बागलुङ ५ वर्षदेखि १५ वर्षसम्मका बालबालिकालाई टाईफाईड विरुद्धको खोप लगाउन सुरु गरिएको हो । राष्ट्रिय खोप कार्यक्रम अन्र्तगत सो उमेर समुहका बालबालिकालाई खोप लगाउन सुरु गरिएको हो ।
स्वास्थ्य कार्यालय बागलुङले सो खोपको लागी स्थानीय विद्यालयमा पुगेरै अभियान सुरु गरेको हो । सो अभियान अन्र्तगत बागलुङमा रहेको आदर्श बिद्यामन्दिर बिद्यालयमा अध्ययन गर्ने बालबालिकालाई स्वास्थ्यकर्मी विद्यालयमै पुगेर टाइफाइड विरुद्धको खोप दिएको बिद्यालयका प्रधानाध्यापक भुपेन्द्र केसीले जानकारी दिए ।
टाईफाईड विरुद्धको खोप १५ महिनादेखि १५ वर्षका बालबालिकालाइ दिने अभियान रहेको छ । चैत २५ गतेदेखि ३० गतेसम्म चल्ने स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । हाल अभियान जिल्लाको बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, गलकोट नगरपालिका, ताराखोला गाउँपालिका, काठेखोला गाउँपालिका, बरेङ गाउँपालिकामा संचालन भइरहेको स्वास्थ कार्यालयका कार्यालय प्रमुख सुरज गुरौले बताए ।
सोही अभियान अन्र्तगत बैशाख २ गतेदेखि ७ गतेसम्म जिल्लाको ढोरपाटन नगरपालिका, बडिगाड गाउँपालिका, तमानखोला गाउँपालिका र निसीखोला गाउँपालिकामा बालबालिकालाई खोप दिईने उनले बताए ।
जिल्ला स्वास्थ्य कार्यालय बागलुङका अनुसार खोप लगाउने बालबालिका विद्यालयमा बढी हुने भएकाले एक सय २५ जना भन्दा बढी विद्यार्थी भएको स्थानमा विद्यालयलाईनै खोप केन्द्र निर्धारण गरिएको छ । बागलुङमा करिब ७१ हजार तीन सय ६५ बालबालिका १५ महिनादेखि १५ वर्ष उमेर समुहका रहेका छन् ।
हाल बागलुङमा तीन सय २० खोप केन्द्र कायम गरिएको छ । अभियानको लागी तीन सय ७० स्वास्थ्यकर्मी संगै एक हजार २ सय ८० स्वंयमसेवन परिचालन गरिएको छ ।
यो बिषयमा तपाईको प्रतिकृया