बिषेशतः युवाहरुको सक्षम र आन्तरिक प्रतिभा प्रस्फुटन गर्न स्थापित अन्तराष्ट्रिय संस्था बागलुङ जेसीजले कार्तिक ६ गते देखि कार्तिक १२ गते सम्म जेसीज मनाउने भएको छ । जेसीजले जेसीज सप्ताह प्रत्येक वर्ष मनाउँदै आईरहेको छ ।
यस वर्ष पनि बिभिन्न कार्याक्रम गरि मनाउने निर्णय भएको बिहिबार जेसीज सभाहलमा आयोजित पत्रकार भेटघाट कार्यक्रम मार्फत जानकारी गराईएको छ । जस अन्र्तगत कार्तिक ६ गते उद्घाटन तथा स्व. कृष्ण प्रसाद शाक्य स्मृति युवा सम्मान कार्यक्रम गर्ने भएको छ । जस अन्र्तगत १८ वर्ष देखि ४० वर्ष सम्मका बिभिन्न क्षेत्रमा लागेको दुई युवालाई सम्मान गर्न लागिएको बागलुङ जेसीजका अध्यक्ष आनन्द प्रसाद रेग्मीले जानकारी दिए ।
यस्तै, कार्तिक ६ गते नै नेपाल पत्रकार महासंघ बागलुङ र बागलुङ जेसिज बिच मैत्रिपुर्ण फुटसल प्रतियोगिता हुुने छ । त्यसैगरि, कार्तिक ७ स्व. सत्यदेखि स्मृति स्लो बाईक रेस, कार्तिक ८ गते बैँङ्कर्स करियर तालिम, कार्तिक ९ गते स्वास्थ्य र पर्यावरणका लागी साईकल यात्रा, १० गते बोल्ने क्षमता अभिबृद्धि तालिम, ११ गते नृत्य प्रतियोगिता र १२ गते स्व. प्रगति स्मृति बक्तृत्वकला प्रतियोगिता तथा पुरस्कार बितरण तथा समापन गर्ने कार्यक्रम रहेको छ ।
कार्यक्रममा जेसीज सप्ताहका मूल संयोजक अमर बहादुर थापाले सप्ताहको बारेमा जानकारी गराएका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका सचिव बिजय रानाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
भेटघाट कार्यक्रम बागलुङ जेसीज २०२१का अध्यक्ष आनन्द रेग्मीको अध्यक्षता, जेसीजका पूर्व अध्यक्ष सुरेन्द्र शाक्यको स्वागत तथा बागलुङ जेसीजका महासचिव प्रकाश आचार्यको संचालनमा सम्पन्न भएको थियो ।
यो बिषयमा तपाईको प्रतिकृया