Friday, January 16, 2026
शुक्रबार, माघ २, २०८२

E-paper

बागलुङ नगरपालिका सम्मानित

बुधबार, साउन २१, २०८२

बागलुङ  : न्यूजिप परियोजना अन्तर्गतको काममा गरेको प्रगतिले बागलुङ नगरपालिका सम्मानित भएको छ । विश्व बैंकको आर्थिक सहयोगमा बागलुङ नगरपालिकामा सञ्चालन भएको सडक पूर्वाधारको काममा उल्लेख्य प्रगति गर्न सहजीकरण गरेको भन्दै नगरपालिकालाई शहरी विकास मन्त्रालयले सम्मन्न गरेको हो ।

उक्त परियोजना अन्तर्गत बागलुङ नगरपालिका—१ गणेशघुम्तीदेखि निरयघाटसम्म १.६२ किलोमिटर, ओडारचौर—ढोडेनी खण्ड २.१४ किलोमिटर मूलपानी–कालीमाटी—तितौरे ८.५६ किलोमिटर सडक कालोपत्रेको काम सुरु भएको थियो । २०८१ को जेठमा सम्झौता भई काम सुरु भएको उक्त परियोजनामा अहिले ८१ प्रतिशत भौतिक प्रगति र ७९.२५ प्रतिशत वित्तीय प्रगति भएको छ । अन्य ठाउँहरुको तुलनामा बागलुङमा छिटो र गुणस्तरीय काम गरेको आधारमा मन्त्रालयले नगरपालिकालाई सम्मान गरेको नगरप्रमुख बसन्तकुमार श्रेष्ठले बताए ।

‘विश्व बैंकको सहयोगमा सञ्चालित न्यूजिप परियोजनाका योजनाहरु देशका विभिन्न ठाउँमा सञ्चालनमा रहेका छन्,’उनले भने,‘यो परियोजना अन्तर्गतको योजनाहरु बागलुङमा उदाहरणीय रुपमा कार्यान्वयन गर्न सकेको भन्दै मन्त्रालयले हामीलाई सम्मान गरेको छ ।’ बागलुङमा सञ्चालन गरिएको सडक परियोजनाका प्रगति उल्लेखनीय भएको उनले बताए । गणेशघुम्ती निरयघाट सडक सम्पन्न भैकेको छ भने ओडारचौर ढोडेनी सकड विद्युत प्राधिकरणले पोल सार्न ढिलाई गरेका कारण केही काम बाँकी रहेको निर्माण कम्पनी आशिष फेवाका इन्जिनियर मनोज शर्माले बताए ।

मूलपानी, कालिमाटी तितौरे सडक भने कालोपत्रेको काम गर्न बाँकी रहेको छ । काम गर्दा गर्दै वर्षा सुरु भएपछि काम गर्न नसकिएको र वर्षा रोकिनासाथ काम सुरु हुने उनले बताए । उक्त परियोजना सम्पन्न गर्नका लागि आगमी पुस मसान्तसम्मको समयावधि थपिएको छ । उक्त तीन वटा सडक परियोजना सम्पन्न गर्नका ४९ करोड २२ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

 

टिप्पणी गर्नुहोस्

टिप्पणी गर्नुहोस्

तपाईँको इमेल सार्वजनिक हुने छैन।आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

U

सम्बन्धित खबर