साङ्केतिक तस्बिर
बागलुङको एक उद्योग र एक मोटर पार्टसमा आगलागी भएको छ । बागलुङ नगरपालिका–४ उपल्लाचौरमा काठेखोला गाउँपालिकाका –७ का शिव किसानले संचालन गरेको जुत्ता चप्पल उद्योग र बागलुङ नगरपालिका –१ रामरेखाका राजकुमार शर्माले संचालन गरेको मोटरपार्टसमा आगलागी भएको प्रहरीले जनाएको छ । शुक्रबार दिउँसो करिब साडे दुईबजेबाट लागेको आगो प्रहरी, सेना, सशस्त्र प्रहरी, दमकल तथा स्थानीयको सक्रियतामा करिब चार बजे नियन्त्रणमा लिईएको थियो । आगोलागीको समयमा घरभित्र रहेका चार जनालाई सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी ईन्द्र बहादुर रानाले जानकारी दिए । आगोलागीबाट दुबै पसल पूर्णरुपमा जलेका छन् । आगलागीबाट ६५ लाख बराबरको क्षति भएको छ । विद्युत लाईन सर्ट भएर आगोलागी भएको प्रहरीले जनाएको छ ।
यो बिषयमा तपाईको प्रतिकृया