Friday, October 17, 2025
शुक्रबार, अशोज ३१, २०८२

E-paper

‘राष्ट्रियता र संविधानको रक्षाका लागि राजनीतिक सहकार्य’

आइतवार, अशोज १२, २०८२

बागलुङ

राष्ट्रियता र संविधानको रक्षाका लागि राजनैतिक दलहरुबिच सहकार्य र एकता आवश्यक रहेको बागलुङमा आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन् । पछिल्लो समयको बिकसित घटना क्रमले देशको राष्ट्रियता र लामो समयको संघर्षपछि बनेको नेपालको संविधान खतरामा परेकाले यिनीहरुको रक्षाका लागि दलिय एकता र सहकार्य आवश्यक रहेकोमा उनिहरुको जोड थियो ।

राष्ट्रिय जनमोर्चा बागलुङद्धारा आयोजित राष्ट्रियता र संविधानको रक्षा बिषयक अन्तरक्रिया कार्यक्रमका सहभागीले लामो समय सत्ता संचालनमा रहेका दलहरुको कमजोरी जेनजी आन्दोलनको उपज भएको बताएका थिए । नेपालको राष्ट्रियता इतिहाँसमै कमजोर बनिरहेको उनिहरुको भनाई थियो । राष्ट्रियता र लामो समयको संघर्षपछि जनताका मुलभुत अधिकार सुनिश्चित हुने गरि निर्माण भएको संविधान नै धरापमा रहेकाले रक्षाका लागि राजनैतिक दुरदर्शिता आवश्यक रहेको राष्ट्रिय जनमोर्चाका केन्द्रिय सल्लाहकार अमर थापाले बताए । दलहरु सच्चिएर एकठाउँमा आउनुको बिकल्प नरहेको उनको भनाई थियो ।

वरिष्ठ अधिबक्ता काजीगाउँले श्रेष्ठले प्रस्तुत गरेको अवधारणा पत्रमाथी र राष्ट्रियता तथा संविधानको बिषयमा राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य दिलबहादुर नेपाली, नेपाली काँग्रेस बागलुङको तर्फबाट जगन्नाथ आचार्य, नेकमा एकीकृत समाजवादीको तर्फबाट अध्यक्ष पिङ्गलराज गौतम, राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द पौडेल, धौलागिरि बहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष प्राध्यापक डा. दिनबहादुर थापाले आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।

त्यसैगरि धौलागिरि बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख डाक्टर डिल्लीराज गौतम, धौलागिरि बहुमुखी क्याम्पस प्राध्यापक संघका अध्यक्ष भक्तिराम न्यौपाने, बारका अध्यक्ष गीता श्रीस, मानव अधिकार संगठनका अध्यक्ष लक्ष्मी जिसी कार्की, बागलुङ उद्योग बाणिज्य संघका उपाध्यक्ष केशव वझा, पत्रकार महासंघका अध्यक्ष राम थापा र प्रगतिशिल पत्रकार संघका अध्यक्ष बिजय रानाले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष तिलक थापाको अध्यक्षता, अखिल नेपाल महिला संघका केन्द्रिय उपाध्यक्ष लक्ष्मी बास्कोटाको स्वागत र जिल्ला सचिव भिमलाल पोखरेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

टिप्पणी गर्नुहोस्

टिप्पणी गर्नुहोस्

तपाईँको इमेल सार्वजनिक हुने छैन।आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

U

सम्बन्धित खबर