नवराज नेपाली
ढोरपाटन शिकार आरक्षले आन्तरिक राजश्व वृद्धि गरेको छ । बागलुङ, रुकुमपूर्व, र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन सिकार आरक्षले आर्थिक बर्ष २०८०÷८१को तुलनामा २०८१÷८२मा ११ लाख ३७ हजार ९५५ रुपैयाँले बढि राजश्व संकलन गरेको छ । आर्थिक वर्ष २०८०÷०८१ मा कार्यालयले ४३ लाख ४८ हजार ९५० रुपैयाँ संकलन गरेको थियो भने आर्थिक वर्ष २०८१÷०८२ मा ५४ लाख ८६ हजार ९५० रुपैयाँसंकलन गरेको लेखापाल बलराम आचार्यले बताए ।
निकुञ्ज विभागको टेन्डर तर्फको गत वर्ष ४ करोड ७१ लाख बढि कुल राजश्व संकलन भएकोमा आर्थिक बर्ष २०८१÷०८२ मा राजश्व घटेर २ करोड ७५ लाख ६० हजार ४०० संकलन भएको ढोरपाटन सिकार आरक्ष कार्यालयले जनाएको छ । बढि मात्रामा सिकारबाट राजश्व संकलन हुने गरेकोमा सिकारी बीच स्वस्थ प्रतिस्पर्धा हुन नसक्दा सिकारको मूल्य घटेसँगै निकुञ्ज विभागको राजश्वमा समेत कमी आएको पाइएको हो ।
आर्थिक बर्ष २०८१÷०८२ मा सिकार खेल्नेबाट २ करोड ७५ लाख ६० हजार ४०० रुपैयाँ राजश्व सँकलन भएको छ । जहाँ अघिल्लो बर्ष सोही शिर्षकमा ४ करोड २६ लाख ८८ हजार ७ सय रुपैयाँ संकलन भएको थियो । आर्थिक बर्ष २०८१÷०८२ मा दुई सिजनमा गरी ३३ वन्य जन्तुको सिकार भएको हो । जसमा २१ नाउर र १२ वटा झारलको सिकार भएको छ । नाउरको अधिकतम मूल्य ६ लाख र झारलको अधिकतम ३ लाख ५० हजार रुपैयाँमा सिकार भएको ढोरपाटन सिकार आरक्ष कार्यालयका रेन्जर सागर सुवेदीले बताए ।
आर्थिक बर्ष २०८०÷०८१ मा नाउरको १८ लाखदेखि २३ लाखसम्म र झारलको ७ लाखदेखि १३ लाखसम्म मूल्यमा सिकार भएको सुवेदीले बताए । सिकारसँगै कार्यालयले वनपैदावार विक्री वितरणबाट १५ लाख ७५ हजार २५ रुपैयाँ, पर्यापर्यटनबाट एकतिस लाख ३१ लाख २१ हजार ५००, प्रशासनिक दण्ड सजाय र अन्य प्रशासनिकबाट ७ लाख ९० हजार ३ सय ८० रुपैयाँ आन्तरिक राजस्व संकलन भएको थियोे ।
ढोरपाटनमा आर्थिक वर्ष २०८१÷०८२ मा अहिले सम्मकै स्वदेशी तथा विदेशी गरी २३ हजार ६ सय ९२ जना प्रर्यटक भित्रिएसंगै आन्तरिक राजसमा पनि वृद्धि भएको कार्यालयले जनाएको छ । आरक्षमा ७ वटा सिकार गर्ने ब्लक रहेका छन् ।
टिप्पणी गर्नुहोस्