बागलुङ
प्रवुद्ध युवा समुहले बागलुङमा तीज नृत्य गर्ने भएको छ । बागलुङमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी कार्यक्रमबारे जानकारी गराएको हो । मौलि कगित र नृत्यलाई प्राथमिकता दिदै तीजको संस्कृतिलाई जोगाई राख्न नृत्य प्रतियोगिता आयोजना गर्न लागिएको समुहका अध्यक्ष रोहित सुनारले बताए ।
‘मौलिक संस्कृति र संस्कारलाई प्रोत्साहन गर्ने नै हाम्रो प्राथमिकता हो,’उनले भने,‘तीजका भाकामा सामुहिक नृत्यको आयोजना गरेका छौं । प्रतियोगितामा प्रथमले नगद ४१ हजार १११, द्वितीय हुनेले १७ हजार ७७७ र तृतीय हुनेले ११ हजार १११ नगद पुरस्कार पाउनेछन् । प्रतियोगितामा सहभागीताका लागि चार हजार दर्ता शुल्क राखिएको छ । नृत्य प्रतियोगिताका टाईटल स्पोन्सरको रुपमा ग्रेस इन्टरनेश्नल बागलुङले सहयोग गरेको आयोजकले जनाएको छ ।
प्रतियोगिता सम्पन्न गर्नका लागि तीन लाख रुपैयाँ खर्च लाग्ने र विभिन्न व्यक्ती तथा संस्थाबाट सहयोग संकलन गरिएको पनि आयोजकले जनाएको छ । प्रतियोगितालाई निस्पक्ष बनाउनका लागि बागलुङ भन्दा बाहिरबाट निर्णायक ल्याएर निस्पक्ष निर्णय गर्ने तयारी भएको आयोजकले जनाएको छ ।
टिप्पणी गर्नुहोस्