Friday, May 1, 2026
शुक्रबार, बैशाख १८, २०८३

E-paper

विचार

कक्षा शिक्षणको डिजीटल र आधुनिक अनुभव : एक समीक्षा

बुधबार, भदौ १८, २०८२

लाल बहादुर नेपाली

शिक्षाको शुरुवाती चरणमा शिक्षण पद्धतिहरु पनि फरक थिए । विश्वको जुन सुकै कुनाबाट शुरु भएको होस् वा शिक्षाको माध्यमबाट जुन सुकै सभ्यताको विकास र परिवर्तन भएको होस् । पश्चिमी ग्रीक दर्शनमा अरिस्टोटलको होस् वा पूर्वीय दर्शनमा बुद्धको शिक्षण पद्धतिहरु जस्तै ः कथाहरु भन्ने र कथा सम्झने र सम्झन लगाउने, शिक्षकले भनेका कुराहरु विद्यार्थी वा दर्शकहरुले सम्झने, सांस्कृतिक र धार्मिक कुराहरुलाई भन्ने र सम्झने, कुनै सूचनाहरुलाई बारम्बार भन्न लगाउने जसका कारण त्यो सूचना वा ज्ञानको अंशलाई निरन्तर सम्झन सकियोस् वा वाचन गर्न सकियोस् र मौखिक शिक्षा प्रणालीका कक्षाहरु प्रायः सञ्चालनमा रहेको इतिहास छ र पाइन्छ ।

तर विशेष प्रकारको कक्षा शिक्षण आधुनिक शिक्षणको एक विशेष अंग हो परापूर्व कालदेखि नै चलिआएको शिक्षा पद्धतिका अशंहरु र विविध आरोह, अवरोह र परिवर्तन गर्दै विभिन्न काल खण्डमा विभिन्न परिवर्तनहरुका माँझ आजको परिस्थितीमा आएको हो जुन अत्यन्त आधुनिक र फरक प्रकार र शैलीको छ । शुरुवाती चरणमा जे जसरी शिक्षाको अवधारणा विकास भयो त्यो अभ्यासको प्रयोग र रुपान्तरीत रुपबाट आजको डिजिटल शिक्षाको युग उत्पन्न हुन पुग्यो । जसमा कुनै न कुनै प्रकारको ए.आईको प्रयोग भएको छ र यसलाई विभिन्न रुप बाट व्याख्या र विश्लेषण गर्न सकिन्छ । आजको शिक्षा प्रणालीमा आएको परिवर्तन मूलत एक आधुनिक प्रविधिमा आश्रित शिक्षा प्रणाली हो तर पनि हामीले बुझ्न यो जरुरी छ कि, के हाम्रा स्कुलहरु वा शिक्षा प्रणाली साच्चै सुधारिएको हो त ?

के हाम्रा नानीबाबुहरुको सिकाईमा साच्चै समय सापेक्ष परिवर्तन आएको हो त ? वा आधुनिक शिक्षा प्रणालीमा हाम्रो समाज छिरेको हो त ? वा अबको नेपालले विश्वमा व्यवस्थामा शिक्षामा आएको परिवर्तनसंगै देशको मुहार फेर्ने गरि सिकाईमा परिवर्तन आएको हो या होइन ? यो विषय एक गम्भिर विषय र आम जनमानसले सोच्ने विषय हो । हामीलाई सामाजिक सञ्जालहरुले विभिन्न खाले भ्रमहरु पारेको पाइन्छ । अभिभावकहरुमा चेतनाको विकास गराइदियो सामाजिक सञ्जालले । शिक्षकहरुमा चेतनाको विकास गराइदियो सामाजिक सञ्जालले । सामाजिक, शैक्षिक अन्तरक्रियामा पनि अति नै विशेष भूमिकाका साथ अग्रसर बन्ने विद्यालयमा हुने विविध अन्तरक्रियात्मक सभा, बैठकहरुमा बोल्ने शक्तिको विकास भयो अभिभावकहरुमा ।

शिक्षकहरुले कुनै एक विद्यालयले सामाजिक सञ्जालमा राखेका विविध क्रियाकलापहरु देखेर कपि गरि त्यसलाई हुबहु सार्ने वा त्यो प्रकारको क्षणिक वाताबरण भएको नक्कल गर्न सक्ने भए गरिएका छन् र गराइदै छ तर के शिक्षा र शिष्यमा गुणात्मक परिवर्तन आएको छ त ? छ भने के कति र कसरी भन्ने कुराहरुको मापन कसरी भएको छ । अधिकांश विद्यार्थीहरु ले दिन कक्षाकोठामा बिताउँछन् र उनीहरुको समय कुराकानीमा वित्दछ भने कुराकानीको विषय प्रायः अनलाइन गेम खेल्ने र सामाजिक सञ्जालको हुने गर्दछ अझ कुनै नयाँ विषयमा विधार्थीहरुलाई सहभागी गराई कुनै नयाँ भिडियो सामाजिक सञ्जालमा राखेको हुनुपर्छ विद्यार्थीका समय त्यो भन्दा अरुमा ध्यान नै जादैन् र कक्षामा मोबाइल नदिएर वा नलिएर के भो तर उनीहरुको दिमाग नै दिन भर मोबाइलमा नै हुन्छ वा अन्य कुनै डिजिटल साधनमा ।

यो परिस्थितिमा के विधार्थीले जीवनउपयोगी शिक्षा र सिपको विकास गरेको छ वा छैन त्यसको लेखाजोखा भएको छ वा छैन् र यदि छ भने त्यसको मुल्याङकन कसले कसरी र के आधारमा गरिरहेको छ ? अभिभावकले विद्यालयमा के सिक्यो सबै थाहा पाउदैनन् । शिक्षकले घरमा के गर्यो सबै थाहा पाउदैनन् र विद्यार्थीले घरमा अभिभावक ढाट्ने र विद्यालयमा शिक्षाका ढाट्ने प्रवत्ती हाबी छ । यी सबै प्रश्नहरुको जवाफ त खोजैला यहाँ एक जटिल शारिरिक तथा मानसिक तनाब र स्थिरताको कुरा गरौ जुन शिक्षक, विद्यार्थी, र विद्यालयहरुमा देखिन्छ वा कक्षा शिक्षणमा विभिन्न सामग्रीहरुको प्रयोगदेखि लिएर अन्य प्रकारका सामग्रीहरु निर्माण प्रक्रियालाई सामाजिक सञ्जालहरुमा देखाइएको छ वा आफु र आफ्नो विधालयको प्रचार प्रसार गरिएको छ त्यो केहि हद सम्म गलत छ र गलत पनि ।

अब मान्नुस् नेपालको कुन विद्यालयमा शिक्षकहरु सबैलाई विद्यालयमा २४ सै घण्टा राखिएको छ र कुन विद्यालय छ जहाँ कम्तीमा एउटा शिक्षकले कम्तीमा ५ वा ६ पिरियड भन्दा कम कक्षा शिक्षणका लागी समय विनियोजन गरि दैनिक कार्यतालिका निर्माण गरेको छ । अब मान्नुस् १० बजे विद्यालय खुल्छ र ४ बजे बन्द हुन्छ त्यो ६ घण्टाको अवधिमा जुन कक्षा शिक्षण भएको छ त्यो कार्य तालिकालाई हेर्दा र कुनै पनि नेपाल भित्रका विद्यालयहरुको चाहे सरकारी होस् वा निजि विद्यालयहरु वर्षमा कम्तीमा २१० देखि २४० दिनको लागि भनेर पाठ्यक्रम निर्धारण गरेको होइन् र यदि हो भने शिक्षकले कक्षा शिक्षणमा बिताउने समयको हिसाब गरौ ।

यदि एक परियड ४० देखि ४५ मिनेटको हो भने त्यो सामाजिक सञ्जालमा दिइने कुनै एक सामग्रीका लागी कम्तीमा सामग्री निर्माणमा ६ देखि ८ घण्टाको समय लाग्दछ कुनै एक पिरियडको तयारीका लागि यदि त्यही ४० देखि ४५ मिनेटको समय मात्र उपयोग गर्ने हो भने कुनै एउटा विशिष्ट कक्षा सञ्चालनको सामग्री निर्माणका लागि एक हप्ताको समय विनियोजन गर्न जरुरी छ यो मेरो अनुभव हो यहाँ अव एक पिरियड विशेष पढाउनका लागी हामी एक हप्ताको समय वा एक दिनको समय लगाएका छौ भने मान्नुस् के त्यो एक हप्ता वा एक परियडको समय अवधिमा जति सिकाइहुनु पर्ने हो त्यो सिकाइ वा त्यो पाठ्यक्रमले तोकेका कुराहरु वा त्यो अनुसारको परिवर्तन विद्यार्थीमा आयो वा त्यो एक पिरियडले सबै विषयवस्तुलाई समेट्यो त्यो मुल्याङ्कनको अर्को पाटो हो विशेष गरि अहिले सामाजिक सञ्जालमा देखाइएको विभिन्न सामग्रीको सहि सदुपयोग गर्न जान्नु वा नयाँ सिक्ने सिकाउने वाताबरण तयार हुनु स्वभाविक हो तर पनि तपाईले जब कुनै एक परियडमा परियोजनात्मक कार्य गर्नुहुन्छ त्यो समयमा विद्यार्थी कुन, के कसरी र केका लागी सहभागी भयो भन्ने कुरा त उद्देश्यका साथ गर्नु हुन्छ तर यो कुराको हेक्का राख्नुस् तपाईले गरेको क्रियाकलापले जुन विद्यार्थी कमजोर छ वा सिकाईप्रति लगाब छैन त्यसको अवधारणा मनोविज्ञान र सिकाई प्रतिको मोह परिवर्तनका लागी गरिएका क्रियाकलाप होइन र तपाइले गर्न खोजेको ।

अव फेरी मान्नुस् तपाईले कुनै एक परियोजनात्मक कार्य बनाएर सामाजिक सञ्जालमा राख्नुभयो वा तयार गर्दै हुनुहुन्छ त्यसमा जति विद्यार्थीहरुले भाग लिन्छन् ति प्राय जान्ने नै हुन्छन् नजान्ने या त लाजले पर बस्छ वा उ संग आफ्नो भावना भन्ने सक्ने आत्मविश्वासको कमि हुन्छ वा फेरी काम बिग्रने वा शिक्षकको गाली वा मनोबल तल पार्ने बोली र व्यवहार का कारण पछि पर्छ वा साथीभाईहरुले जिस्काउने र केटा हो भने केटीहरुले र केटी हो भने केटाहरुले लैगिक विभेद पूर्ण शब्दहरुको प्रयोग गर्ने डर वा त्यो प्रकारको मनोभावना का कारण सिकाइमा पछि पर्दछ । तपाइले जति समय त्यो परियोजनात्मक कार्य बनाएर सञ्जालमा राख्नु भयो र त्यो अरुले हेरेर भन्दा तपाई आफैले हेरेर र आफ्ना साथीहरु लाई आफुले गरेको काम भनेर भन्दा र देखाउदा त्यो कामको भ्यु बढि हुन्छ यसको अर्थ अत्यधिक समय तपाई सामाजिक सञ्जालमा बिताउनुहुन्छ मान्नुस यो कुरा लेख्दै गर्दा कसैको पेशागत आधार, सर्मपण र निष्ठामा र पेशामा कुनै आरोप प्रत्यारोप गर्न खोजेको होइन् तर पनि बास्तविकता यहि हो ।

तपाई मान्नुस यदि कुनै एक परियोजनात्मक कार्यका लागी तपाई एक हप्तामा एक विषयका लागी २ परियडको समय लिनुस् यानकी २१० वा माथी, ती दिनहरुको तीन भागको एक भाग भनेको झण्डै ७० दिनको समय अवधि हो र तपाईले कक्षा शिक्षणमा अन्य अवस्थाहरुलाई छोडेर १४० दिन मात्र पढाउनु भो भने तपाईले एउटा किताबको तीन भागको एक भाग मात्र पढाउनु भो र यो क्रम हरेक विषयमा उही नै रह्यो भने सबै पाठ्य पुस्तकको के विधार्थीले वर्षको अन्तिम सम्म हासिल गर्नु पर्ने कुरा, ज्ञान, व्यवहार, सिद्धान्तहरु सबै हाँसिल गरेको छ त ?

मापन हामी परिक्षाको नतिजामा गर्छौ विधालयका आन्तरिक परिक्षाहरुमा नम्वर थप्छौ र अभिभावक लाई चुस्त दुरुस्त र खुसी पार्छौ । आन्तरिक परीक्षामा के कस्ता प्रश्न आउछन् भन्ने विद्यार्थीलाई पहिलै महत्वपूर्ण भनेर नोट बनाउछौ र घोक्न लगाउछौ अनि विधार्थीको उच्च मुल्याङकन गरेर “आहा ! कति राम्रो” को रिजल्ट तयार गर्छौ । (सबै विद्यालयहरुको खण्डमा यो लागु नहुन सक्छ) शिक्षकहरुले पनि सोही अनुसारको शिक्षण गरेको पाइन्छ कुनै एक पाठको शिक्षण पछि त्यो पाठमा भएका तिन चार ओटा प्रश्नहरुलाई धोकाउने अनि परिक्षामा त्यहि प्रश्नपत्रमा समावेश गर्ने र मुल्याङकन गर्ने, (सबै शिक्षकहरुको खण्डमा यो लागु नहुन सक्छ) यो हाम्रो शिक्षाको परम्परा हो र भएको छ ।

अब फेरी मान्नुस् तपाईको विद्यार्थीले वा बाबुनानीले अन्नत दिने त बि.एल.ई नै हो या एस.ई.ई नै हो र एस.एल.सी. नै हो त्यहाँ प्रश्न पत्र व्यवहारिक भन्दा पनि सैद्धान्तिक नै बढी छन् । खुट्टाले फुटबल खेलेर र फुटबलका नियमहरु सबै दिमागमा राखे पनि परीक्षामा लेख्ने त कापी मै हो र लेखे अनुसारको नम्बर मात्र दिन मिल्ने हो । ल अझ मान्नुस् तपाईको विद्यार्थी वा नानीबाबुले विद्यालय सिकेका विविध क्रियाकलापहरुको मुल्याङकन विद्यालयमा गर्दा पो तपाईको चित्त बुझ्छ तर बि.एल.ई, एस.ई.ई, र एस.एल.सी.परीक्षामा एन.जी आउँदा तपाईलाई चित्त बुझ्छ वा मन पर्छ ? के परीक्षामा सामाजिक सञ्जालमा तपाईको पोष्टमा कति लाइक,र कमेन्ट आयो भनेर प्रश्न गरिन्छ वा अन्य ।

मलाई अचम्म लागेको अनुभव कक्षा ८ वा १० वा १२ मा अध्ययन गर्ने कुनै एक विद्यार्थीले पहिलो र दोस्रो त्रैमासिक परीक्षामा ए र बी प्लस लिएर पास भएको हुन्छ राम्रो ग्रेड आउँछ तर अन्तिम परीक्षामा जहाँ उसले नदेखेको प्रश्नपत्र हुन्छ त्यहाँ फेल हुन्छ । यसको अर्थ कि त विद्यालयको पठनपाठनमा त्रुटि छ वा परीक्षा प्रणालीमा त्रुटि छ वा माथीको प्रसंगसंग मेल खान्छ वा विद्यार्थी परीक्षामा मापदण्डको पालन गरेको छैन वा गराइएको छैन् भने यहि अवस्थामा प्रश्न विद्यार्थीलाई सोध्दा नपढेको प्रश्न आएछ भन्छन् । शिक्षकलाई सोध्दा पढाएको भन्छन् विद्यालय प्रशासन लाई सोझ्दा परिक्षामा आतिएछ, डराएछ, बिगा¥यो भन्छन् तर विद्यार्थीको भविष्य माथी चाई खेलवाड गरिएको छ र यो त सोझो बुझाई हो ।

अब फेरी माथीको प्रसंगमा जाऔं । कोर्स पुरा भएको छैन् । सिमित कुराहरु मात्र सिकेको छ । र सिमित प्रश्नको उत्तर लेख्न सक्छ अनि त्यो प्रश्न परीक्षामा आएन भने पास कसरी हुन्छ त विद्यार्थी । अब मान्नुस् सामाजिक सञ्जालमा देखाइने शिक्षाका सामग्रीमा कसले तपाईको बच्चाको मनोविज्ञान पढेर सामाग्री बनाएको छ । सबै भन्दा गाह्रो विषयमा कसले सामग्री बनाएको छ ? अहिलेसम्म देख्नु भाछ कसैले सापक्षेतावादी सिद्धान्तमा भिडियो बनाएको ? वा विद्युत र मोटर सम्बन्धि बनाएको यदि छ भने एकाद विषय वा अपबाद होलान् । हो शिक्षामा चौतर्फी विकास हुन जरुरी छ तर प्रश्न त एस.ई.ई मा गणितको प्रश्नमा फुटबल र डान्सको त आउँदैन होला ।

अनि मान्नुस् कति जना मेस्सी छन् र बन्छन् विश्वमा त्यो पनि नेपालबाट अनि देश ताक्ने अमेरिका नेपाली नाच सिकेर अमेरिकामा वा अँग्रे्रजी नृत्यकार त भइँदैन होला र नेपालको जनसंख्या र बजारको आकार नै कत्रो छ जहाँ तपाई लगानीमा फेल भए पनि घाटामा नजानुस् वा बिना आर्थिक स्रोत र साधन जीवन चल्न सकोस् त्यसकारण पनि हाम्रा विद्यार्थीहरुले राम्रो अंकका साथ पास गर्न सकेका छैनन् र आधुनिक प्रणालीमा त्यो मुल्याङ्कनको पाटो लाई समावेश गरिएको छैन् । अर्को विद्यालयहरुमा असल सिकाइको वाताबरणको निर्माण हुन सकेको छैन् किनभने कक्षा भित्र तपाई मोबाइल फोन लैजान दिनुहुन्छ भने सोच्नुस तपाईको सि.सि टिभी ले पनि केही गर्न सक्दैन् कुन चाँही शिक्षक छ जसले सामाजिक सञ्जाल नहेरी विद्यार्थीको भविष्य हेर्छ ।

आफ्नो सामाजिक सञ्जालको पेजका लाइक कमेन्ट र शेयरको नम्बर सम्झन र गौरव गरि मनोभाव कल्पित छाडेर किताबका पेजको नम्बर याद गर्छ साच्ची नै भन्नु पर्दा शिक्षकहरुलाई आज पढाएको पाठको पेज नम्बर भोली कहाँबाट पढाउने भन्ने याद नै हुँदैन र वास्तविकता यहि हो (सबै शिक्षक र विद्यालयहरुको खण्डमा यो लागु नहुन सक्छ) । तर कुन पोष्टमा कति लाइक आयो र कमेन्ट शेयर कति भन्ने पक्का याद हुन्छ । र यदि कोहि किताबको पेज नम्बर याद गर्नेछ भने त्यो शिक्षक महान् हो र त्यो शिक्षक पाउने स्कुल पनि उत्तम परिणामको भागीदार हुन्छ । फेरी अर्को पाटो बाट हेरौ तपाई कति वर्ष हुनु भो ? तपाइको शारिरीक अवस्था कस्तो छ ? तपाईको सामाजिक आचरण कस्तो छ ?

तपाईका धार्मिक क्रियाकलाप र सांस्कृतिक क्रियाकलाप कस्ता छन् पनि त हुन नि कक्षा शिक्षणमा प्रभाव पार्ने तत्वहरु । कुन चाँही शिक्षक बिहान ७ बजे बाट बेलुका ७ बजे सम्म वस्न सक्छ स्कुलमा उसका पनि व्यक्तिगत, सामाजिक, पारिवारिक, आर्थिक क्रियाकलापहरु छन् । जिम्मेवारीका कुराहरु छन् तर अहिलेको अवस्थामा सामाजिक सञ्जालहरुले देखाएका केहि सत्य तर धैरै नाटकिय सामग्रीहरुमा दीर्घकालिनता छैन् र त्यस्तो गर्न खोज्नु नराम्रो होइन् तर गर्नका लागी हामीले कि त शिक्षा लाई पूर्ण व्यवहारिक जसमा सैद्धान्तिक लेखनलाई नराख्ने वा प्रश्नपत्र नै नबनाई मुल्याङकन गर्ने बनाउन जरुरी छ जसमा लेख्न नपरोस् र मौखिक मात्र परिक्षा उत्तिणको आधार बनोस् र शिक्षकले अधिक समय खोज र निर्माणमा बिताओस् र ६ घण्टाको अवधिमा मात्र २ वा ३ पिरियड पढाओस् त्यसको मुल्याङकन त्यही अनुसार गरियोस् नत्र वैकल्पिक माध्यमको खोजी गरियोस् । यो मेरो अनुभव बाट मात्र हो ।

अब फेरी तपाईको नानीबाबुहरुको लेखाइको कुरा गरौँ । के तपाई र मेरो लेखाईको स्तर एउटै छ । पक्का पनि छैन् । र एउटा स्कुलमा पढाउने सबै शिक्षकहरुको हस्तलेखन एउटै छ त पक्का पनि छैन् । भने यहि कारण तपाईको विधार्थी हस्तलेखनमा राम्रो छैन । किनकी एक दिनमा मान्नुस सात पिरियड पढाई हुन्छ र विद्यार्थीले सात फरक प्रकारका हस्तलेखन देख्छ अनि मेसो नै पाउदैन कुन हस्तलेखनको कपि राम्रो हो भन्ने त्यसकारण पनि यो डिजिटल युग हो भने पढाई, लेखाई, सिकाई, बोलाई, गराई लगायतका क्रियाकलापहरु गृहकार्य, परीक्षा र मुल्याङकन् सबैलाई डिजिटल बनाऔँ ।

सबैलाई डिजिटल कसरी भन्ने अर्को हप्ताको बुधबारको अंकमा निरन्तर प्रकाशन गरिने छ…………. ।
जय शिक्षक । जय शिक्षा ।।

Facebook: L.B. Red

(Lal Bahadur Nepali)

Mail: lbn445@gmail.com

टिप्पणीहरू (२)

टिप्पणी गर्नुहोस्

तपाईँको इमेल सार्वजनिक हुने छैन।आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

  1. Jit sunar बिहिबार, भदौ १९, २०८२ मा ०४:१९ बिहान बजे

    सचेतना फैलाउने प्रयास सराहनीय छ।”
    • “लेखमा धेरै तथ्य र अनुभव समेटिएका छन्, पढ्दा स्पष्ट हुन्छ।”

    उत्तर दिनुहोस्

U

सम्बन्धित खबर