शिक्षा मन्त्री महाविर पुन ज्युको एक निर्देशनले अबको नयाँ पिढीको वा जेन जी पुस्ताको नेपालमा र नेपालको शिक्षा प्रणालीमा केहि परिवर्तन अवश्य आउने देखिन्छ तर कति सम्भव र कति असम्भव भन्ने कुरामा तार्किक रुपमा पुग्नका लागी अवश्य पनि धेरै नै सोच्नु पर्ने देखिन्छ । त्यो हो शिक्षामा प्रविधिको प्रयोग, भैतिक पुर्वाधारको अवस्था, पाठ्यपुस्तकको निर्माण र समेटिने विषयवस्तु, विधार्थीको मुल्याङकन र विद्यार्थीलाई दिइने गृहकार्य र त्यसको मुल्याङकन प्रणाली ।
केही समय पहिलो विभिन्न पत्रिकाहरुमा लेखेको अनुभवले मलाई यो कुरामा वहस गर्न र लेख्न वाध्य बनायो । अहिले भर्खरै डिजिटल शिक्षा लाइ अवलम्वन गर्नु भन्ने जुन निर्देशन दिनु भएको छ त्यो केही अवस्था र अलिक समय कालीन सन्र्दभमा सहि हो तर योजना निर्माण र त्यो अनुरुपको लागत खर्च जुटाउनका लागी सायद यो देशको बजेट, जनशक्ति, जनशक्ति परिचालन, मन्त्री ज्युको कायावधि, परिवर्तनको समयावधि र राजनैतिक प्रणाली बाधकका रुपमा आउने पक्का हो र छ ।
मन्त्री ज्यु केहि निर्णयहरुले जनमानसको चासो र सरोकारका विषयहरु समयसापेक्ष सम्बोधन गर्ने भए पनि हतारमा र त्यति हतार नगरीकन गरेका भए अलि दिर्घकालिन हुनेथिए र तपाईले जग राखिदिनुभएकोमा धन्यवादको पात्र हुनुहुन्छ र तपाईले इतिहास रच्नुभयो र जरुरतको अध्याय मात्र पूरा गरि भावी पुस्तालाई यो निर्णय अधिकार दिनु पर्ने होला किन भन्ने यो पुस्ता तपाईले आविष्कार गरे जस्तो पुस्ता छैन् र छ यो विराधाभाष भयो किनकि यो पुस्ताले तपाईले परिकल्पना गरे जस्तो काम गर्न अझ केहि समय प्रविधीमा नै लिन हुन जरुरी छ त्यो समय भनेको डिजिटल डिजाइनमा पूर्ण व्यक्ति वा जनशक्ति उत्पादन हो के सम्भावाना छ वा त्यो एउटा निश्चित हाँगमा वा कम्प्युटर क्षेत्रमा मात्र सम्भव छ भन्ने आकलन तपाईले दिएको निर्देशनमा बनेको पाठ्यक्रम निर्माण र त्यसपछिको मुल्याङकनमा भर पर्छ । जसका लागी तपाईको योजनामा म निम्न कुराहरुले सहज गर्न चाहान्छु ।
१. जव सम्म प्रविधि लाई नेपाली भाषामय बनाईदैन् तब सम्म हामी यो कल्पना लाई केही पर राखौ र कुरा गरौ ।
२. पाठ्यपुस्तक १०० पूर्णाङकको बनाइयोस् तर मुल्याङकन् लाई फरक तरिकाले हेरियोस् ।
३. विद्यार्थीमा जवरजस्ती होमवर्क प्रणालीलाइ पुनविचार गरियोस् ।
४. पाठ्यपुस्तकमा सबै एकाइहरु व्यवहारिक सिकाइमा आधारित हुन् ।
५. मुल्याङकन् प्रणालीमा आधारित सबै विषयवस्तुमा ज्ञान र सिपको विकास गर्ने विषयवस्तु समावेस गरियोस् ।
६. ज्ञान र सिप भनेका सामान्य कुराहरुको संगालो मात्र नभई स्मार्ट योजनामा लागी गरियोस् ।
७. स्मार्ट योजना भनेको साइन्स, म्याथ, आर्ट, रिसर्च र टेक्नोलोजीमा आधारित होस् ।
८. जसका लागी आवश्यक सफ्टवोर स्कुललाई सरकारले प्रदान गरोस् ।
९. कम्प्युटर सिष्टम त्यो अनुसारका नयाँ मोडेलका र नेपाल भर एकै प्रकारका प्रदान गरियोस् ।
१०. कक्षाकोठा र भवन पनि त्यो अनुसारको डिजाइन गरियोस् र विद्यार्थीमा कुनै प्रकारको खतरा पैदा हुने वातावरण नआवोस् ।
११. शिक्षकको नियुक्तिमा राजनितिकरण नहोस् र नविनतम् ज्ञान प्राप्त गरेका शिक्षकहरु कार्यक्षेत्रमा रहुन् अनि विद्यालय प्रसाशन पनि त्यो प्रकारको होस् ।
१२. कक्षाकोठा वा ल्यावमा डिजिटल आचारसंहिताको प्रयोग होस् । स त्यो संहिता विधालय परिवारले पालना गरोस् ।
१३. गरिब तथा जेहेन्दार विधार्थी, पिछडिएका जातजाती, क्षेत्रका विद्यार्थीहरुलाई समावेशको अवधारणा ल्याइयोस् ।
पाठ्यपुस्तकको मापदण्ड तोकियोस् । या निजीमा अंग्रजी नहोस् या सार्वजनिक वा सामुदयिकमा नेपाली नहोस् वा
१. दुबैमा एकै भाषा प्रयोग गरियोस् वा दुबै खालै विधालयमा नेपाली भाषा प्रयोगहोस् ।
२. निजि विद्यालयमा पढाई हुने भाषा पूर्ण नेपाली वा मातृभाषा बनाइयोस् ।
३. अंग्रजी भाषा हाम्रो भाषा हो वा होइन् र हामीलाई आवश्यक हो वा होइन् निष्कर्ष निकालियोस् ।
४. यदि अंग्रजी भाषा अनिवार्य भाषा हो भने जापानिज, हिन्दी, अरवी, फारसी, आदी भाषाहरु पनि स्ववेच्छीक भाषामा राखियोस् र पढाईहोस् वा अनिवार्य गराइयोस् नत्र एक नेपाल नेपाल भित्रका अनेक भाषामा पढाइ होस जसलाई जे चाहिन्छ पछि प्राप्त गर्छ वा सिक्छ ।
५. होइन् भने अंग्रजीलाई अनिवार्य नगरियोस् वा सबैलाई अनिवार्य गरियोस् ।
६. पाठ्यक्रममा परिवर्तन गर्ने भए नेपालको नक्सा के र कस्तो निक्रियोल गरियोस् ।
७. नेपाली भुगोल संग जोडिएको नेपाली नोटहरुलाई शिक्षकले कसरी पढाउने सोचियोस् ।
८. प्राविधिक शिक्षामा निर्माण, कृषि, सेवा लगाएतका विषयलाई जोडियोस् र मुल्याङकन् गरियोस् ।
९. विद्यालयले दिने व्यवहारिक नम्वरको मुल्याङकन विधि वनाइयोस् ।
१०. वा देशमा रोजगार सिर्जना गरियोस् र नागरिकलाई रोजगार प्रदान गरियोस् ।
११. वा फेरी आउने चुनावको सरकारले जेन जी दोस्रो विकल्पका रुपमा आन्दोलन वा विद्रोहको रुप सोच्न बाध्य हुनुको विकल्प आउने छ ।
१२. यदि जेन जी को इतिहास अव फेरी इतिहास हो भने अर्को अवधारणा पुन १७ वर्षमा पुस्ता परिवर्तन आउछ भने त्यो कुरा मुल्याङकन गर्ने विधि र संयन्त्र बनाइयोस् नत्र जेन जी मात्र सोचियो भने जेन अल्फा अर्को धारणा हो ।
धन्यवाद ।
जय शिक्षक । जय शिक्षा ।। जय नेपाल ।।।
Facebook: L.B. Red
Mail: lbn445@gmail.com
टिप्पणी गर्नुहोस्