Wednesday, February 11, 2026
बुधबार, माघ २८, २०८२

E-paper

वित्तिय सुशासन

‘एफआरए’मा बडिगाड प्रथम

बुधबार, भदौ १८, २०८२

बागलुङ

स्थानीय तह वित्तिय सुशासन जोखिम मुल्याङ्कन एफआरएमा जिल्लाका बडिगाड गाउँपालिकला, जैमिनी नगरपालिका र बागलुङ नगरपालिका जिल्लामा उत्कृष्ट भएका छन । आर्थिक वर्ष २०८१।०८२ जिल्ला समन्वय समिति बागलुङले गरेको मुल्याङ्कनमा बडिगाड पहिलो जैमिनी दोस्रो र बागलुङ नगरपालिका तेस्रो भएको नतिजा सार्वजनिक गरिएको हो । जिल्ला समन्वय समिति बागलुङले आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रमको अवसरमा उक्त नतिजा सार्वजनिक गरिएको हो ।

मुल्याङ्कनमा बडिगाडले ७६.५ अंक प्राप्त गरेर पहिलो भएको छ भने जैमिनीले ७६ अंक प्राप्त गरेर दोस्रोभएको छ । त्यसैगरी बागलुङ नगरपालिकाले ७५ अंक प्राप्त गरेको तेस्रो स्थानमा रहेर उत्कृष्टता हासिल गरेको जिल्ला समन्वय समिति बागलुङका सूचना अधिकारी दुर्गा प्रसाद शर्माले जानकारी दिए । जिल्ला दश स्थानीय तहमध्ये तमानखोला गाउँपालिकाले ७१ अंक प्राप्त गरेर चौथो स्थानमा पुगेको छ भने ताराखोला गाउँपालिकाले ७० अंक प्राप्त गरेर पाँचौ स्थानमा रहेको छ ।

त्यसैगरी बरेङ गाउँपालिकाले ६९ अंक प्राप्त गर्दै छैठौँ स्थानमा रहँदा गलकोट नगरपालिकाले ६६.५ अंक प्राप्त गरेर सातौं स्थानमा रहेको छ । निसीखोला गाउँपालिकाले ६५.५ अंक प्राप्त गरेर आठौं स्थानमा रहँदा काठेखोला गाउँपालिकाले ५८ अंक प्राप्त गरेर नवौ स्थानमा रहेको छ भने ढोरपाटन नगरपालिकाले ५७.५ अंक प्राप्त गरेर दशौं स्थानमा रहेको समन्वय समितिले जनाएको छ । स्थानीय तहको वित्तीय प्रणाली व्यवस्थित, पारदर्शी, विधिसम्मत र प्रभावकारी बनाउन स्थानीय वित्त व्यवस्थापनका सम्भावित जोखिमका क्षेत्रहरूको पहिचान गरी यसको लेखाजोखाको माध्यमबाट स्थानीय तहको वित्तीय सुशासनलाई संस्थागत गर्न यो मुल्याङकन गर्ने गरिन्छ ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८० को प्रयोजनको लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरिएको स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन कार्यविधि, २०७७ बमोजिन मुल्याङ्कन गरी नतिजा सार्वजनिक गरिएको हो । यस अघि स्थानिय शासन कार्यसम्पादन मुल्याङ्कन प्रणाली लिजामा बागलुङ नगरपालिका गण्डकी प्रदेशमा नै तेस्रो र जिल्लामै पहिलो भएको थियो भने निसीखोला गाउँपालिका जिल्लामा दोस्रो भएको थियो । त्यसैगरी गलकोट नगरपालिका तेस्रो भएको थियो ।

टिप्पणी गर्नुहोस्

टिप्पणी गर्नुहोस्

तपाईँको इमेल सार्वजनिक हुने छैन।आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

U

सम्बन्धित खबर