Monday, March 16, 2026
सोमवार, चैत्र २, २०८२

E-paper

पुनः निर्माणका लागि सृष्टि फर्निचरको एक बढि लाख सहयोग

मङ्लबार, अशोज ७, २०८२

बागलुङ :

बागलुङमा संचालन भएको सृष्टी फर्निचर उद्योगले जेनजी आन्दोलनको क्रममा क्षतिग्रस्त सरकारी संरचना पुननिर्माणका लागि १ लाख बढि रकम सहयोग गरेको छ । फर्निचरका संचालक ऋषिराम गौतमले आफ्नो व्यवसायको १४ औं वार्षिकोत्सवको अवसरमा जिल्ला प्रशासन कार्याल्य मार्फत नेपाल सरकारलाई एक लाख एक हजार १११ रुपैयाँ प्रदान गरेका छन ।

गौतमले झण्डै ५ करोड लगानीमा बागलुङ नगरपालिका—४ उपल्लाचौरमा नयाँ शोरुम सञ्चालनमा ल्याएसंगै शोरुमको शुभारम्भ कार्यक्रममा उक्त रकम बागलुङका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ मार्फत नेपाल सरकारलाई हस्तान्तरण गरेका हनु । चेक बुझ्दै प्रमुख जिल्ला अधिकारी गुरुङले नेपाल सरकारको पुननिर्माण गर्ने खातामा उक्त रकम जम्मा गर्ने बताए । गौतमले देशको मुख्य प्रशासनिक केन्द्र सिंह दरबार सहित सयौंको संख्यामा क्षती भएका संरचना पुननिर्माणका निम्ती राज्यलाई सघाउन सामाजिक उत्तरदायित्व अन्र्तगत उक्त रकम सहयोग गरेको बताए ।

१४ वर्षदेखि बागलुङको फर्निचर व्यवसायमा सक्रिय गौतमले देशमा संकट परेको बेला सवै तहबाट सहयोग गरेमा यसलाई छिट्टैनै उठाउन सकिन्छ भन्ने लक्ष्यका साथ आफुले सानो सहयोग गरेको बताए “देश दुखमा छ, धेरै भौतिक क्षति पुगेको छ, सबैले हातेमालो गरियो भने पुननिर्माणमा सहयोग पुग्ने छ गौतमले भने,– हामी जस्तै सवैले थोरै थोरै जम्मा ग¥यौं भने धेरै हुनेछ र पुननिर्माणमा सहज हुनेछ । गौतमले हाल फर्निचरमा ४२ जना युवालाई स्वदेशमै रोजगारी प्रदान गरेको बताउँछन ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख अमरबहादु थापाले सवैको सहयोगले राज्यलाई ठुलो राहत हुने बताए । उनले देशमा संकट परेको बेला राज्यलाई सहयोग गर्नु हामी सवैको उत्तरदायित्व भित्र पर्ने बताए । कार्यक्रममा बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठ प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ लगायतले व्यवसायिक सफलताको शुभकामना सहित संकटको बेला सहयोग गरेकोमा धन्यवाद प्रकट गरेका थिए । कार्यक्रम सञ्चालन फर्निचरका सञ्चालक सरिता गौतमले गरेकी थिईन । सृष्टि फर्निचरले बागलुङ बजारको जीपपार्कचोक, र गलकोट हटियाबाट पनि सेवा प्रदान गरिरहेको छ ।

टिप्पणीहरू (३)

टिप्पणी गर्नुहोस्

तपाईँको इमेल सार्वजनिक हुने छैन।आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

  1. ssbet77 सोमवार, माघ १९, २०८२ मा ०५:२५ बेलुका बजे

    SSBet77…sounds like a winner! Interface isn’t too shabby and it does the job. Worth giving a look if you’re hunting around. ssbet77

  2. 789fcom सोमवार, माघ १९, २०८२ मा ०५:२५ बेलुका बजे

    Been messing around on 789fcom and it’s pretty alright. Nothing groundbreaking, but a good place to chill. Might be your cup of tea 789fcom

  3. gogojili सोमवार, माघ १९, २०८२ मा ०५:२५ बेलुका बजे

    Finally trying out gogojili! Heard it’s the place to be for slots. Let’s see if the rumors are true! Let’s Gooooo gogojili!

U

सम्बन्धित खबर