानीय समुदाय र सिकार आरक्षबीच आवश्यक समन्वय, कार्यक्रम र त्यसको सान्दर्भिकताका सन्दर्भमा आफूहरुले समुदायका अगुवा र नागरिकलाई जानकारी र समन्वय गरेर अगाडी बढ्न खोजीएको बताए ।

कार्यक्रममा बोल्ने अधिकांस वक्ताहरुले ढोरपाटन शिकार आरक्षले मध्यवर्ती क्षेत्रको विषयमा आम नागरिकलाई सहही रुपमा बुझाउनुपर्ने र घोषणा भएका अन्य स्थानको भ्रमण गराउन सकेमा मध्यवर्ती घोषणा कार्यक्रम प्रभावकारी हुने बताएका हुन । नागरिकको बीचमा मध्यवर्ती घोषणाको विषय र त्यसबाट पर्ने प्रभावका विषयमा बुझाउन नसकेकै कारण लामो समयदेखि नागरिक र शिकार आरक्षबी द्वन्द्व भइरहेको बताइएको छ ।

कार्यक्रममा ढोरपाटन नगरपालिका प्रमुख प्रशासकिय अधिकृत चिरञ्जिवी घिमिरेले ढोरपाटनको विकास, पर्यटन पर्वधनका निम्ति ढोरपाटन नगरपालिकाले दिगो योजना बनाएर अगाडी बढिरहेको बताउँदै त्यहाँको प्रचुर सम्भावनालाई महत्वपूर्ण लक्ष्यका आथ अगाडी बढ्ने बताए । मध्यवर्ती क्षेत्र घोषणाको विषयमा स्थानीय समुदाय र सरकारबीच समन्वय गरेर अगाडी बढेमा सबैलाई उचित लाभ हुने तर्क गरे ।

कार्यक्रममा ढोरपाटन नगरपालिका ९ का अध्यक्ष खिम बहादुर घर्तिले दिगो विकास र पर्यटन पवद्र्धनका निम्ति आफु अध्यक्ष रहेको नगरस्तरीय समिति गठन गरेर अगाडी बढिएको बताउँदै परिणाम देखिने गरी काम गर्ने बताए । मध्यवर्ती क्षेत्र घोषणाको सवालमा नागरिक तहमा बुझाईलाई वृद्धि गरेर यहाँको सम्भावना र अपनत्व लिने गरी अगाडी बढ्न सकेमा सबैको हित हुने बताए । कार्यक्रममा ढोरपाटन नगरपालिका–८ का अध्यक्ष भद्रमणी सुनार, वडा नम्बर ७ का अध्यक्ष धन बहादुर अदै, वडा नम्बर ९ का निवर्तमान वडा अध्यक्ष हरिबहादुर घर्तीले मन्तव्य राखेका थिए ।

नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य निल बहादुर पुन, नेकपा एमाले प्रदेश सदस्य टंक पौडेल, उद्योग वाणिज्य संघ ढोरपाटनका महासचिव ज्ञान प्रसाद कँडेल, नेपाल मगर संघ क्षेत्रीय अध्यक्ष गंग बहादुर घर्ती लगायतले ढोरपाटनको विकास र मध्यवर्ती घोषणाको सन्दर्भमा धारणा राखेका थिए । विवाईसी बागलुङका सदस्य प्रेम केसीको स्वागत, उत्तम अर्यालको सहजीकरणमा सम्पन्न भएको हो ।

टिप्पणी गर्नुहोस्

टिप्पणी गर्नुहोस्

तपाईँको इमेल सार्वजनिक हुने छैन।आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

U

सम्बन्धित खबर