Friday, January 16, 2026
शुक्रबार, माघ २, २०८२

E-paper

मातापिताको सम्झनामा कँडेल परिवारद्वारा विद्यालयलाई स्वास्थ्य सामग्री

आइतवार, भदौ १, २०८२

काठेखोला गाउँपालिका वडा नं.–२ भीमापोखरा, कुर्थुकेका कँडेल परिवारले काठेखोला गाउँपालिकाका १० वटा माविलाई सेनेटरी प्याड भेन्डीङ मेसिन र काठेखोला गाउँपालिकाका सबै माध्यामिक विद्यालय तथा आधारभूत विद्यालयलाई ब्लड प्रेसर नाप्ने विपी सेट प्रदान गरेको छ ।
दिवंगत आफ्ना स्वर्गीय पिता खडानन्द कँडेल र स्वर्गीय माता गौमति कँडेलको सम्झनामा छोराहरु ऋषिराम कँडेल, कृष्ण प्रसाद कँडेल, जगन्नाथ कँडेल, प्रजापति कँडेल, चन्द्रलाल कँडेल सहित परिवारले सामाग्री वितरण गरेको हो । काठेखोला–२ भीमापोखरा, कुर्थुके स्थित समस्त कँडेल परिवारको आयोजना तथा काठेखोला गाउँपालिकाको संयोजन तथा व्यवस्थापनमा एक औपचारिक समारोहका बीच स्वास्थ्य सामाग्री वितरण गरिएको हो ।

साउन २९ गते भीमसेन माविको सभाहलमा सम्पन्न कार्यक्रममा काठेखोला गाउँपालिका भित्रका १० वटा माध्यमिक विद्यालयहरुलाई सेनेटरी प्याड भेन्डीङ मेसिन र ब्लड प्रेसर नाप्ने विपी सेट र १३ वटा आधारभुत विद्यालय र आफुहरुले अध्ययन गरेका एक विद्यालय सहित १४ वटा विद्यालयलाई विपी सेट वितरण गरिएको हो ।

स्वर्गीय खडानन्द कँडेल र स्वर्गीय गौमति कँडेलको छोरा चन्द्रलाल कँडेलको अध्यक्षता, नाति अशोक कँडेलको सञ्चालन र नातिनी ज्योति कँडेलको स्वागत मन्तव्य रहेको सामाग्री हस्तान्तरण कार्यक्रमको उद्घाटन काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले गरेका थिए ।
कार्यक्रममा बोल्दै अध्यक्ष थापाले आफ्नो दिवंगत मातापिताको सम्झनामा महत्वपूर्ण र प्रशंसनिय कर्म गरेकोमा कँडेल परिवारलाई धन्यवाद दिदै नागरिकहरु यस्तै सतकर्ममा लाग्न सके आफ्ना स्वर्गीय बुवाआमाप्रति बास्तविक श्रद्धाञ्जली हुने बताए ।

काठेखोला गाउँपालिकाका उपाध्यक्ष तेज बहादुर थापा, प्रमुख प्रशासकीय अधिकृत चुर्ण बहादुर कार्की, काठेखोला गाउँपालिका, वडा नं. २ का वडा अध्यक्ष विद्यापती शर्मा, श्री रेश नुनथला मा.वि.का प्रधानाध्यापक ओम बहादुर थापाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कँडेल परिवारको तर्फबाट परुषोत्तम कँडेलले कार्यक्रमको उद्धेश्य माथी प्रकाश पार्दै स्वर्गीय खडानन्द कँडेल र गौमति कँडेलको बारेमा जानकारी दिएका थिए ।

टिप्पणी गर्नुहोस्

टिप्पणी गर्नुहोस्

तपाईँको इमेल सार्वजनिक हुने छैन।आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

U

सम्बन्धित खबर