२३ असार २०७९ बिहीबार
Uttarganga : Voice Of People
  • Login
No Result
View All Result
  • होमपेज
  • स्थानीय तह
    • बागलुङ नगरपालिका
    • गल्कोट नगरपालिका
    • ढोरपाटन नगरपालिका
    • जैमिनी नगरपालिका
    • काठेखोला गाउँपालिका
    • तमानखोला गाउँपालिका
    • निसीखोला गाउँपालिका
    • ताराखोला गाउपालिका
    • बडिगाड गाउँपालिका
    • बरेङ् गाउँपालिका
  • प्रदेश विशेष
  • राजनीति
  • रोचक संसार
  • अन्तर्रवार्ता
  • सम्पादकीय
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ब्यबसाय
    • स्वास्थ्य
    • संस्कृति
    • मुक्ति T.V
    • साताको तस्बिर
  • होमपेज
  • स्थानीय तह
    • बागलुङ नगरपालिका
    • गल्कोट नगरपालिका
    • ढोरपाटन नगरपालिका
    • जैमिनी नगरपालिका
    • काठेखोला गाउँपालिका
    • तमानखोला गाउँपालिका
    • निसीखोला गाउँपालिका
    • ताराखोला गाउपालिका
    • बडिगाड गाउँपालिका
    • बरेङ् गाउँपालिका
  • प्रदेश विशेष
  • राजनीति
  • रोचक संसार
  • अन्तर्रवार्ता
  • सम्पादकीय
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ब्यबसाय
    • स्वास्थ्य
    • संस्कृति
    • मुक्ति T.V
    • साताको तस्बिर
No Result
View All Result
Uttarganga : Voice Of People
No Result
View All Result

चिल्ड्रेन लाइफ र वीर गोर्खाली विजयी

मुक्तिक्षेत्र संवाददाता संवाददाता: मुक्तिक्षेत्र संवाददाता
चिल्ड्रेन लाइफ र वीर गोर्खाली विजयी

बागलुङमा जारी जिल्ला लिग फुटबल प्रतियोगितामा वीर गोर्खाली युवा क्लब र बाल जीवन खेलकुद क्लबले विजयी सुरुवात गरेका छन् । आइतबार भएको समुह ‘ख’को पहिलो खेलमा वीर गोर्खाली युवा क्लबले रुद्रेपिपल युवा क्लबलाई २–० गोलअन्तरले पराजित गरेको छ । वीर गोर्खालीले दुवै गोल दोस्रो हाफमा गरेको थियो । खेलको ६६ औं मिनेटमा वीर गोर्खालीका कप्तान प्रमल थापाले रुद्रेपिपलका गोलकिपर जोनाथन बोहोराबाट रिबाउन्ड भएर आएको बललाई डिबक्सबाट गोलमा परिणत गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

वीर गोर्खालीको लागि खेलको ७२ औं मिनेटमा सञ्जय महतले गोल गर्दै जित सुनिश्चित गरेका थिए । जितपछि वीर गोर्खालीले तीन अंक प्राप्त गर्दै आफ्नो समुहको दोस्रो स्थानमा रहेको छ । उक्त खेलको म्यान अफ दि म्याच वीर गोर्खाली युवा क्लबका टिटस विक घोषित भएका थिए । यस्तै आजै भएको दोस्रो खेलमा बाल जीवन खेलकुद क्लबले मोहन थापाको ह्याट्रिक गोलको मद्दतमा बागलुङ कालिका युवा क्लबलाई ५–२ गोलअन्तरले पराजित गर्दै सुखद सुरुवात गरेको छ ।

सुरुवातदेखि नै आक्रमक खेल प्रस्तुत गरेको बाल जीवनले खेलको १२ औं मिनेटमा अजय पुनको गोलबाट अग्रता लिएको थियो । बाल जीवनको लागि खेलको २१ औं मिनेटमा सुजित राजकोटीले काउन्टर अट्याकमा गोल गर्दै अग्रतालाई दोब्बर बनाएका थिए । पहिलो हाफमा २–० गोलले अग्रता बनाएको बाल जीवनले दोस्रो हाफमा पनि आफ्नो लयलाई निरन्तरता दिएको थियो । खेलको म्यान अफ दि म्याच घोषित भएका बाल जीवनका मोहन थापाले खेलको ४६ औं, ५१ औं र ५८ औं मिनेटमा गोल गर्दै प्रतियोगितामा पहिलो ह्याट्रिक गर्न सफल भए ।

बागलुङ कालिकाको लागि खेलको ६३ औं मिनेटमा युवेश थापाले पेनाल्टीबाट गोल गरेका थिए । बाल जीवनका गोल रक्षक सौगात खड्काले बागलुङ कालिकाका खेलाडीलाई डिबक्स एरियामा फल गरेपछि प्राप्त गरेको पेनाल्टीलाई थापाले गोलमा परिणत गरेका थिए ।

यस्तै खेलको ७७ औं बाल जीवनका गोलकिपर खडका अगाडि बढेको अवस्थामा बागलुङ कालिकाका सचिन केसीले उत्कृष्ट गोल गर्दै गोलअन्तर घटाएका थिए । निर्धारित समयमा दुवै टिमबाट अन्य गोल नभएपछि बाल जीवनले जित सहित ३ अंक प्राप्त गरी समुहको शीर्ष स्थानमा उक्लिएको छ भने बागलुङ कालिका युवा क्लब समुहको पुछारमा रहेको छ । प्रतियोगिता अन्तरगत अन्तरगत सोमबार समूह ‘क’का दोस्रो चरणका खेलहरु हुनेछन् ।

सोमबार समूह ‘क’को पहिलो खेल गुठी युनाइटेड क्लब र पावर फिटनेस क्लब विच हुनेछ भने दोस्रो खेल रामरेखा फुटबल क्लब र कालिका भगवती युवा क्लब बिच हुने संघका महासचिव जय राजभण्डारीले बताए । जिल्ला फुटबल संघ बागलुङले आयोजना गरेको लिगमा ८ टोलीको सहभागिता रहेको छ । सहभागी ८ टोलीलाई दुई समुहमा विभाजन गरी लिग सञ्चालन गरिएको छ ।

समूह ‘क’मा रामरेखा फुटबल क्लब, गुठी युनाइटेड क्लब, पावर फिटनेस क्लब र कालिका भगवती युवा क्लब छन् । रुद्रेपिपल युवा क्लब, वीर गोर्खाली युवा क्लब, बाल जीवन खेलकुद क्लब र बागलुङ कालिका युवा क्लब समूह खमा छन् । राउन्ड रोविन लिगपछि दुई समूहका शीर्ष टोलीबीच फाइनल हुनेछ । जिल्ला फुटबल संघले लिगको लागि नयाँ ७ टोलीबीच छनोट प्रतियोगिता सञ्चालन गरेको थियो । त्यसबाट शीर्ष ३ टोली रामरेखा फुटबल क्लब, वीर गोर्खाली युवा क्लब र गुठी युनाइटेड क्लबले यस वर्षको लिगमा छनोट हुन सफल भएका थिए ।

लिग विजेता टोलीले ५५ हजार ५ सय ५५ रुपैयाँ र दोस्रो टोलीले ३३ हजार ३ सय ३३ रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीसहित विधागत उत्कृष्ट खेलाडी पनि पुरस्कृत हुने बताइएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email
  • shares
  • Facebook
  • Twitter
  • Pinterest
  • LinkedIn

यो बिषयमा तपाईको प्रतिकृया

Muktikshetra Daily

उत्तरगंगा पब्लिकेशन प्रा.ली.

बागलुङ नगरपालिका -२ धौलागिरी चोक, बागलुङ
E-mail: dailymukti@gmail.com
फोन नं.: ०६८-५२२०६२

अध्यक्ष : श्रीधर क‌ंडेल
प्रधान सम्पाद: धनराज सापकोटा
सम्पादक : नरेश कंडेल

सम्पादकीय / विचार

sampadakiye
सम्पादकीय

प्राकृतिक विपत्ति न्यूनीकरण

संवाददाता: मुक्तिक्षेत्र संवाददाता
October 26, 2021

प्रकृति मानिसको गुरु हर्ताकर्ता अभिभावक संरक्षक सर्वश्व हो । वैज्ञानिक प्रविधिको आविष्कार बढ्दो शहरीकरणसँगै प्रकृतिमा देखिएको विनाश विग्रदो वातावरणसँगै मानवजीवन...

Read more
बेमौसमी नागरिकता अध्यादेश

आर्थिक समृद्धिका लागि युवा

September 29, 2021
बेमौसमी नागरिकता अध्यादेश

सास्ती दिने यो लोकमार्ग

September 24, 2021
बेमौसमी नागरिकता अध्यादेश

पदकको गरिमा राख

September 22, 2021
बेमौसमी नागरिकता अध्यादेश

जातीय विभेद र विश्वकर्मा पूजा

September 17, 2021
बेमौसमी नागरिकता अध्यादेश

खाद्यान्न आयात कम गर्ने हो भने

September 16, 2021
बेमौसमी नागरिकता अध्यादेश

देउवा सरकारले खेरा फालेको दुई महिना

September 16, 2021
बेमौसमी नागरिकता अध्यादेश

स्वास्थ्य मापदण्ड पालना गराऔ :विद्यालय खोलौं

September 12, 2021

© 2020 Muktishetra, All right reserved | Developed with ❤️ by Webpal

No Result
View All Result
  • होमपेज
  • स्थानीय तह
    • बागलुङ नगरपालिका
    • गल्कोट नगरपालिका
    • ढोरपाटन नगरपालिका
    • जैमिनी नगरपालिका
    • काठेखोला गाउँपालिका
    • तमानखोला गाउँपालिका
    • निसीखोला गाउँपालिका
    • ताराखोला गाउपालिका
    • बडिगाड गाउँपालिका
    • बरेङ् गाउँपालिका
  • प्रदेश विशेष
  • राजनीति
  • रोचक संसार
  • अन्तर्रवार्ता
  • सम्पादकीय
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ब्यबसाय
    • स्वास्थ्य
    • संस्कृति
    • मुक्ति T.V
    • साताको तस्बिर

© 2020 Muktishetra, All right reserved | Developed with ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In