नारायण रिजाल
बागलुङ : बागलुङ बजारमा बसोबास गर्ने बालकृष्ण शर्मा पेशाले उनी व्यवसायी हुन । समय समयमा उनी आफ्नो नियमित कामबाट बाहिर निस्कन मनपराउँछन । आफ्नो नियमित कामसँगै विभिन्न पर्यटकिय स्थान घुम्न र ट्रयाकिङ गर्ने उनको रुची हो । उनलाई नयाँ नयाँ कुराको अनुभव लिनका लागि निकै मन लाग्छ । सानैदेखिको उनको एउटा रहर थियो घोडा चढ्ने र घुम्ने । शर्माले आफ्नो चाहना नेपालकै एक मात्र सिकार आरक्ष ढोरपाटन क्षेत्रमा पुगेर पुरा गरेका छन । घोडाको पिठ्यँुमै चढेर जब ढोरपाटनको खुला घाँसे मैदानमा पाइला टेकिन्छ, तब लाग्छ– प्रकृतिसँगको साँझा जीवन यही हो । बागलुङको ढोरपाटन नगरपालिकामा पर्ने यो दुर्लभ पर्यटकीय गन्तव्य घोडा चढ्न खोज्नेहरूका लागि पनि उपयुक्त बन्दै शर्मा बताउँछन ।
पछिल्लो समयमा ढोरपाटनमा घुम्ने र घोडा चढीमा रममाउने बालकृष्ण मात्र हैन अन्य आन्तरिक पर्यटकको पनि घुँईचो लाग्ने गरेको छ । समथर ढोरपाटन उपत्यका ठुलो क्षेत्रफलमा फैलिएको हुँदा यहाँ आउने पर्यटक घोडा चढेरै घुम्ने गरेका छन । यहाँ फुल्ने बुकी फूलको रंङ्गी विरङ्गी र घोडासँग रमाउने फोटा खिच्ने टिकटक बनाउने युवा युवती लस्करै देख्न सकिन्छ । बर्खा याम भए पनि ढोरपाटन क्षेत्रमा आन्तरिक तथा बाह्र पर्यटकहरुको आगमन बढ्दै गएको छ ।
आरक्षमा प्रत्येक वर्ष दुई सिजनमा सिकार हुने गर्दछन । सिकार खेल्नका लागि भने बाह्र पर्यटक हेलिकप्टर मार्फत नै पुग्ने गरेका छन । त्यहाँ पुगेपछि भने अधिकाशंले घोडा नै चढने र ढोरपाटन उपत्यका, ढोरबाराही मन्दिर घोडा नै सवार गरेर पुग्ने गरेको स्थानिय होमस्टे संचालक सिता बुढा मगर बताउँछिन् । बागलुङ, म्याग्दी र रुकुम जिल्लामा पर्ने सिकार आरक्ष करिब एक हजार तीन सय २५ वर्ग किमीमा फैलिएको छ ।
सो क्षेत्र घुम्नको लागी बागलुङ, पर्वत, म्याग्दी सहित पोखरा, काठमाडौँ, वुटवल, चितवन लगायतका ठाउँबाट आउने आन्तरिक पर्यटकको संख्या बढ्दै गएको छ । ‘पछिल्ला दुई वर्षमा पर्यटकको संख्या ह्वात्तै बढ्ेको छ । होटल तथा होमस्टे व्यवसाय पनि बढ्दै गएको छ बुढा मगरले भनिन–‘यो समयमा बुकी फूल फुल्ने भएका हुँदा बुकीसँगै घोडामा रमाउने पनि बढि नै हुन्छन यसका साथै माथिल्लो क्षेत्र जलजला बुकीपाट जाने पर्यटक पनि बढ्दै गएका छन’ यसले यहाँका होटल व्यवसाय पनि फष्टाएका छन ।
बुकी फूल सँगै घोडाचढी रमाउँदै
असारदेखि भदौ महिनासम्म यस क्षेत्रमा विभिन्न प्रजातीका वनफुल अर्थात बुकी फुल फुल्ने गर्छन । मंसिर पौषमा बाक्लो हिमपात हुने हुँदा कतिपय पर्यटकहरुले हिउँ खेल्नकै लागि आउने गर्छन । यहाँ आउने पर्यटक घोडा नचडी फकिएको पाईदैन । पर्यटकहरु घोडा चढेर उपत्यका घुम्ने र घोडा मार्फत नै बुकी पाटन जाने गरेको होटल व्यवसायी बुढा मगर बताउँछिन । ढोरपाटन क्षेत्र रमाईलो र घोडा चढ्र घुम्न पाईन्न भन्ने थाहा पाएरै यस क्षेत्रमा घुम्न आएको सुर्खेतबाट ढोरपाटन घुम्न आए सविन रोकाया बताउँछन ।
‘मुलुककै एक मात्र सिकार क्षेत्र रमाईलो छ भन्ने सुनेर घुम्न आईयो । पहिलो पटक आएको घोडा चढ्न पनि पाईयो, रोकाया भने,–‘निकै रमाईलो र फरक अनुभव गर्न पाईयो’ उपत्यकामा घोडामा घुमियो, फोटो खिचियो, टिकटक बनाईयो, ढोरबराह जलजला र बुकी पनि पुगीयो । यहाँ आउदा छुट्टै अनुभव हुने रहेछ । हामी ४ जनाको गु्रप आएका थियौं सबै क्षेत्र घुमेर फर्कियौं ।
स्थानीयको आम्दनीको स्रोत
ढोरपाटन उपत्यकमा घोडा दौडाउने, भिडियो खिच्ने, फोटो खिच्ने, र टिकटक बनाउने पर्यटकहरुको संख्या पनि धेरै रहेको छ । घोडा चढेर पर्यटकले मनोरञ्जन मात्र लिएका छैनन, स्थानिय केहि युवाको घोडा आम्दानीको मुख्य श्रोत पनि बनेको छ । यस क्षेत्रमा घोडा पालेर पर्यटकलाई घुमाए बापत पैसा लिने गरिन्छ । यसले स्थानिय युवाहरुलाई पनि आर्थिक आर्जनको पाटो भएको छ । बर्खा याम भए पनि यहाँको बुकी फूल हेर्नकै निम्ती शुक्रबार र शनिबारको दिन पारेर पर्यटकहरु धेरै मात्रामा आउने गरेको स्थानिय घोडा चालक युवा फाजिन्द्र विक बताउँछन ।
‘पर्यटकको मनोरञ्जन र घुमाउने प्रयोजनका लागि हामीले घोडा पालेका छौं । यहाँ आउने पर्यटक घोडा चढ्र जाने गर्दछन । ढोरपाटन आएर घोडा नचढी कोही पनि फर्कदैनन् वि.क.ले भने–‘ घोडा चढ्ने र फोटो मात्र खिचेको २५० देखी ५०० रुपैयाँ लिन्छौं, केही समय घोडामा नै डुल्ने गरेमा ७०० देखी १ हजार रुपैयाँ सम्म लिन्छौं । पर्यटकको बाक्लो उपस्थिति भएको बेला दैनिक ५ देखी ७ हजार सम्म कमाई हुने गरेको छ ।’
यसका साथै बुकीपाटन जानुपरेमा २ हजार देखी ३५ सम्म घोडामा सवार गर्न पाईने उनले बताए । ‘कहिले कमाई राम्रै हुन्छ, कहिले भने अलिकति कम पनि हुन्छ , कमाएको पैसाले घोडालाई दाना, भुस, धुटो लगायतका दानापानी खुवाउनु पर्छ केहि पैसा उतै जान्छ बचेको रकमले घर खर्च चलाउँछौं उनले विकले भने । घोडाका लागि दाना महंगो हुने हुँदा यसलाई पाल्नका लागि कठिनाई रहेको समेत उनले बताए ।
बुर्तिबाङ बजारबाट दुई घण्टाको यात्रा
रुकुम पूर्व, म्याग्दी र बागलुङ गरी तीन जिल्लाको एक हजार तीन सय २५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको ढोरपाटन आरक्षको मुख्य कार्यालय बागलुङको ढोरपाटन नगरपालिका– ९ मा छ । पोखराबाट मध्यपहाडी लोकमार्ग पछ्याउँदै बस, गाडी वा बाइकमा बागलुङ सदरमुकाम हुँदै झन्डै चार घन्टामा बुर्तिबाङ पुगिन्छ । बुर्तिबाङबाट लोकमार्गलाई छाडेर अधिकारीचौर, बोबाङ हुँदै ३६ किलोमिटर कच्ची सडकमा जिप, बाइक वा बसमार्फत झण्डै दुई घन्टाको यात्रा बाट ढोरपाटन पुग्न सकिन्छ । पोखराबाट विभिन्न ट्राभल्स एजेन्सीले पनि प्याकेजमा नै ढोरपाटन लैजाने गर्दछन ।
टिप्पणीहरू (३)
Who doesnt love free bonuses? jiliacefreebonus is a good site for that sort of thing, they are legit. Check it jiliacefreebonus
Just tried Winjili and I gotta say, not bad! Lots of games to choose from and a decent user experience. Might be your new fav! Check it out winjili
Anyone else having trouble finding the yolo247 app download? This link worked for me, sharing the love! Get it here: yolo247 app download