Thursday, April 30, 2026
बिहिबार, बैशाख १७, २०८३

E-paper

बहुमतका आधारमा मनपरी गर्न पाईदैन– गगन थापा

बुधबार, भदौ ४, २०८२

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बहुमतका आधारमा जे पनि गर्नसक्ने छुट दलहरूलाई नहुने बताएका छन्।

प्रजातन्त्र सेनानी नन्दप्रसाद शिवाकोटी स्मारिका विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै सत्तामा पुग्ने कुरा सशर्त हुने र आधारभूत मूल्य तथा मान्यतासँग सम्झौता गरी प्राप्त भएको सत्ताको कुनै अर्थ नरहने बताए।

उनले कार्यक्रममा भने, ‘चुनाव जित्ने आकाङ्क्षा राख्नुलाई स्वाभाविक रूपमा लिनुपर्छ । तर, सबै कुरा त्यो होइन । सत्तामा पुग्ने कुरा पनि सशर्त हो, निशर्त होइन। हाम्रा आधारभूत मूल्य र मान्यतासँग सम्झौता गरेर प्राप्त भएको सत्ताको कुनै अर्थ रहँदैन । कांग्रेसको आस्था, सिद्धान्त, विचार र मूल्यमान्यता छ। त्योसँग सम्झौता गरेर सत्तामा टिकिराख्ने भन्ने कुरा हुँदैन ।’

उनले संख्याको आधारमा गरिने निर्णय वैधानिक हुने भए पनि सबैले स्वीकारे मात्रै वैध हुने बताए।

टिप्पणी गर्नुहोस्

टिप्पणी गर्नुहोस्

तपाईँको इमेल सार्वजनिक हुने छैन।आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *