२३ असार २०७९ बिहीबार
Uttarganga : Voice Of People
  • Login
No Result
View All Result
  • होमपेज
  • स्थानीय तह
    • बागलुङ नगरपालिका
    • गल्कोट नगरपालिका
    • ढोरपाटन नगरपालिका
    • जैमिनी नगरपालिका
    • काठेखोला गाउँपालिका
    • तमानखोला गाउँपालिका
    • निसीखोला गाउँपालिका
    • ताराखोला गाउपालिका
    • बडिगाड गाउँपालिका
    • बरेङ् गाउँपालिका
  • प्रदेश विशेष
  • राजनीति
  • रोचक संसार
  • अन्तर्रवार्ता
  • सम्पादकीय
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ब्यबसाय
    • स्वास्थ्य
    • संस्कृति
    • मुक्ति T.V
    • साताको तस्बिर
  • होमपेज
  • स्थानीय तह
    • बागलुङ नगरपालिका
    • गल्कोट नगरपालिका
    • ढोरपाटन नगरपालिका
    • जैमिनी नगरपालिका
    • काठेखोला गाउँपालिका
    • तमानखोला गाउँपालिका
    • निसीखोला गाउँपालिका
    • ताराखोला गाउपालिका
    • बडिगाड गाउँपालिका
    • बरेङ् गाउँपालिका
  • प्रदेश विशेष
  • राजनीति
  • रोचक संसार
  • अन्तर्रवार्ता
  • सम्पादकीय
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ब्यबसाय
    • स्वास्थ्य
    • संस्कृति
    • मुक्ति T.V
    • साताको तस्बिर
No Result
View All Result
Uttarganga : Voice Of People
No Result
View All Result

बागलुङमा हात्तीपाइले निवारणका लागि १३ औं पटक औषधि अभियान

मुक्तिक्षेत्र संवाददाता संवाददाता: मुक्तिक्षेत्र संवाददाता
बागलुङमा हात्तीपाइले निवारणका लागि १३ औं पटक औषधि अभियान

हात्तीपाइले रोग विरुद्ध औषधि खुवाउने अभियान शनिबारबाट सुरु भएको छ । यस अघि १२ वर्षसम्म सञ्चालन गरिएको हात्तीपाईले रोग विरुद्ध औषधि खुवाउने अभियान हात्तीपाईले रोग निवारणका लागि असफल भएपछि यहाँ १३ औं पटक यो अभियान सुरु गरिएको हो । मूलतः ६ वर्ष अभियान सञ्चालन गरेपछि निवारण हुने हात्तीपाईले बागलुङमा भने दोब्बर बढि समय अभियान सञ्चालन गर्दा पनि निवारण हुन सकेको छैन । गतवर्ष अन्तिम पटक अभियान गर्ने योजनाका साथ स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा औषधि खुवाईए पनि अभियान सफल हुन सकेन ।

हात्तीपाईले विरुद्ध अभियान सञ्चालन भएको ६ महिना पछि स्वास्थ्य मन्त्रालय सहितको टोलीले जिल्लामा आएर सर्वेक्षण गर्दा हात्तीपाइले निवारण नभएको भेटिएपछि यो पटक पनि अभियान सञ्चालन गर्न बाध्य भएको हो । बागलुङसंगै गण्डकी प्रदेशका पर्वत र लमजुङमा पनि यो अभियान सञ्चालनमा छ । जिल्लाको नाराणस्थान र कुस्मीसेरामा गरिएको नमुना परिक्षणमा बागलुङमा हात्तीपाइले निवारण नभएको भेटिएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । बागलुङ नगरपालिका–१४ नारायणस्थान र जैमिनी नगरपालिका–१ कुश्मिसेरामा नमुना परीक्षण गरिएको थियो ।

स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौंका अनुसार २.६६ प्रतिशत भन्दा ज्यादा व्यक्तिहरुमा हात्तीपाईलेको जीवाणु देखिएकाले अभियान सञ्चालन गर्नु परेको हो । नारायणस्थान र कुस्मीसेरामा बढी जोखिम देखिए पनि जिल्लाभर अभियान सञ्चालन गर्नु परेको हो । ‘नमुना परीक्षणमा हामी हात्तीपाईले निवारण गर्न असफल भएको देखियो,’ स्वास्थ्य कार्यालय बागलुङका प्रमुख गुरौं भन्छन्,‘निवारण नभएको देखिएपछि हामीले फेरि पनि अभियान सञ्चालन गरेका छौं ।’ विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार २ प्रतिशतभन्दा बढीमा हात्तीपाइलेको परजीवी भेटिएमा हात्तीपाइले विरुद्धको अभियान सञ्चालन गर्नुपर्छ ।

‘सन् २०१४ मा ३ प्रतिशत रहेको जिल्लाका तथ्याङ्क २०२१ सम्म पनि २.६६ प्रतिशतभन्दा तल हुन सकेन २ प्रतिशतभन्दा तल नझरेसम्म नियमित औषधि खुवाउनुपर्नेछ,’ उनले भने,‘१२ वर्षसम्म जिल्लाभर औषधि खुवाइएकाले यस वर्षदेखि हात्तीपाइलेको औषधि खुवाउन पर्दैन भन्ने थियो तर सफल हुन सकिएन ।’ परीक्षणका क्रममा एक ठाउँमा मात्र देखिए पनि एक मान्छेबाट अर्कोमा पनि सर्ने जोखिम हुने भएकाले जिल्लाभर नै अभियान सञ्चालन गरिएको हो । यो पटक अभियानलाई प्रभावकारी बनाउनका लागि अनुगमनसंगै औषधि सेवन गरेको कार्ड समेत वितरण अभियान थालिएको उनले बताए ।

‘अभियानमा औषधि धेरैसंग पुग्ने तर सबैले औषधि खाए खाएनन् भन्ने कुरा थाहा नुहँदा समस्या भयो,’ उनले भने,‘त्यसका कारण स्वास्थ्यकर्मीको निगरानीमै औषधि खुवाउन थालेका छौं । यो पटक अनुगमनसंगै नारायणस्थान र कुस्मीसेरामा औषधि खुवाएको कार्ड पनि वितरण गर्दैछौं ।’ वडा कार्यालयसंग समन्वय गरी अन्य सेवाका लागि औषधि कार्ड अनिवार्य गर्ने विषयमा छलफल भैरहेको उनी बताउँछन् । शनिबारदेखि अभियान सुरु भएको स्वास्थ्य कार्यालय बागलुङकी जनस्वास्थ्य निरीक्षक लक्ष्मीले शर्माले बताइन् ।

‘पहिले जस्तो यति दिन भन्ने छैन, सबै ठाउँमा स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा औषधि खुवाउने छौ,’ स्वास्थ्य कार्यालय बागलुङका जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्माले भनिन् ,‘जनसंख्या र भूगोल अनुसार दिन लम्बिन सक्छ, तर सबै ठाउँमा लक्ष्य तय गरेका छौ, नाम ठेगाना उल्लेख गरेरै औषधि खुवाएर अभियानलाई प्रभावकारी बनाउन लाग्नेछौ ।’ उचेरिया बाक्रोप्टि नामक ब्याक्टेरियाबाट लाग्ने हात्तिपाइले (फाइलेरिया) रोग क्यूलेक्स नामको पोथी लामखुट्टेको टोकाइबाट एक मान्छेबाट अर्को मान्छेमा सर्ने गर्दछ ।

जनस्वास्थ्य निर्देशनालयले बागलुङमा २ लाख ९३ हजार ४ सय २५ जनालाई स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा औषधि खुवाउने लक्ष्य लिएको छ । अभियानमा दुई वर्षमुनिका बालवालिका, गर्भवती महिला तथा ७ दिन भित्रकी सुत्केरी महिला, दीर्घरोगी र सिकिस्त बिरामी बाहेक सबैले उमेर समूह अनुसार डि. ई. सी. चक्की र जुकाको औषधि खानुपर्नेछ । हात्तीपाईलेसँगै जिल्लामा हाईड्रोशिलका बिरामी पनि धेरै छन् । जिल्लाभरी हालसम्म १६२ जनामा हाईड्रोसिल भएको देखिए पनि ९ जनाले बाहेक यसको सफल उपचार नगरेको कार्यालयको तथ्याङ्क रहेको छ ।

हाईड्रोसिल पनि हात्तीपाइलेकै लक्षण हो । विभिन्न भ्रमहरुका कारण नागरिकले सहज रुपमा औषधि सेवन नगर्दा समस्या परेको स्वास्थ्य कार्यालयले जनाएको छ । औषधि सेवनपछि सामान्य, टाउको दुःख्ने, ज्वरो आउने झम्म बनाउने समस्या देखिएको खण्डमा औषधिले काम गरेको बुझ्नुपर्ने स्वास्थ्यकर्मीको भनाई छ । औषधि खुवाउने अभियानका लागि गैर सरकारी संस्था फेयरमेड नेपाल र विवाइसी बागलुङले सहयोग गरेका छन । धौलागिरि अस्पतालबाट हात्तीपाईले विरुद्ध औषधि खुवाउने अभियानका सुरुवात गरिएको हो ।

अभियानको सुरुवात गर्दै बागलुङका प्रमुख जिल्ला अधिकारी रमेश ढकालले अभियान सफलताका लागि सबैले आ—आफ्नो क्षेत्रबाट दायित्व पूरा गर्नुपर्ने बताए । ‘स्वास्थ्यकर्मीहरुको जिम्मेवारी अलि बढी छ,’ उनी भन्छन्,‘आम नागरिक अन्य सरोकारवाला सबै निकायहरुले आफ्नो भूमिका निभाउनुप¥यो ।’ प्रमुख जिल्ला अधिकारी रमेश ढकाल, जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख दयानिधि ज्ञवाली, धौलागिरि अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र विक पोख्रेल, स्वास्थ्य कार्यालय प्रमुख सुरज गुरौं लगायत उपस्थितले औषधि सेवन गरेर हात्तीपाइले विरुद्धको अभियान सुरु गरेका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email
  • shares
  • Facebook
  • Twitter
  • Pinterest
  • LinkedIn

यो बिषयमा तपाईको प्रतिकृया

Muktikshetra Daily

उत्तरगंगा पब्लिकेशन प्रा.ली.

बागलुङ नगरपालिका -२ धौलागिरी चोक, बागलुङ
E-mail: dailymukti@gmail.com
फोन नं.: ०६८-५२२०६२

अध्यक्ष : श्रीधर क‌ंडेल
प्रधान सम्पाद: धनराज सापकोटा
सम्पादक : नरेश कंडेल

सम्पादकीय / विचार

sampadakiye
सम्पादकीय

प्राकृतिक विपत्ति न्यूनीकरण

संवाददाता: मुक्तिक्षेत्र संवाददाता
October 26, 2021

प्रकृति मानिसको गुरु हर्ताकर्ता अभिभावक संरक्षक सर्वश्व हो । वैज्ञानिक प्रविधिको आविष्कार बढ्दो शहरीकरणसँगै प्रकृतिमा देखिएको विनाश विग्रदो वातावरणसँगै मानवजीवन...

Read more
बेमौसमी नागरिकता अध्यादेश

आर्थिक समृद्धिका लागि युवा

September 29, 2021
बेमौसमी नागरिकता अध्यादेश

सास्ती दिने यो लोकमार्ग

September 24, 2021
बेमौसमी नागरिकता अध्यादेश

पदकको गरिमा राख

September 22, 2021
बेमौसमी नागरिकता अध्यादेश

जातीय विभेद र विश्वकर्मा पूजा

September 17, 2021
बेमौसमी नागरिकता अध्यादेश

खाद्यान्न आयात कम गर्ने हो भने

September 16, 2021
बेमौसमी नागरिकता अध्यादेश

देउवा सरकारले खेरा फालेको दुई महिना

September 16, 2021
बेमौसमी नागरिकता अध्यादेश

स्वास्थ्य मापदण्ड पालना गराऔ :विद्यालय खोलौं

September 12, 2021

© 2020 Muktishetra, All right reserved | Developed with ❤️ by Webpal

No Result
View All Result
  • होमपेज
  • स्थानीय तह
    • बागलुङ नगरपालिका
    • गल्कोट नगरपालिका
    • ढोरपाटन नगरपालिका
    • जैमिनी नगरपालिका
    • काठेखोला गाउँपालिका
    • तमानखोला गाउँपालिका
    • निसीखोला गाउँपालिका
    • ताराखोला गाउपालिका
    • बडिगाड गाउँपालिका
    • बरेङ् गाउँपालिका
  • प्रदेश विशेष
  • राजनीति
  • रोचक संसार
  • अन्तर्रवार्ता
  • सम्पादकीय
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ब्यबसाय
    • स्वास्थ्य
    • संस्कृति
    • मुक्ति T.V
    • साताको तस्बिर

© 2020 Muktishetra, All right reserved | Developed with ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In