Friday, October 17, 2025
शुक्रबार, अशोज ३१, २०८२

E-paper

ताराखोला गाउँपालिकाको सार्वजनिक सुनुवाई

आइतवार, भदौ १, २०८२

बागलुङ

बागलुङको ताराखोला गाउँपालिकाको गत आर्थिक वर्षको तेस्रो सार्वजनिक सुनवाई कार्यक्रम वडा नम्बर ५को सिन्जालीचोकमा सम्पन्न गरेको छ । गाउँपालिकाको समग्र सेवाप्रवाह, कार्यसम्पादन तथा सम्पन्न आयोजनाको प्रगति सहित गाउँपालिकाले सार्वजनिक सुनुवाई सम्पन्न गरेको हो ।
ताराखोला मिडिया प्रालीको सहजीकारण तथा ताराखोला गाउँपालिकाको आयोजनामा सम्पन्न भएको सार्वजनिक सुनुवाई कार्यक्रममा नागरिकले कृषि उपजले मुल्य नपाएको, बजार अनुगमन नभएको, पूँजीगत खर्च कम भएको, सबै वडामा समानरुपमा पशु प्राविधिक सेवा नपाएको, स्थानीय जातको आलुको उत्पादकत्व घट्न थालेको, टोल सूधार समितिले बजेट नपाएको, विकास निर्माणको अनुगमन कम भएको लगायतका समस्या स्थानीयले राखेको थिए ।

स्थानीयले शिक्षामा गुणस्तर घट्न थालेको, चिस्यान केन्द्र सञ्चालनको सामाग्री नपाएको, ठूला योजना समयमै सम्पन्न नभएको लगायतका विषयमा गुनासो गरेका थिए ।कार्यक्रममा स्थानीय युवराज सापकोटा, ददिलाल सापकोटा, कुल बहादुर रोका, धन बहादुर बुढामगर, उमा सापकोटा, सविना घर्ती, यमन विश्वकर्माले प्रश्न तथा जिज्ञासा राखका थिए ।

उनीहरुले विकासमा समानता नभएको, कृषि उपजको बजारीकरणमा पालिकाले सहयोग नगरेको लगायतको विषयमा जिज्ञासा राखेका थिए । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष धन बहादुर बिकले गाउँपालिकाले सिमित स्रोत तथा सानधका बीच जनताको घरदैलोको सरकारले गर्ने कामलाई अग्रसर रुपमा सम्पन्न गरेको बताए ।

उनले ५८ जना श्रमिक र किसानलार्ई सामाजिक सुरक्षा कोषमा आबद्ध बनाएर पेन्सन सुविधा दिने, श्रम बैंक स्थापना गरेको, ठूला सडक, तथा छेल्तर खोलामा मोटरेबल पुल निर्माण गरिरहेको, कृषि सडक विस्तार गरेको, शहिदमार्गको प्रवेशद्वारमा स्तरोन्नती गरिएको, खानेपानीको व्यवस्थापनका लागि काम गरेको बताए । यस्तै गाउँपालिका उपाध्यक्ष भिम बहादुर रोकाले अनुगमनलाई प्रभावकारी बनाएको, लक्ष्यभन्दा बढी राजश्व संकलन गरेका, बजार अनुगमन गरिरहेको बताए ।

कार्यक्रममा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत पिताम्बर गैरेले गाउँपालिकाले गत आर्थिक वर्षमा ४० करोड ७५ लाख ५४ हजार अनुमानित रहेकोमा ३३ करोड ५८ लाख ६१ हजार मध्ये २८ करोड ९१ लाख ३४ हजार खर्च बताए । आन्तरिक आम्दानीतर्फ रु. एक करोड ४५ लाख १२ हजार भएको उनले बताए ।

पूँजीगत तर्फ ९ करोड ५ लाख ९७ हजार खर्च भएको थियो । गाउँपालिकामा वडागत ९४ वटा योजना सम्पन्न भएका, पालिकास्तरीय ११ मध्ये ४ वटा सम्पन्न र ७ वटा कार्यान्वयनको चरणमा रहेको छ । ठूला योजनाको ठेक्कामा रकम घटेको र केही योजना कार्यान्वयनमा ढिलाई भएकाले पूँजीगत खर्च कम भएको उनले जानकारी दिए ।

कार्यक्रममा शाखा प्रमुखहरु फरिन्द्र जिसी, विष्णुप्रसाद रेग्मी, सन्जिव थापा, चिरन बिक, युवराज शर्मा, महेश विष्ट, सम्झाना थापा लगायतले विषयगत शाखाको जिज्ञासा मेटाएका थिए । कार्यक्रम ताराखोला मिडिया प्रालिको अध्यक्ष महेन्द्र घर्ती संगमको अध्यक्षता, ताराखोला गाउँपालिका–५ का वडा अध्यक्ष मन बहादुर रोकाको स्वागत, पत्रकार नवराज नेपालीद्वारा सन्तुष्टी सर्वेक्षण प्रतिवेदन, पत्रकार खेमराज गौतमको टिप्पणी तथा पत्रकार सन्तोष गौतको सहजीकरण तथा सञ्चालन पत्रकार खगेन्द्र बिकले गरेका थिए ।

 

टिप्पणी गर्नुहोस्

टिप्पणी गर्नुहोस्

तपाईँको इमेल सार्वजनिक हुने छैन।आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

U

सम्बन्धित खबर