Wednesday, February 11, 2026
बुधबार, माघ २८, २०८२

E-paper

फोनिजको स्थापना दिवस मनाईयो

बुधबार, साउन २८, २०८२

बागलुङ

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बागलुङले २६ आँै स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा फोनिज बागलुङले पत्रकारितामा जनजातिको सवाल विषयकमा अन्तरक्रिया कार्यक्रम गरेको थियो । जिल्ला समन्वय समिति प्रमुख अमर थापाले अहिलेको समयमा चेतना आवस्यक रहेको बताउँदै उनले पत्रकारहरुले खोज पत्रकारितामा सोच बढाउन आवश्यक छ ।

जनजातिको बाहुल्यता भएको ठाउँमा विकास गर्नुपर्ने उनले बताए । स्रोतको उपलब्ध हुदा दीगो विकास हुने ठाउँमा खर्च नहुँदा नागरिक पछि पर्ने गरेको उनले बताए । योजना निर्माणमा सबैले हातेमालो गर्न आवश्यक उनले बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका उपाध्यक्ष सिर्जना पन्त, नेपाल मगर संघका केन्द्रीय सदस्य गणेशबहादुर थापामगर, नेपाल मगर संघ बागलुङका अध्यक्ष श्यामबहादुर पुन, फोनिज) का केन्द्रीय पार्सद याम थापा मगरले शुभकामना मन्तव्य राखेका थिए ।

पत्रकार महासंघ बागलुङका कोषध्यक्ष खेमराज गौतम, पत्रकार महासंघ बागलुङका सदस्य अर्जुन कार्की, पत्रकार विनोद थापा र विद्यार्थी नेता मनिस थापा मगरले विभिन्न विषयमा प्रश्न र सुझाव राखेका थिए । कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज बागलुङका पूर्व अध्यक्ष संगम घर्तीमगरले अवधारणापत्र प्रस्तुत गरेका थिए ।

बागलुङ नेपाल आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष डम्मर बुढा मगरको अध्यक्षता कोषाध्यक्ष तिलक घर्ती मगरको स्वागत र सचिव बल बहादुर रोका मगरको सञ्चालनमा सम्पन्न भएको थियो । स्थापना दिवसको अवसरमा विहान नेपाल पत्रकार महासंघ बागलुङ र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ बागलुङ बिच मैत्रीपुर्ण फुटसल प्रतियोगिता भएको थियो । उक्त प्रतियोगितामा नेपाल पत्रकार महासंघ बागलुङले आयोजकलाई ११ का विरुद्द १३ गोल गरेर विजयी भएको थियो ।

 

टिप्पणी गर्नुहोस्

टिप्पणी गर्नुहोस्

तपाईँको इमेल सार्वजनिक हुने छैन।आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

U

सम्बन्धित खबर