विपद प्राकृतिक वा मानवद्वारा सिर्जित घटनाहरूबाट आउने अप्रिय परिणाम हो। यो एक आपत्कालीन अवस्था हो जुन आकस्मिक रुपमा हुने गर्दछ । विपदले व्यक्ति परिवार समुदाय र राष्ट्रलाई नै छिन्नभिन्न पार्दछ। विपदको अवस्थामा मानिस घरबास खानेकुरा लुगाफाटा औषधि उपचार सामाजिक सुरक्षा विहिन हुन पुग्छ। मानिस महलबाट तत्कालै सडकमा आउने अवस्था विपदले सिर्जना गर्न सक्छ। भूकम्प बाढीपहिरो आगालागि महामारी दुर्घटना आँधीबेहरी असिना आतंकवादी क्रियाकलाप सुनामी ज्वालामुखी विस्फोटन हावाहुरी चट्यान हिउँ पहिरो आदि विपतका उदाहरण हुन् । विपत्ति प्राकृतिक र मानवीय कारणले आउने गर्दछ मानिसको लापरवाही र असावधानीले पनि हाम्रो जीवनमा ठूलो विपत्ति आउने गर्दछ ।
उदाहरणका लागि डढेलो आतंक हवाई तथा सडक दुर्घटना जल वा औद्योगिक दुर्घटना ग्यास विस्फोटन आदि विपद आउनु अघि विपतको समयमा र विपदपछिको अवस्थामा गरिने सम्पूर्ण तयारी नै विपद व्यवस्थापन हो । यसको उद्देश्य मानवीय र भौतिक क्षतिलाई कम गर्न र प्रभावित समुदायलाई छिटोभन्दा छिटो सामान्य जीवनमा फर्काउनु हो । नेपाल भौगोलिक रुपले हिमाल पहाड र तराई साँच्चै अनेक विविधतापूर्ण अल्पविकसित देश हो । त्यसैले यहाँ हरेक वर्ष विभिन्न प्रकारका विपदहरू आउने गर्दछन् । विशेषगरी १९९० र २०७२ सालको भूकम्प २०७६ सालको कोरोना महामारी २०८२ सालको जेन्जी पुस्ताको विद्रोह विभिन्न समयमा हुने आगलागि विमान दुर्घटना तथा महामारीको हिसाबले नेपाल उच्च जोखिममा रहेको छ। भने जोखिमको हिसाबले नेपाल ११ औँ स्थानमा रहेको छ ।
विपतको सही तरिकाले व्यवस्थापन गर्न सके जनधनको क्षतिलाई कम गर्न सकिन्छ।हरेक वर्ष असार र साउनमा ठूलो पानीको कारण तराईमा डुबान र पहाडमा बाढी पहिरोको कारण मानिस विस्थापित हुनुका साथै मृत्यु पनि हुने गरेको छ गृह मन्त्रालय लगायत सरोकारवाला सबैलाई बर्खामा पानी पर्छ भन्ने थाहा भएपनि कसरी डुबान बाढी पहिरोबाट मानिसलाई बचाउन सकिन्छ भनेर पूर्व तयारी राम्रोसँग नगर्दा हरेक वर्ष ठूलो क्षति हुने गरेको देखिन्छ । नेपालमा कुनै पनि समयमा विपद आउन सक्ने सम्भावना प्रबल देखिन्छ। प्रविधि र पूर्वाधारको राम्रो विकास नभएकाले हरेक वर्ष नेपालमा विपदले ठूलो असर पार्ने गरेको छ ।
मानवीय वा प्राकृतिक कारणले हरेक वर्ष नेपालमा दुखद घटना हुँदा सयौं मानिसले जीवन गुमाउनु परेको छ समाजको विकासक्रमसँगै हाम्रो दैनिक जीवनमा जोखिम बढिरहेको देखिन्छ हाम्रा पुर्खालाई प्राकृतिक जोखिम भएपनि मानवीय जोखिम भने कम थियो। किनकि त्यो बेला भौतिक आर्थिक र सामाजिक पूर्वाधारहरूको राम्रो विकास हुन सकेको थिएन जति समाज विकसित हुँदै जान्छ त्यति नै जोखिमको सम्भावना बढ्दै जान्छ । हामीले प्रयोग गर्ने उपकरण वा हामीले काम गर्ने कम्पनी, चलाउने साधन आदिमा जोखिम बढ्दै गएको छ। जलवायु परिवर्तन का असरहरुले भविष्यमा विपन्न देशलाई ठूलो खतरा हुने अनुमान गरिएको छ। किनभने धेरैजसो विपतहरू मौसमजन्य कारणले हुने गरेका छन्। तर विपत जोखिमलाई सबैले प्रयास गरे कम गर्न सकिन्छ।
उदाहरणका लागि जापानमा प्रायजसो भूकम्प जाने गर्दछ जुन विगतमा विपत्तिको रुपमा चिनिन्थ्यो भने अहिले उच्चस्तरीय प्रविधि बढ्दो जनचेतना र पूर्व तयारी आदिले गर्दा पहिलेको तुलनामा क्षति निकै कम हुँदै गएको पाइन्छ। डुबान, पहिरो, आगालागि दुर्घटना महामारी जस्ता समस्याहरू नेपालमा प्राय देखिने समस्याहरु हुन्।बाग्लुङ जिल्ला पनि बाढी पहिरो आगालागि असिना चट्याङ हुरी बतास महामारी जस्ता प्रकोप रहेको र उक्त प्रकोपहरूमध्ये स्तरीकरण गर्दा बाढी पहिरोको प्रकोप पहिलो स्थानमा रहेको छ। र अन्य प्रकोपहरू सामान्य रहेका छन् ।
विसं २०६४ सालमा ग्वालिचौरमा गएको पहिरोमा परि २९ जनाको ज्यान गएको र करिब ३ करोड बराबरको धनजनको क्षति भएको त्यस्तै २०७३ सालमा अधिकारी चौरमा आएको बाढी पहिरो २०७५ सालमा धुल्लु बाँसकोटको पहिरो , यसैगरी काठेखोला ५ काउलेमा जमिन भासिन गई १४ घरधुरी विस्थापित भएको, २०७७ सालमा ढोरपाटन नगरपालिका ९ र १० मा आएको पहिरो र २०७८÷७९ सालमा चट्यानबाट छ जना मानिसको मृत्यु भएको, राएडाँडामा गएको पहिरोमा १४ घर उच्च जोखिममा परि बस्ती विस्थापित भएको आदि घटनालाईलाई उदाहरणको रुपमा लिन सकिन्छ (विपत पूर्व तयारी तथा प्रतिकार्य योजना २०८१÷८२) विपद व्यवस्थापन तीन चरणमा गर्न सकिन्छ।
पहिलो विपद आउनु पूर्व– कुनै पनि क्षेत्रमा कस्तो प्रकारको विपदको सम्भावना र जोखिम रहेको छ भनेर पहिचान गरी तत्काल सुरक्षाका उपायहरु अवलम्बन गर्ने विपदको खतरा महसुस गरेपछि तत्कालै जोखिममा रहेका नागरिक हरूका मोबाइलमा म्यासेज पठाउने माइकिङ गर्ने सुरक्षा निकायको सहयोगमा विपदको सम्भावना बारे जानकारी लिन सकिन्छ । सरकार मौसम विभाग वा अन्य निकायले निकालेका सूचना तथा पूर्व चेतावनीमा ध्यान दिने ।
सोही अनुसार व्यवस्थापन गर्ने संरचना निर्माण गर्दा भूकम्प प्रतिरोधी बलियो र गुणस्तरीय सामान प्रयोग गर्ने बाडीबाट बच्नको लागि घरभित्र पानी नपसोस् भनेर ठूलो पर्खाल लगाउने हावाहुरी चलेको बेला फोन कम्प्युटर टिभी लगायतका विद्युतीय सामग्री नचलाउने घरका झ्याल ढोका राम्ररी बन्द गर्ने घर बाहिर ननिस्कने खानापानी औषधि कपडा लगायतका आवश्यक सामग्रीको व्यवस्थापन गरी सुरक्षित साथ राख्ने विपदको समयमा सुरक्षित स्थानको खोजी गर्ने उद्धार टोली आकस्मिक नम्बर प्रहरी सेना रेडक्रस स्वयंसेवक बीच समन्वय गर्ने आदि यसरी विपद आउनुभन्दा पहिले गरिएको व्यवस्थापनले मानव जीवन सम्पत्ति वातावरणीय क्षति कम गर्न सकिन्छ।
दोस्रो विपदको समयमा–नहतारिकन कसैलाई कुनै प्रकारको बाधा नपु¥याई सुरक्षित स्थानमा जाने भूकम्प आएको छ भने खुला ठाउँमा जाने र बाढी आएको छ भने अग्लो स्थानमा जाने आफू सुरक्षित भएर अरुलाई सहयोग गर्ने सरकारी निकायमा र सम्बन्धित सरोकारवाला निकायमा तत्काल खबर गरी थप क्षति हुन नदिने अलपत्र परेका मानिसको उद्धार गर्ने प्राथमिक उपचार गर्ने र जति सक्दो छिटो भन्दा छिटो अस्पताल पुर्याउने विपदमा परेका मानिसको मनोबल बढाउन शान्तवना दिने डर तनाव कम गर्न प्रोत्साहित गर्ने खाना पानी कपडा आदिको व्यवस्था गर्ने आधिकारिक सूचनाको प्रयोग गर्ने समाजमा गलत हल्ला फैलाउन नदिने घरबारविहीन भएका मानिसलाई बास व्यवस्थापन गर्ने आदि यसरी विपदको समयमा योजनाबद्ध र व्यवस्थित तरिकाले काम गर्न सकियो भने मात्र क्षति कम गर्न सकिन्छ ।
तेस्रो विपतपश्चात–घटना घटिसकेपछि सबैको मनमा डर त्रास हुन्छ। उनीहरू आत्तिएका हुन्छन् कतिपय मानिसको गासवास कपास गुमिसकेको हुन्छ यस्तो अवस्थामा समाजका मानिसहरु मिलेर स्थानीय सरकार सुरक्षा निकाय विभिन्न सहयोगी संघ संस्थाको सहयोगमा सामाजिक सञ्जाल मार्फत अभियान चलाएर आर्थिक व्यवस्थापन गर्न सकिन्छ जसबाट उनीहरूको उपचार खाद्यान्न र बासको व्यवस्था गर्न सहज हुन्छ ।
घर नभएका मानिसलाई टेन्ट पाल वा खुला मैदानमा राख्ने जथाभावी भिडभाड हुन नदिने शौचालय सरसफाई र शुद्ध पानीको व्यवस्था मिलाउने मृत मानिसको र जनावरको सब व्यवस्थापन गर्ने भत्किएका घर विद्यालय सडक पुननिर्माणको लागि पहल गर्ने आदि विपत व्यवस्थापनको महत्व–विपद आउनु अघि आउँदा र आइसकेपछि मानिसको जीवन बचाउन सम्पत्तिको सुरक्षा गर्न समाजलाई सामान्य अवस्थामा राख्न सुरक्षा सहयोग लगायतका व्यवस्थापन कार्य गरिन्छ । जसले मानिसको जीउधन को क्षति कम गराउँछ ।
भौतिक पूर्वाधार घर विद्यालय सडक पुल विद्युत लगायतलाई संरक्षण गर्न सहयोग गर्नुका साथै समाजमा विपदबाट कसरी बच्ने भन्ने उपायहरूको बारेमा जनचेतना जगाउँछ विपद व्यवस्थापनले राहत र उद्धार कार्यलाई सजिलो बनाई प्राथमिक उपचार खानापानी कपडा बास उपलब्ध गराउनुका साथै सुरक्षा निकाय उद्धार टोली स्वास्थ्यकर्मीसँग समन्वय गरी समयमै राहत उपलब्ध गराउँदछ।
असुरक्षित महसुस गरेका डरत्रासको मनस्थितिमा भएका नागरिकको आत्मबल बढाउन विभिन्न मनोवैज्ञानिक परामर्श र अन्तरक्रिया गरी हौसला प्रदान गर्दछ। सामाजिक सञ्जाल र सञ्चार माध्यम मार्फत जनतालाई सूचना पुर्याउने कार्य गरी वास्तविकता छर्लङ्ग पार्दछ । विपद व्यवस्थापनले जीवन बचाउन मात्र नभई सामाजिक संरचना अर्थतन्त्रको रक्षा गरी समाजमा एकता स्वास्थ्य सुरक्षा दिगो विकास शान्ति सहयोग आदिको व्यवस्थापनमा सहयोग पु¥याउँछ ।
टिप्पणी गर्नुहोस्