शिक्षा बिना सभ्यताको विकास हुन सक्दैन त्यसकारण पनि शिक्षाको परिर्वतनलाई आत्मसात गर्न नसक्नु वा त्यो परिवर्तनको भुमिकालाई रोक्नु भनेको सूर्यलाई हातले छेक्न खोज्नु जस्तै हो भन्ने अहिलेको नेपाली समाज, संस्कृति, राजनीति, जीवनशैली, र समय अनुरुप आएको परिवर्तनले देखाएको छ भने शिक्षाको क्षेत्रमा पनि समय सापेक्ष परिर्वतन गर्न जरुरी देखिन्छ । मलाई लाग्छ केहि समय पहिला नेपालका विभिन्न जिल्लाहरुमा डिजिटल शिक्षाको शुरुवात भएको थियो तर त्यो त्यती दीर्घकालिन हुन सकेन कारण हरु विविध होलान् तर मूलकुरा भनेको हाम्रो सामाजिक प्रणाली त्यो अनुरुप परिर्वतन नभएको अवस्था थियो जुन समाज कृषि प्रणालीमा आधारित छ त्यो समाजमा विश्वमा आएको परिवर्तनलाई समय सापेक्ष परिवर्तन गर्न वा त्यो अनुसारको बातावरण निर्माण गर्न गाह्रो हुन्छ ।
त्यो समाज लाई परिवर्तन गर्नका लागी केही आधारभुत तत्वहरुमा विकास वा परिवर्तन गर्न जरुरी छ जस्तै अहिलेको अवस्थामा शिक्षा लाई डिजिटल गर्न सकिन्छ केही पूर्वाधार विकास नभएका क्षेत्रहरु व जिल्लाहरुमा बाहेक । तर विगत १८ वर्ष निरन्तर डिजिटल क्षेत्रमा काम गर्दा विभिन्न अनुभवका आधारमा कक्षा शिक्षणलाई डिजिटल परिवर्तन गर्न सकिने सारमा म पुगेको हो तर त्यसका लागि डिजिटल जनशक्ति उत्पादनमा जोड दिनु जरुरी छ तर अझै पनि यो कुरा हरु लागु गर्न आउने समस्याहरुलाई ढोरपाटन मूलकुरामा पहिले नै प्रकाशित गरिएको छ र यो प्रकाशनमा समाधानका उपायहरुलाई निम्न अनुसार वर्गिकरण गरि अध्ययन गर्न सकिन्छ ।
विद्यालय भवन र कक्षाकोठाको भैतिक संरचना र सामाग्री र व्यवस्थापनः
क. विधालय भवन खुला चौरमा हुनुपर्ने र शान्त बातावरणमा हुनु पर्ने ।
ख. विद्यालय भवन सकेसम्म एक तला वा दुई तलाको मात्र हुनु पर्ने ।
ग. विद्यालय भवन भुकम्प प्रतिराधात्मक ढाचाँमा निर्माण गरिएको हुनु पर्ने ।
घ. विद्यालय भवनमा आवत जावत गर्ने बाटाहरु खुल्ला र सवारी साधन को ध्वनि र चाप बाट मुक्त हुनुपर्ने ।
ङ. प्रत्येक कक्षाकोठामा दुई ओटा ढोकाहरु र चार वटा झ्यालहरु हुनुपर्ने र ढोकाहरु र झ्यालहरुमा वायु अवरोधक वस्तुहरु हुनु नहुने ।
च. विद्यालयको र कक्षाकोठाको रंग निलो, हरियो, पहेलो (सिकाईलाई प्रभाव पार्नका लागी विद्युत खपतको असरका लागी) वा अफ ह्वाइट हुनुपर्ने ।
छ. विद्युतिय तारको सेटिङ इन्नरवालमा सेट गरेको हुनुपर्ने ।
ज. प्रत्येक कक्षामा लान केवलको व्यवस्था हुनु पर्ने र यो पनि इन्नरवालमा सेटिङ गरिएको हुनु पर्ने ।
झ. प्रत्येक कक्षामा लाइब्रेरी कर्नर जसमा शिक्षणहुने विभिन्न पब्लीकेसनका किताबहरु, व्याकरण, शब्दकोश, कथाहर उपन्यास, विभिन्न कलरहरु, विभिन्न कलर र साइजका पेपरहरु, खेलकुदका सामाग्रीहरु कला र साहित्यका बस्तुहरु, संगितका साधनहरु, स्थानिय कला र संस्कृतिका वस्तुहरु लगायतका सामानहरुको व्यवस्था गरि विद्यार्थीहरुलाई व्यवस्थापनको जिम्मा लगाउनु पर्ने उचित प्रयोगको बारेमा सिकाउनु पर्ने । समय अनुसार परिर्माजन, सरसफाई र रेखदेख गर्ने गराउने ।
ञ. प्रत्येक कक्षामा अति आवश्यक अध्ययन अध्यापनका सामाग्रीहरुका लागी कर्नर को व्यवस्था हुनुपर्ने जसमा हानीकारक रसायनहरु लाई समावेश नगर्ने ।
ट. प्रत्येक कक्षामा इर्मजेन्सी प्राथमिक उपचारका सामाग्रीहरुको व्यवस्था हुनु पर्ने र विधार्थी र शिक्षकहरुलाई सोहि अनुरुप सामान्य तालीम उपलब्ध गराउनु पर्ने र उक्त उपचार सामाग्रीको लिस्ट पनि राखिनु पर्ने ताकी समयमा म्याद नाघेका औषधीहरुको विर्सजन गरि नयाँ औषधीको व्यवस्था गर्न बानीको विकास होस् ।
ठ. प्रत्येक ३० जना विद्यार्थीका लागी कम्तीमा ५०० देखी ७०० स्क्वायर फुटको कक्षा कोठाको व्यवस्था हुनुपर्ने ।
ड. प्रत्येक कक्षाकोठामा सुचना पाटीको व्यवस्था हुनुपर्ने ।
ढ. प्रत्येक कक्षाकोठामा स्वच्छ पिउने पानीको व्यवस्था हुनुपर्ने ।
ण. पानीको प्रयोग बारे आचार संहिताको व्यवस्था गर्ने र पालना गर्न लगाउने ।
त. प्रत्येक कक्षाकोठामा डिजिटल आचार संहिताको सुचना र डिजिटल प्रयोगका विधिहरु लाई सुचना पाटीमा लगाउने ।
थ. प्रत्येक कक्षामा विषय अनुसारको परियोजना कार्यका लागी स्थानहरु विभाजन गर्ने र सोहि अनुरुप विभिन्न कार्यकलापका सामाग्रीहरु टाँस्न लगाउने । पुराना सामाग्रीहरुलाई व्यवस्थापन गरि सुरक्षित राख्ने अनि कमजोर विद्यार्थीहरुलाई पुनःअध्ययनका लागी सामाग्री उपलब्ध गराउने ।
द. प्रत्येक कक्षामा एक कम्प्युटर र स्मार्ट बोर्डको व्यवस्था गर्ने र प्रत्येक किताबहरु वा विषय शिक्षकलाई आवश्यक पर्ने सफटवेर, एप र अन्य फाइलहरु उपलब्ध गराउने अनि यो संग लाग्ने अन्य सामाग्रीहरु पनि उपलब्ध गराउने ।
ध. प्रत्येक कक्षामा सामान्य टुलकिटको व्यवस्था गरिनु पर्ने वा सबैका लागी एक भैतिक प्रयोगशालाको व्यवस्था हुनुपर्ने जसमा विभिन्न बस्तुहरुको डिजाइन गर्न विद्यार्थी वा शिक्षकलाई सहज होस् ।
न. प्रत्येक फ्लोरमा कलर प्रिन्टरको व्यवस्था गरिनु पर्ने र विद्यार्थीहरु र शिक्षकहरुलाई सोही अनुसारको तालीम उपलब्ध गराउनु पर्ने ।
प. अन्य सामाग्रीहरु आवश्कता अनुरुप राख्ने र मिलाउने ।
फ.प्रत्येक कक्षाकोठामा फोहोर व्यवस्थापनका लागी बातावरण मैत्री कुडादानीको व्यवस्था गर्ने र सोहि अनुरुप विद्यालय बाहिर गर्न लगाउने ।
ब.प्रत्येक कक्षामा सामान्य तर प्रति विद्यार्थी एक डेस्कको व्यवस्था हुनु पर्ने ताकी लेख्न पढ्न वा अन्य क्रियाकलापमा अरुकसैले व्याधा उत्पन्न नगरोस् । र विद्यार्थीलाई आफैमा निर्भर भई सिक्ने बातावरण र बानीको विकास गर्न सकियोस् ।
भ. प्रत्येक कक्षामा सिसिटिभिको व्यवस्था गर्ने जसको मनिटरिङ विद्यालय प्रशासनले गर्ने ।
म. कक्षाकोठा स्थान, हावापानी, मौसम, र बातावरण अनुसार विद्युत, पंखा, ए.सी.को व्यवस्था गर्ने ।
व. विद्यालयमा प्रसश्त खेल्ने चौरको व्यवस्था गर्ने ।
र अन्य ।
कक्षाकोठामा विद्यार्थी र शिक्षकले पालना गर्नु पर्ने आचारसंहिताः
शिक्षकका लागीः
क. कक्षाकोठामा फोहोर व्यवस्थापनमा अधिक ध्यान दिने ।
ख. तरल पदार्थहरुलाई डिजिटल प्रणालीबाट टाढा राख्ने ।
ग. कुनै पनि प्रकारको खाना खानाका लागी कक्षाकोठामा अनुमति नदिने र सोही अनुसारको व्यवस्था मिलाउने ।
घ. निर्दिष्ट काम र प्रयोजनका लागी मात्र काम गर्ने गराउने ।
ङ. गृहकार्य लाई कम प्रोत्साहन गर्ने । र सकभर परियोजनात्मक कार्यमा ध्यान दिने ।
च. नियमित सिकाईको लेखाजोखाका लागी साप्ताहिक तालिका निर्माण गर्ने ।
छ. हप्तामा चार दिन पढाई १ दिन परियोजनात्मक कार्यकलाप र १ दिन मुल्याङकन् गर्ने ।
ज. मुल्याङकनका आधारमा कक्षामा विधार्थीहरु लाई समुहमा विभाजन गर्ने र सोही अनुसार कार्यविभाजन गर्ने ।
झ. प्रत्येक पटकको मुल्याङकनलाई ग्रेडिङ गर्ने अनि प्रगतिको विवरण सहि र वास्तिवक निकाल्ने ।
ञ. अभिभावकसंग निरन्तर सम्र्पकमा रहने र विधार्थीका अतिरिक्त क्रियाकलापहरुको निरिक्षण र मुल्याङकन् एकान्त वा एक्लो अवस्थामा गर्ने । ताकि उसका क्रियाकलापहरुमा मनोवैज्ञानिक असर नपरोस् ।
च. विद्यार्थीहरु लाई प्रश्न सोध्दा वा काम गर्न लगाउदा सधै डाइभर्ट गरिदिने र प्रश्न वा काममा फेरी फर्काउने ताकि उसमा सम्झने वा स्मरण गर्ने बानीको विकास होस् ।
छ. विद्यार्थीको स्तर अनुसार कपि पेस्टको उत्तरलाई कहिलै पनि ग्रेडिङ गर्ने जसले विद्यार्थीमा नकरात्मक उत्पेरणाको काम गरोस् ।
ज. जस्तो सुकै अवस्थामा पनि विद्यार्थी संग शारिरिक थकावट भएको वा काम गर्न आलस्य लागेको अवस्था नदेखाउने ।
झ. गलत भाषा, मनोवल कम गराउने शब्द, जात जाती जनाउने शब्द, वा कुनै एक विधार्थी लाई अर्कोको सामाजिक शैक्षिक स्तर संग तुलना नगर्ने ।
ञ. कमजोर विद्यार्थी र जान्ने विद्यार्थीका अभिभावक संग एक साथ विद्यार्थीका बारेमा कुराकानी नगर्ने । जसले कमजोर विद्यार्थीको अभिभावकले विद्यार्थीमा अनावश्यक दवाब उत्पन्न गर्न सक्छन् र विद्यार्थीमा नकरात्मक तत्वहरु हाबी हुन सक्छन् ।
ट. कक्षा शिक्षणमा कमजोर विद्यार्थीलाइ विशेष प्राथमिकता दिने र उसको मनोभावलाई व्यतm गर्न लगाउने । उसका कुराहरुलाई सकारात्मक पक्षबाट प्रस्तुत गरिदिने ।
ठ. भाषिक कठिनाइलाई हटाउन सहजीकरण गरिदिने ।
ड. विद्यार्थीहरुमा सामुहिक भावनाको विकास गराइदिने ।
ढ. विधार्थीहरुलाई विभिन्न अप्ठारा स्थितिहरुको सिर्जना गरि सहजीकरणका उपायहरु बताइदिने जसले परिक्षामा आत्मविश्वास बृद्धि गरोस् । र अन्य ।
विद्यार्थीका लागिः
क. प्रत्येक क्रियाकलापमा आत्मानिर्भर वन्ने ।
ख. नजान्ने साथीलाई सहयोग गर्न दिने तर कपि गर्न नदिने ।
ग. आफुले जानेको कुरालाइ पनि साथीलाई किताव वा डिजिटल प्रणालीमा खोज्न लगाउने वा सहयोग गर्ने ।
घ. कक्षाकोठामा बस्दा कहिले पनि लैङ्गिक, जातिय, धार्मिक, रङ्ग भेद वा अन्य प्रकारका भेदभाव नगर्ने ।
ङ. कमजोर साथीलाई कहिलै पनि अवशब्द वा हिनताबोध हुने शब्द प्रयोग नगर्ने ।
च. मिल्ने साथी वा मनपर्ने शिक्षक संग मनका कुरा स्पष्ट राख्ने र समस्या हो भने तार्किक र विवेकपूर्ण समाधानमा लाग्ने ।
छ. संगै बसेको साथीलाई कक्षा शिक्षणका बेला नबोलाउने वा त्यो प्रकारको बानी नगर्ने ।
ज. शिक्षा सबैको अधिकार हो भन्ने कुरा मनन गर्ने र साथीलाई पनि मनन् गर्ने बातावरण तयार गर्ने ।
झ. सबैले सबैको आत्मसम्मानमा ध्यान दिनुपर्छ भन्ने कुरा मनन् गर्ने ।
ञ. बाल अधिकार सबैमा बराबरी लागु हुन्छ र सबैका अधिकार एकै प्रकारका हुन भन्ने कुराको मनन् गर्ने ।
ट. अधिकारको प्रयोगका साथमा कर्तव्य पनि छ भन्ने मनन गर्ने ।
ठ. झगडा गर्नु वा भैतिक क्षति पुर्याउनु समस्याको समाधान होइन् भन्ने मनन गर्नु ।
ड. भाषागत शैलिमा निरन्तर शिष्ट भाषातिर परिवर्तन गर्नु ।
ढ. आफु संग भएको क्षमतालाई विशिष्ट रुपमा प्रर्दशन गर्ने र आफुमा आत्मविश्वास छ भन्ने कुरमा विश्वास गर्ने ।
ण. मिलनसार बानी व्यवहारको निरन्तर विकास गर्ने र अति कठिन अवस्थामा पनि साथीहरु संग सहज अवस्थाको विकल्प खोज्ने ।
त. निरन्तर खोज र अध्ययनको बानीको विकास गर्ने र साथी संग सहकार्य गर्ने ।
थ. हरेक उत्तरको पछाडी किन र कसरी जस्ता पुच्छ्रे प्रश्नहरु राख्ने र उत्तर खोज्न वा सोध्न लाग्ने ।
द. आफ्नो जिम्मेवारीको कामलाई समयमै पूरा गर्ने ।
ध. कक्षाकोठाको सरसफाईमा विशेष ध्यान दिने र साथीलाई पनि सहयोग गर्ने ।
न. व्यक्तिगत सरसफाईमा विशेष ध्यान दिने । र साथीहरु संग वा अन्य व्यक्तिहरु संग सिधा प्रस्वास सम्र्पकमा नआउने जस्ता बानीहरुको विकास गर्ने ।
प. शिक्षकहरु संग बाट निरन्तर आफ्नो प्रगति विवरण लिने र अभिभावकलाई जानकारी गराउने ।
फ. हरेक दिन गरेका क्रियाकलापलाई नोट कपिमा वा डायरीमा टिपि आत्मा मुल्याङकन गर्ने र विशेष काम हरु वा विषयको नोट गर्ने ।
डिजिटल शिक्षणका तरिकाहरु र डिजिटल प्रणालीको व्यवस्थापनः
समस्या समाधानका उपायहरुः
डजिटल शिक्षणका तरिकाहरु र डिजिटल प्रणालीको व्यवस्थापन अनि समस्या र समाधानका उपायहरु अर्को अंकमा निरन्तर प्रकाशन गरिने छ…….. ।
धन्यवाद ।
जय शिक्षक । जय शिक्षा ।।
Facebook: L.B. Red/Space Online Academy
Mail: lbn445@gmail.com
टिप्पणी गर्नुहोस्