बागलुङमा छैनन् सिसिटिभी क्यामेरा

राजन रेग्मी संवाददाता: राजन रेग्मी
बागलुङमा छैनन् सिसिटिभी क्यामेरा

बिक्रम संवत २०७१ फाल्गुनमा बागलुङ उद्योग वाणिज्य संघ, बागलुङ नगरपालिका र जिल्ला प्रहरी कार्यालय बागलुङको सहकार्यमा बागलुङमा मुख्य सडकमा लाखौँ रुपैँया खर्चेर २९ वटा सिसिटिभी क्यामेरा जडान गरिएको थियो । अहिले ती सिसिटिभी क्यामेरा बागलुङ नगरपालिकाले मर्मत गर्न ध्यान नदिदा प्रयोगबिहिन हुनुका साथै निकालेर राखिएको छ ।

सिसिटिभी क्यामेरा नहुँदा दिनदाहडै चोरी, लुटपाट लगायतका सामाजिक अपराध हुने गरेको यहाँ स्थानिय बताउछन् । ‘केहि समय पहिले समय सिसिटिभी क्यामेराहरुले बागलुङका मुख्य चोकमा निगरानी गरिरहेका थिए । तर, अहिले ति क्यामेराहरु झिकिएको छ । दिनदाहडौ पसल बाहिर राखेका कपडा निकालेर हिड्छन् पत्तै पाईदैन ।

बागलुङ जिल्लाकै सदरमुकाम रहेको यस्तो संवेदनशिल ठाउँमा सिसिक्यामेरा भएको खण्डमा सबैलाइै शहज हुने थियोे,्’ स्थानिय जीवनाथ गौतमले बताए । त्यस्तै, स्थानिय गोपाल पौडेल भन्छन् ‘सिसिटिभी क्यामेरा नहुदा बजारको सुरक्षा चुनौती थपिएको छ । मुख्य सडकमा रातको समयमा पार्किङ गरि राखिएका मोटरसाईकल, स्कुटर हराउन थालेका छन् ।

रातको समयमा त चोरी बढेको छ नै, दिनको समयमा पनि सदरमुकाममा रहेको कपडा पसलमा राखिएका कपडा ह्याङगरबाटै हराउने जस्ता अपराध बढेका छन् ।’ भन्छन् ‘ त्यती मात्र नभई तिब्र गतिमा मोटरसाईकल कुदाउने, ट्राफिक नियमको उल्लंघन गर्नेको संख्या पनि बढ्दै गएको । सिसिटिभी क्यामेरा भएमा यस्ता अपराध न्यूनिकरण हुने थिए ।’

बागलुङका जनतालाई अपराध नियन्त्रण र सामाजिक सुरक्षाको प्रत्याभूति दिलाउन जडान गरिएका सिसी क्यामेराको जिल्ला प्रहरी कार्यालय बागलुङले निगरानी गरिरहेको थियो । बिग्रिएका क्यामेरा मर्मत गर्नुपर्ने, स्थान्तरण गर्नु पर्ने र परिवर्तन गर्नु पर्ने भएकाले सिसिटिभि क्यामेरा निकालिएको बागलुङ नगरपालिका वडा नम्बर २ का सदस्य अर्जुन घिमिरेले जानकारी दिए । अब केहि समयमा नयाँ २० वटा क्यामेरा जडा्नका लागी प्रक्रिया सुरु भएको घिमिरेले बताए ।

उनले भने ‘ बागलुङ नगरपालिकाको लगानी, वडा नम्बर २ को पहल र जिल्ला प्रहरी कार्यालय बागलुङ र उद्योग बाणिज्य संघ बागलुङकोे सहयोगमा थप २० ठाउँमा नयाँ क्यामेरा जडा्न गर्ने भनेर सर्भे गरिसकेको छौँ । करिब ३० लाख बराबरको लागत स्टिमेट पनि तयार भैसकेको छ । दशैँ लगत्तै सिसिटिभी क्यामेरा जडान गरि संचालनमा ल्याउने हाम्रो तयारी जारी छ ।’

दिनानुदिन बढ्दै गएका अपराधका घटनाले थप सुरक्षा चुनौती समेत थपिएको छ । सुरक्षा व्यवस्था थप सुद्धिड बनाउनका लागी ‘सिसि क्यामेरा’ संचालनमा आउनु पर्ने स्थानियहरुले माग गरेका छन् । सिसिटिभी संचालनमा ल्याउनका लागी जिल्ला स्थित सरोकारवाला निकाय संग सहकार्य भैरहेको बागलुङ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जीवन ज्ञवालीले जानकारी दिए ।

स्थानिय तहको चुनाव भएयता बागलुङ नगरपालिकाले बागलुङ उद्योग वाणिज्य संघ सहकार्य गर्न नखोज्दा र सिसिटिभी क्यामेरा मर्मत गर्न तर्फ चाँसो नदिदा सिसिटिभी क्यामेरा प्रयोगविहिन बनेको बागलुङ उद्योग बाणिज्य संघले निवर्तमान अध्यक्ष जयराम भारीले बताए । ‘

स्थानिय सरकारले सिसिटिभी मर्मत गर्नका लागी कुनै पनि चाँसो देखाएन, बागलुङ नगरपालिकाले कुनै पनि चाँसो नदेखाएपछि हामीले पहिलेका सिसिटिभी क्यामेरा निकालेर उद्योग बाणिज्य संघको भवनमा ल्याएर राखेका छौँ ।’ भन्छन् ‘बागलुङ नगरापालिकाका मेयरले नयाँ सिसिटिभी जडान् गर्ने भनेर कयौँ पटक सर्भे पनि गर्नुभयो, उहाँ बोल्नुमात्र हुन्छ, काम भने गर्नुहुन्न । बागलुङ बजार जस्तो ठाउँमा सिसिटिभी क्यामेरा निकै आवश्यक छ ।’

सुरक्षाको दृश्टीकोणले निकै महत्वपुर्ण मानिएको सिसिटिभि क्यामेरा जडान् भएपछि पनि मर्मत नहुनु दुखद हुनुका साथै स्थानिय सरकारले मर्मत गर्न नसक्नु लज्जाको बिषय हो । यस बिषयमा बागलुङ नगरपालिकाले ध्यान पुराएको खन्डमा दिनानुदिन बढ्दै गएका अपराधका घटना न्यूनिकरण हुने स्थानियहरुले बताएका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

यो बिषयमा तपाईको प्रतिकृया

Muktikshetra Daily

उत्तरगंगा पब्लिकेशन प्रा.ली.

बागलुङ नगरपालिका -२ धौलागिरी चोक, बागलुङ
E-mail: dailymukti@gmail.com
फोन नं.: ०६८-५२२०६२

अध्यक्ष : श्रीधर क‌ंडेल
प्रधान सम्पाद: धनराज सापकोटा
सम्पादक : नरेश कंडेल

सम्पादकीय / विचार

बेमौसमी नागरिकता अध्यादेश
सम्पादकीय

दुव्र्यसन नियन्त्रणमा आमाको भूमिका

संवाददाता: मुक्तिक्षेत्र संवाददाता
September 23, 2022

बागलुङमा पछिल्लो समय लागूऔषध दुव्र्यसनीमा फस्नेहरुको संख्या बढ्दै गएको देखिन्छ । जिल्ला प्रहरी कार्यालयले चलाएको दुव्र्यसन विरुद्धको अभियानमा धरै व्यक्तिहरु...

Read more
बेमौसमी नागरिकता अध्यादेश

संविधानको सबैले पालना गरौं

September 20, 2022
बेमौसमी नागरिकता अध्यादेश

आत्महत्या निरुत्साहित गरौं

September 18, 2022
बेमौसमी नागरिकता अध्यादेश

बाल दिवस र बालबालिकाको भविष्य

September 14, 2022
sampadakiye

प्राकृतिक विपत्ति न्यूनीकरण

October 26, 2021
बेमौसमी नागरिकता अध्यादेश

आर्थिक समृद्धिका लागि युवा

September 29, 2021
बेमौसमी नागरिकता अध्यादेश

सास्ती दिने यो लोकमार्ग

September 24, 2021
बेमौसमी नागरिकता अध्यादेश

पदकको गरिमा राख

September 22, 2021

© 2020 Muktishetra, All right reserved | Developed with ❤️ by Webpal

No Result
View All Result
  • होमपेज
  • स्थानीय तह
    • बागलुङ नगरपालिका
    • गल्कोट नगरपालिका
    • ढोरपाटन नगरपालिका
    • जैमिनी नगरपालिका
    • काठेखोला गाउँपालिका
    • तमानखोला गाउँपालिका
    • निसीखोला गाउँपालिका
    • ताराखोला गाउपालिका
    • बडिगाड गाउँपालिका
    • बरेङ् गाउँपालिका
  • प्रदेश विशेष
  • राजनीति
  • रोचक संसार
  • अन्तर्रवार्ता
  • सम्पादकीय
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ब्यबसाय
    • स्वास्थ्य
    • संस्कृति
    • मुक्ति T.V
    • साताको तस्बिर

© 2020 Muktishetra, All right reserved | Developed with ❤️ by Webpal