धौलागिरि अस्पताल बागलुङले अस्पताल व्यवस्थापन समितिका निवर्तमान पदाधिकारीहरु तथा सहयोगदाताहरुलाई सम्मान कार्यक्रम सम्पन्न गरेको छ । अस्पतालले कार्यकाल सकिएका पदाधिकारी तथा अस्पताल सञ्चालनका गर्नका लागि सहयोग गर्ने पदाधिकारीलाई सम्मान गरेको छ ।
कार्यक्रममा बोल्दै अस्पताल व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष केवी राना मगरले आफूहरुले अस्पताललाई नयाँ उचाइँमा ल्याइपुराएको बताएका छन् । आफुहरु समितिमा आउनु अगाडि अस्पतालको अवस्था नाजुक रहेको र आफुहरु समितिमा आएपछि अस्पतालले मुहार फेरेको दाबी गरेका छन् ।
अस्पताल जस्तो संवेदनशील क्षेत्रलाई राजनीति हाबी हुन नदिनाको लामो सङ्घर्ष गरेको बताए । ‘अस्पताल जस्तो संवेदनशील क्षेत्रमा राजनीति हाबी भयो भने जनताले दुःख पाउँछन्, यस्तो ठाउँमा कुनै पनि तरिकाको राजनीतिको प्रभाव हुन हुदैन,’ मगरले भने ।
आफुहरु भन्दा पहिलेको समितिले जसरी आफुहरुले राजनीतिक भागबन्डा जसरी कर्मचारी भर्ना नगरेको समेत रानाले बताए । राम्रो काम गर्नको लागि राजनीति नभई इच्छाशक्ति चाहिने उनले बताए ।
भन्छन्,‘स्वास्थ्य कर्मचारीहरुलाई राजनीतिक पृष्ठभूमिबाट नियुक्त गरेको भए आज अस्पतालको अवस्था के हुन्थ्यो होला ? राम्रा तथा क्षमतावान जनशक्ति खाली बस्नुपर्ने अवस्था रहन्थ्यो र सो कारण जनताहरु राम्रो उपचारको अभावमा छट्पटाउनु पर्दथ्यो,’ मगरले भने,‘तर, मेरो कार्यकालमा मैले त्यस्तो कहिल्यैँ पनि गरिनँ, राजनीतिक नियुक्तिका लागि बिभिन्न दबाब आएको भए पनि मैले कहिल्यै पनि कसैको कुरा पनि सुनिनँ, बस, राम्रो काम गर्नको लागि इच्छाशक्ति चाहिन्छ । अहिले सबै पाटीको पृष्ठभूमिको कर्मचारी धौलागिरी अस्पतालमा हुनुहुन्छ ।’
कार्यक्रममा अस्पतालमा बिभिन्न समयमा सहयोग गर्ने सहयोगदाताहरुलाई सम्मान गरेको थियो । कार्यक्रममा सहयोगीहरुको तर्फबाट शम्भु आचार्य, नेपाल पत्रकार महासंघ बागलुङका सचिव विजय राना लगायतले मन्तव्य व्यक्त गरेका थिए । धौलागिरि अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र विक पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत अस्पताल व्यवस्थापक प्रमिला ढकालको स्वागत र नवराज पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।
यो बिषयमा तपाईको प्रतिकृया