Thursday, April 16, 2026
बिहिबार, बैशाख ३, २०८३

E-paper

रुप्से होलिडेज ललितपुर क्विन्सको मुख्य प्रायोजक

बुधबार, भदौ ४, २०८२

ललितपुर– ट्राभल एण्ड टुर क्षेत्रको अग्रपङ्तिमा रहेको रुप्से होलिडेजले एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) टोली ललितपुर क्विन्सलाई मुख्य प्रायोजन गर्ने भएको छ ।

पहिलो संस्करण देखिनै ललितपुरलाई प्रायोजन गर्दै आएका रुप्से होलिडेजले दोस्रो संस्करणको लागि मंगलवार सम्झौता नवीकरण गरेको हो । ललितपुर क्विन्सको कार्यालयमा भएको कार्यक्रममा क्विन्सका महाप्रबन्धक उत्सव शाक्य र रुप्से होलिडेजका विजनेस डेभलपमेन्ट प्रमुख भुवन बस्नेत बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता दौरान ललितपुर क्विन्सको महिला सशक्तिकरणको योजनालाई साथ दिन पाउँदा रुप्से होलिडेज खुसी रहेको बस्नेत बताए । ‘महिला भलिबल खेलको विस्तार र खेलकुदमा महिला सशक्तिकरणको प्रवद्र्धनलाई प्राथमिकतामा राख्दै ललितपुर क्विन्सले एभरेष्ट महिला भलिबल लिगमा सहभागिता जनाउदै आएको छ । यस कार्यमा हामी ललितपुरलाई समर्थन गर्न पाउँदा खुसी छौ,’ बस्नेतले भने ।

‘यसपटक स्वदेशी र विदेशी खेलाडीहरूको राम्रो संयोजन भएकोले गत संस्करणको भन्दा टोली बलियो रहेको छ र नतिजा उत्कृष्ट हुन्छ भन्नेमा हामी विश्वस्त छौ, ललितपुर क्विन्सलाई जितको शुभकामना,’बस्नेतले थपे ।

ललितपुर क्विन्समाथि पुनः विश्वास गरेर मुख्य प्रायोजकको रुपमा टोलीसँग जोडिनु भएकोमा शाक्यले रुप्से होलिडेज धन्यवाद व्यक्त गरे । ‘हामीलाई निरन्तर विश्वास फेरी एक पटक हामीलाई साथ दिनु भएकोमा रुप्से होलिडेज प्रति हामी आभारी छौं,’ शाक्यले भने

घरेलु भलिबलमा सफल प्रशिक्षक मध्य एक उत्सव खड्काको नेतृत्वमा ललितपुर क्विन्सको टोली कोर्टमा उत्रनेछ । टोलीको मार्की खेलाडी तथा कप्तान सलिना श्रेष्ठ रहेका छन् भने ललितपुरले अक्सन बाट संगम महतो, लक्ष्मी चन्द, सुनिता राइ, सलिना बूढा मगर, निशा चौधरी, सृष्टि खड्गी र भावना डाँगीलाई खरिद गरेको थियो ।

ललितपुरले आफ्नो गुडविल एम्बासडरमा दीक्षिण एसियाली खेलकुदको तीन स्वर्ण पदक विजेता आयशा शाक्यलाई नियुक्त गरेको छ । इडब्लुभीको दोस्रो संस्करण लिग भदौ २० देखि २८ सम्म हुनेछ ।

टिप्पणी गर्नुहोस्

टिप्पणी गर्नुहोस्

तपाईँको इमेल सार्वजनिक हुने छैन।आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

U

सम्बन्धित खबर