२३ असार २०७९ बिहीबार
Uttarganga : Voice Of People
  • Login
No Result
View All Result
  • होमपेज
  • स्थानीय तह
    • बागलुङ नगरपालिका
    • गल्कोट नगरपालिका
    • ढोरपाटन नगरपालिका
    • जैमिनी नगरपालिका
    • काठेखोला गाउँपालिका
    • तमानखोला गाउँपालिका
    • निसीखोला गाउँपालिका
    • ताराखोला गाउपालिका
    • बडिगाड गाउँपालिका
    • बरेङ् गाउँपालिका
  • प्रदेश विशेष
  • राजनीति
  • रोचक संसार
  • अन्तर्रवार्ता
  • सम्पादकीय
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ब्यबसाय
    • स्वास्थ्य
    • संस्कृति
    • मुक्ति T.V
    • साताको तस्बिर
  • होमपेज
  • स्थानीय तह
    • बागलुङ नगरपालिका
    • गल्कोट नगरपालिका
    • ढोरपाटन नगरपालिका
    • जैमिनी नगरपालिका
    • काठेखोला गाउँपालिका
    • तमानखोला गाउँपालिका
    • निसीखोला गाउँपालिका
    • ताराखोला गाउपालिका
    • बडिगाड गाउँपालिका
    • बरेङ् गाउँपालिका
  • प्रदेश विशेष
  • राजनीति
  • रोचक संसार
  • अन्तर्रवार्ता
  • सम्पादकीय
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ब्यबसाय
    • स्वास्थ्य
    • संस्कृति
    • मुक्ति T.V
    • साताको तस्बिर
No Result
View All Result
Uttarganga : Voice Of People
No Result
View All Result

कार्यकर्ताको बलिदान र मतदाताको भावनालाई सम्झेर काम गर्नुहोस्—खड्का

मुक्तिक्षेत्र संवाददाता संवाददाता: मुक्तिक्षेत्र संवाददाता
कार्यकर्ताको बलिदान र मतदाताको भावनालाई सम्झेर काम गर्नुहोस्—खड्का

नेपाली काँग्रेसका उपभासपति पूर्णबहादुर खड्काले पार्टी कार्यकर्ताको बलिदान र मतदाताको भावनालाई ध्यानमा राखेर काम गर्न स्थानीय तहका जनप्रतिनिधिहरुलाई आग्रह गरेका छन् । बागलुङमा आईतबार नेपाली काँग्रेस बागलुङले आयोजना गरेको स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुका लागि दुई दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै खड्काले पाँच वर्षपछि पदबाट विदा भएर जान पार्टी र जनताले उच्च मूल्याङ्कन गर्ने वाताबरण बनाउनेगरी काम गर्न निर्देशन दिए ।

उनले व्यानरमा नलेखिए पनि अब मंसिरमा हुने प्रदेश सभा र संघीय संसदको चुनावको तयारीमा लाग्नुपर्ने भन्दै काँग्रेसलाई मत दिने नदिने स्थानीय तहमा जननिर्वाचित प्रतिनिधिको कामले महत्वपूर्ण भूमिका राख्ने बताए । ‘अब प्रदेश सभा र संघीय निर्वाचन पनि हाम्रो संघारमै आएको छ, त्यो निर्वाचनमा काँग्रेसलाई विजयी गराउनका लागि तपाईहरुको कामको महत्वपूर्ण भूमिका हुन्छ,’ उनले भने,‘काँग्रेसबाट निर्वाचित भएकाहरुले जनताको काम गर्छन् भन्ने जनतामा विश्वास जगाउन सकियो भने पार्टीले त्यो निर्वाचनमा जित हात पार्नेछ ।’ उनले घर घरमा नेपाली काँग्रेस सदस्यता अभियान पनि सञ्चालन गरिएको बताए ।

उनले नेपाली काँग्रेसका नीति कार्यक्रमलाई कसरी प्रभावकारी रुपमा कार्यान्वयन गर्ने भन्ने विषयमा लाग्न आग्रह समेत गरे । ‘मेरो पद मेरो पार्टीको इतिहास र मेरो पार्टीका अग्रज नेता र कार्यकर्ताको बलिदान र रगत पसिनासंग साटिएको छ भन्ने सम्झनुपर्छ,’ उनले भने,‘त्यति सम्झेपछि तपाई आफ्नो व्यक्तिगत स्वार्थमा लाग्नुहुन्न । पार्टी र मतदातालाई साक्षी राखेर काम गर्नुभयो भने तपाईले गल्ती गर्नुहुन्न, तपाई स्वार्थी बन्नुहुन्न । तपाई धन कमाउने काममा लाग्नुहुन्न ।’ स्थानीय तहमा आएको बजेटलाई मतदाताका पक्षमा प्रयोग गर्छु । सामुहिकताको भावनालाई झल्काउछु भनेर काम गरेमा जनप्रििनधिलाई पार्टी र मतदाताले सहयोग गर्ने र भविष्यमा सम्झने बताए ।

‘निर्वाचित साथीहरु विस्तारै पार्टीबाट अलग्गिदै जाने, पदलाई आफ्नो व्यक्तिगत सम्पत्तीको रुपमा दुरुपयोग गर्ने चलनले गर्दा समस्या देखिन्छ,’ उनले भने,‘पार्टीले असहयोग ग¥यो भनेर गुनासो गर्ने र पार्टीबाट पर पुग्ने काम नहोस् । पार्टीको बैठकमा जनप्रतिनिधि साथीहरुले आफुले गर्ने कामको एजेन्डा राख्नुपर्छ । त्यसलाई छलफल गरेर सुझाव सहित योजनाहर अगाडि बढाउन सकियो भने पार्टीले त्यसको अपनत्व लिन्छ । सबै ठिक हुन्छ ।’ पार्टी भित्र सामुहिक बुझाई कायम गरेर जाने र त्यसलाई पार्टीले पनि अपनत्व लिने वाताबरण बनाउनुपर्ने उनको भनाई थियो ।

‘पार्टीबाट निर्वाचित भएका साथीहरुको कामको प्रतीरक्षा पार्टीले गर्नुपर्छ त्यसका लागि पार्टीको नीति जनप्रतिनिधिले कार्यान्वयन गर्नुपर्छ,’ उनले भने । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुलाई पार्टीको तर्फबाट आचार संहिता अबको कार्यसम्पादन बैठकबाट जारी गर्नेगरी तयारीमा रहेको उनले बताए । पार्टीले अनुगमन समिति बनाएर जनप्रतिनिधिलाई सहयोग गर्ने उल्लेख गरे । खड्काले व्यवहार र जीवनशैलीले काँग्रेस अरु पार्टी भन्दा राम्रो छ भन्ने जनताले भन्ने गरी काम आग्रह गरे । कम्युनिष्ट पार्टीले अहिले आफ्नो सिद्धान्त अनुसार मत माग्ने अवस्था नभएकोले काँग्रेसकै वरिपरि घुमेरको बताउँछन् ।

‘अहिले कम्युनष्टिहरु लोकतन्त्र भन्दा साम्यवाद राम्रो हो भनेर भोट माग्ने अवस्थामा छैनन्,‘उनले भने,‘आफुलाई कम्युनिष्ट पार्टी भन्ने एमालेले त काँग्रेसकै सिद्धान्तमा चुनाव लड्ने गरेको छ । हामी काँग्रेस भन्दा बढि लोकतन्त्रवादी छौं, काँग्रेस भन्दा समाजवादी छौं, काँग्रेस भन्दा बढि विकासवादी छौं भनेर भोट मागेको छ । लोकतन्त्र भन्दा साम्यवाद राम्रो हुन्छ भनेर भोट माग्न सकेका छैन ।’ कार्यक्रममा केन्द्रीय सदस्य प्रदिप पौडेलले अघिल्लो स्थानीय निर्वाचनमा भन्दा यो पटक कांग्रेसको मत र पदाधिकारी संख्या बढेको भन्दै साख जोगाएर आगामी निर्वाचनमा एकल बहुमत लयउने गरी काम गर्नुपर्ने बताए ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य चम्पा खड्का, निवर्तमान आमन्त्रीत केन्द्रीय सदस्य किरण पौडेल, नेपाली कांग्रेसका गण्डकी प्रदेस कोषाध्यक्ष तथा बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठ, नेपाली काग्रेस बागलुङका पूर्वसभापतिहरु हरिप्रसाद श्रेष्ठ, दिपेन्द्रबहादुर थापा, प्रकाश पौडेल, नेपाली कांग्रेसका गण्डकी प्रदेश सदस्य शकुन्तला शर्मा, क्षेत्रिय सभापति चण्डि प्रसाद शर्मा पौडेल लगायतले बोलेका थिए ।

कार्यक्रममा नेपाली काग्रेस कागलुङको सचिव तथा जैमिनी नगरपालिकाका नगर उपप्रमुख हरिहर शर्माले पार्टीले जिल्लामा सञ्चालन गरेका काम र आगामी योजनाको बारेमा जानकारी गराएका थिए । कार्यक्रम नेपाली कांग्रेस बागलुङबा सभापति जितबहादुर शेरचनको अध्यक्षता उपसभापति तारानाथ पौडेलको स्वागत र सचिव गण्डकी थापा अधिकारीको सञ्चालनमा सम्पन्न भएको थियो । सोे अवसरमा स्थानीय निर्वाचनमा निर्वाचित भएका सबै जनप्रतिनिधि र निर्वतमान जनप्रतिनिधि, निर्वाचनअघि सबै पालिकामा खटाएको अनुगमन टोलीका प्रतिनिधिलाई सम्मान गरिएको थियो ।

दुइ दिनसम्म चल्ने प्रशिक्षणमा काग्रेसबाट निर्वाचित नगर प्रमुख तथा गाँउपालिका अध्यक्ष, वडा अध्यक्ष कार्यपालिका सदस्य, निवर्तमान वडा अध्यक्ष,काग्रेसका नगर तथा पालिका अध्यक्ष, वडा सभापतिहरुको सहभागिता रहेको छ ।

यसैबीच नेपाली काँग्रेसका उपसभापती पुर्णबहादुर खड्काले नेपालका कम्युनिष्ट पार्टीहरु एकै ठाउँमा हुन नदिनका लागि पाँच दलीय गठबन्धन गरिएको बताएका छन । नेपाली काँग्रेस बागलुङले आईतबार आयोजना गरेको कार्यकर्तासँग अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै खड्काले अहिलेको गठबन्धन प्रतिगमनको विरुद्ध र नेपालका कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा हुन नदिनका लागि गरिएको बताएका छन । काँग्रेसले कम्युनिष्ट पार्टी सँग सहकार्य नगरे उनिहरु एक हुँदा देशमा संविधानै धरापमा पार्ने भएको र नेकपा एमालेको हाबी बढ्ने हुँदा काँग्रेस माओबादी, जसपा, समाजबादी र राजमो सँग सहकार्य गरिएको बताए ।

‘कम्युनिष्ट मिले भने काँग्रेसलाई सकाउने खेल खेल्छन । उनिहरु विच द्धन्द बनायौ भने काँग्रेसलाई नै फाईदा हुन्छ । हेर्नुस त स्थानिय तहको निर्वाचनले नै देखायो नि । खड्काले भने,–‘भर्खर सम्पन्न निर्वाचनमा गठबन्धन ग¥यौं हामीलाई नै फाईदा भयो । कहिलै नजित्ने वडा र पालिका पनि अहिले काँग्रेसको जनप्रतिनिधि छ । यो फाईदा त काँग्रेसले लियो नि हैन ? गठबन्धनको मर्म सबै नेता कार्यकर्ताले बुझनुपर्छ है ।’ गठबन्धन गरेकै कारण अहिले नेपाली काँग्रेस ०४९ सालपछि पहिलो पटक स्थानीय तहमा पहिलो पार्टी भएको पनि खड्काले दाबी गरे ।

उनले तत्कालिन प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शान्ति प्रक्रिया खल्बल्याउने, संविधान ध्वस्त पार्ने, प्रतिगमन निम््तयाउने गतिविधि गरेका कारण पनि पाँच दलिय गठबन्धन गर्न सघाउ पुगेको जिकिर गरे । पुर्व गृहमन्त्री समेत रहेका खड्काले आगामी संघ र प्रदेशको निर्वाचनमा माओवादी लगायतका दलहरूसँग कायम रहने दाबी गर्दै पुर्व प्रधानमन्त्री स्व.सुशिल कोईरालाले बाचा गरेको संविधान संसोधनको प्रस्तावलाई बहुमतले परित गर्ने बताए ।

‘गठबन्धनको बाध्यात्मक लोकतन्त्र विरोधीको अहमताको प्रबृतिको अन्त्यका लागि हो । हिजो काँग्रेस लगायत केही दलले संविधान संसोधनको प्रस्ताव ल्याएका थिए । नेकपा एमालेले यसलाई दिएन ।् खड्काले भने,–‘पुर्व प्रधानमन्त्री स्व. सुशिल काईरालाले देखेको सपना आम नेपाली जनताको सपना हो ।, त्यो पुरा गर्नेका निम्ती पनि गठबन्धनलाई कायम गरी बहुमतमा संविधान संसोधन गरी काँग्रेसले जिम्मेवारी पुरा गर्र्नुपर्ने छ । संसोधनका माध्ययमबाट सवैको साझा संविधान निर्माण हुनेछ ।

उनले संविधानमा जब सम्म प्रत्यक्ष निर्वाचन प्रणाली हुँदैन तब सम्म कुनै पनि राजनितिक दलको एक्लै बहुमत नआउने बताए । खड्काले नेपाली काँग्रेसका नेता तथा कार्यकर्तामा बिधिबिधानमा चल्न र अनुशासनमा बस्न सबैलाई आग्रह पनि गरेका थिए । उनले स्थानिय तहमा निर्वाचनमा घात गर्ने कुनै पनि नेता तथा कार्यकर्तालाई पार्टीले कारबाही गरेको र आउँदा दिनमा पनि गर्ने बताए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email
  • shares
  • Facebook
  • Twitter
  • Pinterest
  • LinkedIn

यो बिषयमा तपाईको प्रतिकृया

Muktikshetra Daily

उत्तरगंगा पब्लिकेशन प्रा.ली.

बागलुङ नगरपालिका -२ धौलागिरी चोक, बागलुङ
E-mail: dailymukti@gmail.com
फोन नं.: ०६८-५२२०६२

अध्यक्ष : श्रीधर क‌ंडेल
प्रधान सम्पाद: धनराज सापकोटा
सम्पादक : नरेश कंडेल

सम्पादकीय / विचार

sampadakiye
सम्पादकीय

प्राकृतिक विपत्ति न्यूनीकरण

संवाददाता: मुक्तिक्षेत्र संवाददाता
October 26, 2021

प्रकृति मानिसको गुरु हर्ताकर्ता अभिभावक संरक्षक सर्वश्व हो । वैज्ञानिक प्रविधिको आविष्कार बढ्दो शहरीकरणसँगै प्रकृतिमा देखिएको विनाश विग्रदो वातावरणसँगै मानवजीवन...

Read more
बेमौसमी नागरिकता अध्यादेश

आर्थिक समृद्धिका लागि युवा

September 29, 2021
बेमौसमी नागरिकता अध्यादेश

सास्ती दिने यो लोकमार्ग

September 24, 2021
बेमौसमी नागरिकता अध्यादेश

पदकको गरिमा राख

September 22, 2021
बेमौसमी नागरिकता अध्यादेश

जातीय विभेद र विश्वकर्मा पूजा

September 17, 2021
बेमौसमी नागरिकता अध्यादेश

खाद्यान्न आयात कम गर्ने हो भने

September 16, 2021
बेमौसमी नागरिकता अध्यादेश

देउवा सरकारले खेरा फालेको दुई महिना

September 16, 2021
बेमौसमी नागरिकता अध्यादेश

स्वास्थ्य मापदण्ड पालना गराऔ :विद्यालय खोलौं

September 12, 2021

© 2020 Muktishetra, All right reserved | Developed with ❤️ by Webpal

No Result
View All Result
  • होमपेज
  • स्थानीय तह
    • बागलुङ नगरपालिका
    • गल्कोट नगरपालिका
    • ढोरपाटन नगरपालिका
    • जैमिनी नगरपालिका
    • काठेखोला गाउँपालिका
    • तमानखोला गाउँपालिका
    • निसीखोला गाउँपालिका
    • ताराखोला गाउपालिका
    • बडिगाड गाउँपालिका
    • बरेङ् गाउँपालिका
  • प्रदेश विशेष
  • राजनीति
  • रोचक संसार
  • अन्तर्रवार्ता
  • सम्पादकीय
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ब्यबसाय
    • स्वास्थ्य
    • संस्कृति
    • मुक्ति T.V
    • साताको तस्बिर

© 2020 Muktishetra, All right reserved | Developed with ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In