बागलुङ :
१५ औं सताब्दीदेखि चल्दै आएको ऐतिहासिक तीजी मेला लाई यो बर्ष पनि निरन्तरता दिने कार्यक्रम अनुसार बागलुङ नगरपालिका वडा नम्बर ५ मालिकामा अवस्थित प्रसिद्ध धार्मिक गन्तव्य मालिका भगवती मन्दिर परिसरमा नेपाली हिन्दु नारीहरूको महान पर्व हरितालीका तीजको अवसरमा तीजी मेला हुने भएको छ ।
मालिका भगवती मन्दिर ब्यवस्थापन समितिको संयोजनमा बागलुङ नगरपालिका वडा नम्बर ५,६,र ७ को संगम स्थल मालिकामा यहीँ भदौ ८ देखी १२ गतेसम्म विभिन्न कार्यक्रम गरी तीजी मेला आयोजना गरिएको मन्दिर परिसरमा आयोजीत पत्रकार सम्मेलनमा मालिका भगवती मन्दिर ब्यवस्थापन समितिका महासचिव खिमराज सापकोटाले बताए । मेलालाइ भब्य र सभ्य रूपमा मनाउन भदौ १ गतेदेखि ८ गतेसम्म कथा बाचक शिव आचार्यबाट हरितालिका एबम ऋषि पन्चमी महिमा प्रवचन कार्यक्रम आयोजना गरिएको महासचिव सापकोटाले बताए ।
१५ औं सताव्दी चल्दै आएको ऐतिहासिक मेला सम्पन्न गर्न सबै स्थानीय एकजुट भएर लागि रहेको अहिले मन्दिर कलात्मक ढंगले पुनर्निर्माण भएपछिल्लो यशको महत्त्व बढेर गएको मालिका सेवा समाजका अध्यक्ष जीवननाथ शर्माले बताए । कार्यक्रममा बागलुङ नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष हरिप्रसाद शर्माले मन्दिर पुनर्निर्माण सम्पन्न भएको अब मन्दिर परिसर बाहिर वरिपरि स्थानीय ढुंगा बिच्छाउन वडा कार्यालय मार्फत सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए
भदौ १० गते विशिस्ट ब्याक्तित्वको साथमा रु ५ हजार र सो भन्दा माथी सहयोग प्रदान गर्ने निर्माणकर्ताहरुको सामुहिक सहभागीतामा दिव्य मन्दिरको उद्घाटन गर्ने कार्यक्रम रहेको सचिव सापकोटाले बताए । तीजको अबसरमा पन्च दिवसीय विभिन्न धार्मिक अनुष्ठानहरु रहने तीजी मेलातर्फ खुल्ला भलिबल प्रतियोगिता भलिबल खेलमा प्रथम हुने लाई एकलाख एघार हजार एक सय एघार को साथमा ट्रफी र प्रमाण पत्र दोस्रो हुने टिमलाई पचपन्न हजार पाँचसय पच्पन्न रहेका छ भने तेस्रो हुने टिमलाई पन्ध्र हजार पुरस्कारको ब्यवस्था गरिएको छ ।
पुरुष छेलो तर्फ प्रथम हुनेलाइ रु १५ हजार महिला छेलोतर्फ रु ५ हजार ५ सय ५५ रुपैया पुरस्कार रहेको आयोजनकले जनाएको छ । एकल नृत्य प्रतियोगिता तर्फ पहिलो दोस्रो तेस्रो हुने लाई लाई क्रमश ५ हजार ३ हजार र २ हजार पुरस्कारको ब्यवस्था गरिएको आयोजकले जनाएको छ । तीजको अवसरमा महिला दिदीबहिनीहरू बागलुङ मालिका मन्दिरमा पुगेर पुजा अर्चना गर्ने ब्रत बस्ने सुखदुःखका तीजको गीत नेपाली मौलीक संस्कृति अनुसार गाउने चलन अहिलेसम्म पनि कायमै रहेको छ ।
तिजी मेला र धार्मिक महोत्सवलाइ भब्य र सभ्य रूपमा मनाउन ५०१ सदस्य समिति गठन गरिएको छ ।ऐतिहासिक धार्मिक सांस्कृतिक रूपले महत्त्वपूर्ण रहेको मालिका भगवती मन्दिरको पुनर्निर्माण पछि यश क्षेत्रमा धार्मिक पर्यटक बढ्ने अपेक्षा गरिएको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष राम थापाले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
पत्रकार सम्मेलनमा मालिका भगवती मन्दिर ब्यवस्थापन समितिका महासचिव खिमराज सापकोटाको स्वागत बागलुङ नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष हरिप्रसाद शर्माको अध्यक्षता र मालीका सेवा समाजका अध्यक्ष जीवननाथ शर्माको संचालनमा सम्पन्न भएको थियो ।
टिप्पणी गर्नुहोस्