बागलुङ
बागलुङमा सञ्चालित शुभराशी ल्याङ्ग्वेज इन्स्टिच्युटले जापानी शिक्षकसंग सेमिनार सम्पन्न गरेको छ । विगत आठ वर्षदेखि बागलुङबाट विद्यार्थी भिजामा जापान पठाउँदै आएको शुभराशीले जापानको ऐन कानुन र त्यहाँको अवस्थाबारे विद्यार्थीहरुलाई जानकारी गराउनका लागि जापानी शिक्षकहरुसंग अन्तरक्रियात्मक सेमिनार आयोजना गरेको हो ।
उक्त कार्यक्रममा वाकायामा मेडिकल स्पोर्ट्स भोकेसनल स्कुल जापानिज ल्याङ्ग्वेज कोर्षका शिक्षक साचिको यामाउतो, तोसिहिको तासिरो, प्रमोद भट्ट लगायतले नेपालका विद्यार्थीले जापानमा जाँदा ध्यान दिनुपर्ने कुराहरुको बारेमा शुभराशीमा अध्यनरत विद्यार्थीहरुलाई जानकारी गराएका थिए । कार्यक्रममा बोल्दै जापानी शिक्षक साचिको यामाउतोले जापान जान चाहाने विद्यार्थीले भाषालाई सबैभन्दा प्राथमिकता दिएर सिक्नुपर्ने बताईन् ।
‘जापानमा पुगेर अध्ययन गर्नका लागि भाषा अनिवार्य छ,’उनले भनिन्,‘त्यसका लागि यहाँकाबाट जान चाहानेहरुले भाषा सिक्नैपर्छ । तपाईहरुले जति धेरै जापानी भाषा सिकेर यहाँबाट जानुहुन्छ त्यतिधेरै जापानमा सजिलो हुन्छ ।’ केवल परीक्षा पास हुने उद्देश्यका लागि मात्रै भाषा नपढ्न उनले आग्रह गरिन् । ‘यहाँ लिईने जापानी भाषाको परीक्षा उत्तिर्ण गर्नका लागि मात्रै भाषा सिक्नुभयो भने पछि गएर तपाईले दुःख पाउनुहुन्छ,’उनले भनिन्,‘जापानमा हरेक कामका लागि जापानी भाषा मुख्य भएकाले जापानी भाषा जान्नु तपाईका लागि अनिवार्य शर्त नै हो ।’

कार्यक्रममा अर्का जापानी शिक्षक तोसिहिको तासिरोले जापानमा पढेर राम्रो गर्न र लामो समय जापानमा काम गर्नका लागि भाषामा राम्रो दख्खल हुनुपर्ने बताए । ‘जापानमा जापानी भाषाको मात्रै महत्व छ, तपाईले त्यहाँ गएर पढेर त्यही रोजगारी पाउने र लामो समय जापानमा बसेर काम गर्नका लागि भाषामा दख्खल राख्नैपर्छ,’उनले भने,‘त्यसैले तपाईहरुले यहाँबाट जाने बेलामै राम्रोसंग भाषा सिकेर मात्रै जापान आउनुहोस् । भाषा जानेको खण्डमा जापानमा धेरै दुःख पाउनु पर्दैन ।’
उक्त अवसरमा जापानी भाषा शिक्षक प्रमोद भट्ट, शुभराशी चितवनका शैलेन्द्र बञ्जराले पनि जापानमा जाने विद्यार्थीहरुले ध्यान दिनुपर्ने विषयमा जानकारी गराएका थिए । उनीहरुले जापानमा विद्यार्थी भिजामा रहँदासम्म तोकिएको अवधी मात्रै काम गर्न पाईने भन्दै भिजा परिवर्तन गरेर वर्किङमा बदलेपछि मात्रै पूर्णकालीन काम गर्न पाईने बताए ।
उक्त अवसरमा जापानी शिक्षकहरुले शुभराशीमामा अध्ययनरत विद्यार्थीहरुको लिखित परीक्षा र अन्तर्वार्ता समेत लिएका छन् । बागलुङ जिल्लामा पहिलो पटक जापानी शिक्षकहरु आएर विद्यार्थीसंग सेमिनार र अन्तरक्रियासंगै अन्तर्वार्ता लिने काम भएको शुभराशीका सञ्चालक बताउँछन् । उक्त अवसरमा शुभराशी ल्याङ्ग्वेज इन्स्टिच्युट बागलुङबाट अक्टोबर इन्टेकका लागि जापान जान सिओई प्राप्त गर्न सफल २८ जना विद्यार्थीलाई सम्मान समेत गरिएको थियो ।
शुभराशी बागलुङबाट अक्टोबर इन्टेकका लागि अप्लाई गरेका शतप्रतिशत विद्यार्थीले सिओई प्राप्त गर्न सफल भएको यसका संस्थापक सञ्चालक सचदेव क्षेत्रीले बताए । ‘अक्टोबर इन्टेकका लागि २८ जना विद्यार्थीले अप्लाई गर्नुभएको थियो, उहाँहरु सबैले सिओई प्राप्त गर्न सफल हुनुभएको छ,’क्षेत्रीले भने,‘यो हामी सबैको मेहनत र अभिभावकको भरोसाले भएको हो ।’

२०७४ सालको वैशाखमा बिनु श्रेष्ठ र सचदेव क्षेत्री संस्थापक सञ्चालक भएर सुरु गरेको शुभराशी ल्याङ्ग्वेज इन्स्टिच्युट बागलुङले अहिलेसम्म सयौं विद्यार्थीलाई जापान पठाउन सफल भएको छ । विद्यार्थी भिजासंगै एसएसडब्ल्यु वर्किङ भिजा र डिपेन्डेन्ट भिजामा जानेहरुका लागि भाषा सिकाउने र सहजीकरण गर्ने कार्य शुभराशीले गर्दै आएको यसका संस्थापक सञ्चालक एवं भाषा प्रशिक्षक बिनु श्रेष्ठले बताईन् ।
‘विद्यार्थी भिजामा जानेहरुका लागि त हामीले नै कलेज खोजेर अप्लाई गर्न सहयोग गर्छौं, अन्य भिजामा जानेहरुका लागि पनि भाषा सिकाउने र सहजीकरण गर्ने काम हामीले गरेको छौं,’उनले भनिन् । शुभराशी ल्याङ्ग्वेज इन्स्टिच्युट बागलुङमा अहिले विद्यार्थी भिजा, वर्किङ भिजा र डिपेनडेन्टमा जान चाहाने झण्डै दुई सय विद्यार्थी अध्ययनरत रहेका छन् ।
जापानमा अध्ययन गर्न जान चाहानेहरुका लागि शुभराशी भरपर्दो सेवा प्रदायक संस्था बन्दै गएको छ । सञ्चालनमा आएको छोटो समयमै शुभराशी बागलुङबाट जापान विद्यार्थी पठाउने संस्थाहरुमा धेरैको रोजाईमा पर्न सफल भएको छ ।
टिप्पणी गर्नुहोस्