Tuesday, April 21, 2026
मङ्लबार, बैशाख ८, २०८३

E-paper

बिआइसिटीइ विषयको पढाई

धवलागिरि क्याम्पसमै आईटीको पढाई

शुक्रबार, साउन २३, २०८२

स्नातक तहमा बिआइसिटीइको कक्षा सुरु हुँदै

संगम घर्तीमगर बागलुङ, 

धवलागिरि बहुमुखी क्याम्पस बागलुङमा आईटी विषयको पढाई हुने भएको छ । धौलागिरिकै एक मात्र आंगिक क्याम्पस धवलागिरि बहुमुखी क्याम्पसमा आईटी अन्तर्गतको बिआइसिटीइको पढाई हुने सहायक क्याम्पस प्रमुख डा. डिल्लीराज गौतमले बताए । सूचना प्रविधिको क्षेत्रमा विश्वले मारेको फड्कोसंगै प्राविधिक विषयको ज्ञान अत्यन्तै जरुरी देखिएकाले यो कार्यक्रम सञ्चालन गर्ने तयारीमा लागेको उनले बताए ।

‘अहिले विश्वबजारमा प्राविधिक जनशक्तीको ठूलो माग छ, विश्व बजारमा बिक्ने जनशक्ती उत्पादन गर्नुपर्ने आवश्यकता पनि छ,’उनले भने,‘त्यसका लागि हामीले बिआइसिटीइ विषयको पढाई सञ्चालन गर्ने निर्णय गरेका छौं । विश्वविद्यालय पनि यसलाई अनुमति दिईसकेको छ ।’ केही दिनमै यो विषयको फाराम खुला हुने उनले जानकारी दिए । ‘सम्भवतः आईतबारबाटै हामीले आवेदन फाराम खुलाउँछौं,’गौतमले भने,‘सबै तयारी पूरा भएपछि क्याम्पस प्रमुखज्यू सम्झौता गर्न काठमाडौं जानुभएको छ ।’

बिआइसिटीइमा कोर्षमा ७५ प्रतिशत आईटीको प्राक्टीकल र २५ प्रतिशत अन्य विषयको पढाई हुने उनले जानकारी दिए । यो वर्ष ३६ जनाको कोटा निर्धारण गरेर भर्ना खोल्ने तयारी भएको उनले जानकारी दिए । ‘एक सेमेस्टरमा ३६ जना मात्रै विद्यार्थी राख्नेगरी कार्यक्रम स्वीकृत भएको छ,’उनले भने,‘यो अहिलेको प्राविधिक विषयमा पनि लेटेष्ट कार्यक्रम हो । यसबाट उत्पादित जनशक्ति बजारमा बिक्ने सम्भवाना पनि ज्यादा छ ।’ बिआइसिटीइको कार्यक्रम गण्डकी प्रदेशमै पहिलो पटक बागलुङमा सञ्चालन हुन थालेको उनले बताए ।

यो विषयको अध्ययन गरेका विद्यार्थीहरुले कुनै कारणवस अध्ययन पूरा नगरी विदेश जानुपरेको खण्डमा पनि त्यहीबाट ‘क्रेडिट आवर’ पूरा गर्न मिल्ने उनको भनाई छ । ‘यहाँ अध्ययन गरिरहेका विद्यार्थीहरुले दोस्रो तेस्रो सेमेस्टरमा अध्ययन गर्दा गर्दै विदेशमा अध्ययन गर्न जानुप¥यो भने पनि यहाँ अध्ययन गरेर उत्तिर्ण गरेको समेस्टेरका गणना हुन्छ,’उनले भने,‘विदेशमा पुगेपछि आफुले जुन सेमेस्टरसम्म पढेको छ, त्यसपछिको सेमेस्टर अध्ययन गर्ने मौका मिल्छ ।’

‘यो विषयको कार्यक्रम गण्डकी प्रदेशमै छैन, आईटीका अन्य विषयहरुको पढाई त पोखरा लगायतका ठाउँहरुमा छन्,’उनले भने,‘आईटी अन्तर्गत पनि सबैभन्दा उत्तम फ्याकल्टी भएकाले यसलाई रोजेका छौं ।’ एक सेमेस्टरको ३० हजार शुल्क लिनेगरी भर्ना खुलाउने उनले बताए । ‘आईटी विषय यसै पनि महङ्गो छ, बाहिर गएर पढ्दा झन् महङ्गो हुन्छ,‘ गौतम भन्छन्,‘यही बागलुङमा यो विषयको पढाई हुँदा विद्यार्थीलाई आर्थिक रुपमा पनि ठूलो भार पर्दैन भन्ने हामीलाई लागेको छ ।’

बिआइसिटीइ ओपन कोर्ष भएकाले यो अध्ययन गरेपछि जुनसुकै विषयमा दक्ष बन्न सकिने धवलागिरि बहुमुखी क्याम्पस बागलुङका आईटी प्रमुख आनन्द पाठक बताउँछन् । ‘आईटी अन्तर्गतको यो ओपन विषय हो, यसको अध्ययनपछि विशिष्ट विषयमा प्रवेश गर्ने मौका हुन्छ,’ पाठकले भने,‘पछिल्लो समय नेपालमा चलेको नयाँ कोर्ष पनि हो ।’ यो विषयको पढाईबाट आईटी क्षेत्रको अधिकांस विषयको ज्ञान आर्जन हुने उनले बताए ।

यो विषयको अध्ययन गरेका विद्यार्थीहरुले कुनै कारणवस अध्ययन पूरा नगरी विदेश जानुपरेको खण्डमा पनि त्यहीबाट ‘क्रेडिट आवर’ पूरा गर्न मिल्ने उनको भनाई छ । ‘यहाँ अध्ययन गरिरहेका विद्यार्थीहरुले दोस्रो तेस्रो सेमेस्टरमा अध्ययन गर्दा गर्दै विदेशमा अध्ययन गर्न जानुप¥यो भने पनि यहाँ अध्ययन गरेर उत्तिर्ण गरेको समेस्टेरका गणना हुन्छ,’उनले भने,‘विदेशमा पुगेपछि आफुले जुन सेमेस्टरसम्म पढेको छ, त्यसपछिको सेमेस्टर अध्ययन गर्ने मौका मिल्छ ।’

धवलागिरि बहुमुखी क्याम्पस प्रमुख डा. सुदर्शन शिलवालले सबै क्षेत्रका लागि प्राविधिक दक्ष जनशक्ति उत्पादन गर्न बिआइसिटीइको पढाई सञ्चालन गर्ने निधोमा पुगेको बताए । ‘अहिलेसम्म विषयगत दक्षता हाँसिल गरी डिग्री लिएर आईटी क्षेत्रमा लाग्नेको संख्या निकै कम छ,’उनले भने,‘प्राविधिक जनशक्तीको माग र आवश्यकतालाई ध्यानमा राखेर नै कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।’ स्थानीय तहको सरकार तथा अन्य क्षेत्रका लागि विज्ञ जनशक्तीको आवश्यक खड्किएको उनी बताउँछन् ।

अहिलेकै जनशक्तीले धेरै जसो कोर्ष पढाउन सक्षम भएको र केही जनशक्ती थप्ने योजना रहेको उनले सुनाए । ‘अहिले हामीसंगै भएका सरहरुले चौथो पाँचौ सेमेस्टरसम्मको कक्षा सञ्चालन गर्न सक्षम हुनुहन्छ,’उनले भने,‘त्यसपछिका लागि हामीले केही मात्रै जनशक्ती थप्दा यो विषयको पढाई सञ्चालन गर्न सकिन्छ ।’ धवलागिरि बहुमुखी क्याम्पस यस अगाडि वीवीए कक्षा सञ्चालनमा ल्याएको छ । उक्त कार्यक्रमतर्फ यहाँका विद्यार्थी गण्डकी प्रदेशमै अब्बल निस्कीएका छन् ।

बजार र विद्यार्थीको मागलाई ध्यानमा राखेर आधुनिक र नयाँ विषयका कार्यक्रमहरु सञ्चालन गर्ने विषयमा छलफल र बहस चलिरहको धवलागिरि बहुमुखी क्याम्पस बागलुङका स्वतन्त्र विद्यार्थी युनियनकी अध्यक्ष आस्मिन शेख बताउँछिन् । ‘अहिलेको श्रम बजार र विद्यार्थीको मागलाई ध्यानमा राखेर नै यो कार्यक्रम सञ्चालन गर्न थालिएको हो,’उनी भन्छिन्,‘यसले नविनतम प्रविधिको प्रयोग गर्ने क्षमता र डिजीटल युगमा आवश्यक सुक्षा सीप र नेटवर्क व्यवस्थापनमा दक्ष बनाउँछ ।’

यो विषयको पढाईबाट लोकसेवा आयोगको तयारी गर्न सकिने, दक्ष प्राविधिक जनशक्तीको उत्पादन हुने, शिक्षा र प्रविधिको संयुक्त अभ्यास हुने र व्यवसायिक दक्षता हाँसिल हुने उनी बताउँछिन् । अधिकांस कक्षाहरु प्राक्टीकल हुने भएकाले विद्यार्थीले शिक्षा मात्रै नभई सीप प्राप्त गर्ने उनले बताईन् । बिआइसिटीइको अध्ययनपछि सरकारी शिक्षकको जागिर, लोकसेवा समेत, आइसिटी प्रशिक्षक तथा प्राविधिक, प्राईभेट आईटी कम्पनीमा काम गर्न सकिने, स्वरोजगार बन्नका लागि सीप प्राप्त गर्न सकिन्छ ।

धवलागिरि बहुमुखी क्याम्पस बागलुङमा अहिले वीवीए, एमविएस, एमए अंग्रेजी र नेपाली विषयको पढाई निजी स्रोतबाट हुँदै आएको छ । त्रिभुवन विश्वविद्यालय दिएका पढाईका कार्यक्रमहरुमा पछिल्लो समय विद्यार्थी संख्या कम हुँदै गएपछि क्याम्पसले निजी स्रोतको कार्यक्रम सञ्चालनमा जोड दिँदै आएको छ ।

टिप्पणीहरू (३)

टिप्पणी गर्नुहोस्

तपाईँको इमेल सार्वजनिक हुने छैन।आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

  1. m88casino शनिबार, माघ १७, २०८२ मा ०४:५५ बिहान बजे

    M88casino, what’s up! A solid platform with all the familiar games. It’s like visiting my local casino without having to put on pants – bonus! Check it out: m88casino

  2. bet200 शनिबार, माघ १७, २०८२ मा ०४:५५ बिहान बजे

    Bet200, simple and to the point! Hoping for some solid betting options and quick payouts. Time to put some money on the line and see what happens! bet200

  3. 567jili शनिबार, माघ १७, २०८२ मा ०४:५५ बिहान बजे

    Oi, 567jili’s got some interesting games. Gave it a whirl and honestly, it wasn’t bad. Check it out sometime, eh? You might like it 567jili.

U

सम्बन्धित खबर