बागलुङमा आउँदो शुक्रबार अर्थात चैत्र २५ गते देखी टाईफाईड विरुद्धको खोप लगाउने अभियान संचालन गरिने भएको छ । जिल्लामा १० स्थानिय तहमा दुई चरणमा खोप अभियान संचालन गरिने स्वास्थ्य कार्यालय बागलुङले पत्रकार अन्तरक्रिया मार्फत जानकारी दिएको छ । खोप १५ महिना देखी १५ वर्ष भित्रका बालबालिकालाई प्रदान गरिने छ ।
पहिलो चरण चैत्र २५ देखि ३० गतेसम्म जिल्लाको बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, बरेङ गाउँपालिका, गलकोट नगरपालिका काठेखोला गाउँपालिका, र ताराखोला गाउँपालिकामा संचालन हुने स्वास्थ्य कार्यालय बागलुङका कार्यालय प्रमुख सुरज गुरौले जानकारी दिए । अभियानको दोस्रो चरण बैशाख २ गते देखी ७ गते सम्म ढोरपाटन नगरपालिका, तमानखोला गाउँपालिका, बडिगाड गाउँपालिका र निसीखोला गाउँपालिकामा संचालन हुने छ ।
अभियानमा जिल्ला भर कुल ७१ हजार ३६२ जना बालबालिकाले खोप लगाउने छन भने ३२० भन्दा बढि खोप केन्द्रमा एक खोप केन्द्र बराबर ३ जनाका दरले स्वास्थ्यकर्मी र कर्मचारी परिचालन हुने छन । अभियानका लागि १२८० बढि स्वयंसेवक परिचालन हुने स्वास्थ्य कार्यालयका खोप सुपरभाईजर राजु खत्रीले जानकारी दिए ।
बागलुङमा गत वर्षको तथ्याङ्क हेर्दा ६ हजार ९ सय ६० मा टाईफाईड देखिएको थियो । जिल्लामा यो रोग दश उत्कृष्ट रोग भित्र परेको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख गुरौले बताए । डाईफाईडबाट विश्वमा प्रत्यक वर्ष दुई करोड व्यक्तिमा संक्रमण हुने र करिब एक लाख ६१ हजार व्यक्तिको मृत्यु हुने तथ्याङ्क रहेको छ । नेपालमा भने प्रत्येक वर्ष चार लाख ५० हजारमा टाईफाईडको संक्रमण हुने गरेको कार्यक्रममा जानकारी गराईएको थियो ।
वयस्क व्यक्तिभन्दा बालबालिकालाई यस रोगको सम्भावन ११ प्रतिशत बढि रहेको छ । यस खोप करिब ९६ प्रतिशत प्रभावकारी रहेको प्रमुख गरौको भनाई छ । यो रोग सवै उमेर समुहका व्यक्तिहरुमा लागेको पाईएको छ । विषेषत १५ वर्ष मुखिका बालबालिकामा धेरै लागेको पाईएकोले सोही उमेरका बालबालिकालाई नै संचालन गरिने खोप सुपरभाईजर खत्रीले बताए ।
उच्च ज्वरो आउनु, टाउको दुख्ने, जिउ दुख्ने पसिना आउने र जिब्रोमा सेतो लेत लाग्ने जस्ता यो रोगका लक्षणहरु हुन । कार्यक्रम स्वास्थ्य कार्यालयका क्षयकृष्ठ निरीक्षक देवप्रकाश घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो ।
यो बिषयमा तपाईको प्रतिकृया