Monday, March 16, 2026
सोमवार, चैत्र २, २०८२

E-paper

पशुपति दर्शन गर्न चंकी पाण्डे काठमाडौंमा

सोमवार, साउन १२, २०८२

काठमाडौं : बलिउड अभिनेता चंकी पाण्डेले आइतबार पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् । पूजाआजा गरेको लगायतका फोटो उनले सेयर गरेका छन् ।

‘श्रावण महिनामा पशुपतिनाथ मन्दिरको दर्शन गर्न पाउँदा धेरै भाग्यमानी महसुस भयो’ उनले लेखेका छन् ।

हिन्दु क्यालेन्डरअनुसार साउन महिनालाई भगवान शिवको निकै पवित्र महिना मानिन्छ । साउन महिना सुरु भएसँगै नेपाल र भारतबाट आएका हिन्दु धर्मावलम्वीले पशुपतिनाथमा आराधना गरिरहेका छन् ।

कामको कुरा गर्दा, चंकीको अभिनय रहेको फिल्म ‘सन अफ सरदार २’ शुक्रबारदेखि विश्वभर रिलिज हुँदैछ ।

टिप्पणी गर्नुहोस्

टिप्पणी गर्नुहोस्

तपाईँको इमेल सार्वजनिक हुने छैन।आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

U

सम्बन्धित खबर