Friday, October 17, 2025
शुक्रबार, अशोज ३१, २०८२

E-paper

दशैंले बजार क्षेत्रमा चहलपहल बढ्यो

आइतवार, अशोज १२, २०८२
बागलुङ
वडा दशैँको दिन नजिकिँदै जाँदा बागलुङ बजार क्षेत्रमा चहलपहल बढेको छ । यहाँको प्रसिद्ध धार्मिकस्थल बागलुङ कालिका मन्दिर दर्शन गर्न आउने दर्शनार्थी र दशैँ लक्षित किनमेल गर्नेहरुले बजार क्षेत्रमा चहलपहल बढेको हो ।
विशेष गरी शैक्षिक संस्थाहरुमा विदा भए सँगै बजारमा किनमेलका लागि निश्कन लागेपछि चहलपहल  बढेको देखिन्छ ।  दशैंमा सकेसम्म परिवारका सबै सदस्यहरु एकैठाउँमा जम्मा भै टिका ग्रहण गर्ने परम्परा रहेका कारण देश तथा विदेशमा रहेका पनि आफ्नो घर फर्किने गर्दछन त्यसले गर्दा विगतमा भन्दा बजार क्षेत्र र गा्रमिण बस्तीमा पनि दशैँको समयमा चहलपहल बढ्ने गर्दछ ।
विद्यालयहरु बन्द भए सँगै ग्रामिण भेगमा संचालन हुने यातायातका साधनमा पनि यात्रुको चाप बढ्दै गएको छ । चाडपर्वलाई नै मध्यनजर राखेर जिल्लाका स्थानीय तहहरुले ग्रामीण भेगका कच्ची सड्कहरु मर्मत गरिरहेका छन् । काम विशेषले बागलुङ भन्दा बारिह गएका र वैदेशिक रोजगारमा गएकाहरु पनि दशैंको छेको पारेर गाउँ फर्किने थाले पछि बागलुङ बजार क्षेत्रमा पनि चहलपहल बढ्ेको बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष राजन कुमार शाक्य बताउँछन ।
 शाक्यका अनुसार बजार क्षेत्रमा फेन्सी कस्मेटिक, खाद्यान्न तथा मासु व्यवसायको व्यापार अघिल्ला साता भन्दा बढ्दै गएको छ । ‘बजार क्षेत्रमा मानिसहरुको चहलपहल बढ्दै गएको छ । व्यापार पनि विस्तारै बढ्ेको छ अध्यक्ष शाक्यले भने,–‘यो समयमा गत वर्ष होटलहरु पनि पूर्ण रुपमा प्याक हुन्थे यस वर्ष भने होटल व्यवसायमा राम्रो भएको छैन अन्यमा सन्तोषजनक नै रहेको छ । उनले अहिले सम्मको अवस्था हेर्दा भने अघिल्ला वर्षहरुमा जस्तो यस वर्ष व्यापार हुँदैन की भन्ने अशंका रहेको बताए ।
शुक्रबार देखी केही स्कुल तथा बोडिङ स्कुल बन्द भए पछि बजारमा चलपहल बढ्ेको पाईएको व्यवसायी गणेश लम्साल बताउँछन । उनले एक दुई दिन पहिले भन्दा मानिसहरुको चहलपहल पनि बढ्दै गएको र व्यापार पनि केही रुपमा बृद्धि भएको बताए । केही दिन पहिले सुनसान जस्तो देखिने बजार क्षेत्रमा अहिले चहलपहल बढ्दा व्यापारीहरु पनि व्यापार हुने आशा व्यक्त गरेको लम्सालको भनाई छ । ‘दैनिक उपभोग्य वस्तु दशैँको बेला बढि नै खरिद गर्ने गर्छन अहिलेका सम्मको अवस्था हेर्दा अघिल्ला वर्षमा झै व्यापार त भएको छैन, सामानको भाउ पनि दिनप्रतिनिधि महंगी हुँदै गएको छ लम्सालले भन्े–‘आशा गरौै सप्तमी, अष्टमीको दिन सम्म व्यापार राम्रै होला । खुद्रा र फलफुल र फेन्सीको व्यापार राम्रै भएको होला अरुमा त उस्तै हो । ’
उनले कालिका मन्दिर दर्शन गर्न केही मानिसहरु बजार आउँदा चलहपहल बढ्ेको र व्यपार भने उस्तै भएको बताए । चाडपर्वलाई लक्षित गरेर जिल्ला ट्राफिक कार्यालय बागलुङले जिल्लाका ४ ठाउँमा नागरिक सहायता कक्ष पनि स्थापना भएका छन् । चाडपर्वको बेलामा सुनसान बनेका गाउँ बस्तीमा पनि मानवीय गतिविधि बढेको छ । घरबाहिर भएका दशैँकै समयमा आफ्नो जन्मघर फर्किने हुँदा गाउँमा पनि चहलपहल बढ्दै गएको छ । चाडपर्वलाई नै लक्षित गरी बागलुङ नगरपालिका र जिल्ला प्रशासन कार्यालयले बजार क्षेत्रमा अनुगमन पनि तिव्र बनाएको छ ।

टिप्पणी गर्नुहोस्

टिप्पणी गर्नुहोस्

तपाईँको इमेल सार्वजनिक हुने छैन।आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

U

सम्बन्धित खबर