काठमाडौँ : नेकपा एमालेका नेता विष्णु रिजालले मुख्यमन्त्रीको प्रत्यक्ष निर्वाचन गर्न प्रस्ताव गरेका छन् । सामाजिक सञ्चालन मार्फत हुने संघीयतालाई बलियो बनाउनका लागि प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री बनाउनुपर्ने उल्लेख गरेका हुन् ।
प्रदेश सभा मुख्यमन्त्री र मन्त्री उत्पादन गर्ने कारखाना भएकोमा उनले चिन्ता समेत व्यक्त गरेका छन् । पदमा पुग्ने लोभमा जे पनि गर्ने प्रवृत्ति मौलाउँदै गएको उल्लेख गर्दै उनले त्यसलाई रोक्नका लागि मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित गराउने व्यवस्था राख्नुपर्ने उल्लेख गरेका छन् ।
पदका लागि आफ्नै दलका सदस्यहरुले अविश्वासको प्रस्ताव लैजाने जस्तो गम्भीर पद लोलुपता देखिएको उनको भनाई छ । समाधानका लागि स्थानीय तहमा जस्तै प्रदेश तहमा मुख्यमन्त्रीको प्रत्यक्ष निर्वाचन गर्नुपर्ने उनको भनाई छ ।
टिप्पणीहरू (१)
2ebqvn