धौलागिरि क्याम्पस स्वायत्त, अब स्रोत साधन जुटाएर आफै कार्यक्रम ल्याउन पाउने

संगम घर्ती मगर संवाददाता: संगम घर्ती मगर
धौलागिरि क्याम्पस स्वायत्त, अब स्रोत साधन जुटाएर आफै कार्यक्रम ल्याउन पाउने

धौलागिरिको एक मात्र आङ्गिक क्याम्पस धौलागिरि बहुमुखी क्याम्पस स्वायत्त भएको छ । लामो समयको छलफल र बहसपछि क्याम्पसलाई स्वायत्ततामा लगिएको हो ।

विगतमा क्याम्पसले सञ्चालन गर्ने हरेक कार्यक्रमका लागि त्रिभुवन विश्वविद्यालयबाट स्वीकृति लिनुपर्ने अवस्था रहेकोमा अब स्वायत्ततामा गएपछि क्याम्पसले आफ्नै बलबुतामा नयाँ कार्यक्रमहरु लागु गर्न सक्नेछ । असोज १७ गते क्याम्पस सञ्चालन समिति गठन भएसंगै औपचारिक रुपमा धौलागिरि बहुमुखी क्याम्पस स्वायत्ततामा गएको क्याम्पस प्रमुख प्रा.डा. रामप्रसाद उपाध्यायले बताए ।

‘यो विषयमा हामीले विगतदेखि नै निकै धेरै छलफल र बहस चलाउँदै आएका थियौं,’ उनले भने,‘असोज १७ मा हामीले औचारिक रुपमा सञ्चालक समिति गठन गरेका छौं । अब क्याम्पस स्वायत्त भएको छ ।’ स्रोत साधन जुटाउने र खर्च गर्ने अधिकारी सञ्चालक समितिमा हुँदा काम गर्न सहज हुने उनको भनाई छ ।

‘हामीलाई सबैभन्दा समस्या भएको आंशिक शिक्षकहरुको व्यवस्थापन हो, विश्वविद्यालयले करारमा पनि नगरिदिने र हामीलाई व्यवस्थापनको अधिकार पनि नदिने गर्दा समस्या भएको थियो,’ अहिले पनि क्याम्पसको धेरैजसो भार आंशिक शिक्षकहरुको काँधमा छ । स्वायत्ततापछि हामीले आफै यो व्यवस्थापन गर्न सक्नेछौं ।’

दरबन्दी अनुसार शिक्षक प्राध्यापक पनि नपठाउने र दरबन्दीको तलब पनि नपठाइदिने गर्दा समस्या भएको उनी बताउँछन् । ‘स्वायत्ततामा गएपछि दरबन्दी अनुसारको रकम एकमुष्ट हाम्रो खातामा आउँछ र हामीले हाम्रो तरिकाले त्यसको उपयोग गर्न सक्छौं, विगतमा त दरबन्दी अनुसारको जनशक्ति पनि नपठाइदिने र तलब पनि नपठाइदिने गरेर समस्या भएको थियो,’ उपाध्यायले भने ।

नयाँ कार्यक्रमहरु सञ्चालन गर्दा विश्वविद्यालयले झन्झटिलो बनाउने गरेकोमा अब यहाँको आवश्यकता अनुसार आफै निर्णय गरेर सञ्चालन गर्न सकिने उनी बताउँछन् । ‘त्रिभुवन विश्वविद्यालयले आफूले भार बहन गर्नुपर्छ भनेर नयाँ कार्यक्रम सञ्चालनका लागि अनुमति दिन निकै झन्झटिलो बनाएको थियो,’ प्रा.डा उपाध्यायले भने,‘अब हामीले आफै स्रोत जुटाउने र आफै निर्णय गरेर कार्यक्रम चलाउन सकिन्छ । यहाँको माग र आवश्यकतालाई हेरेर ।’ पहल गर्न सकेको खण्डमा विभीन्न संघ संस्थाबाट सिधै सहयोग भित्र्याउन सकिनेछ । विगतमा सबै सहयोग तथा अनुदान विश्वविद्यालय मार्फत आउने गथ्र्यो ।

क्याम्पसलाई विश्वविद्यालयको रुपमा विकास गर्ने योजना साथ अगाडि बढेको र क्याम्पसले क्युएए लिने तयारीमा गएकाले पनि स्वायत्तता आवश्यक भएको उनले बताए । अहिले धौलागिरि क्याम्पसमा ६१ जना प्राध्यापकहरुको दरबन्दी रहेको धौलागिरि क्याम्पसमा ४२ जना मात्रै कार्यरत रहेका छन् ।

३४ जना कर्मचारीको दरबन्दी मध्ये २७ जना कार्यरत रहेका छन् । ६१ जना शिक्षक प्राध्यापक र ३४ जना कर्मचारीको तलब र त्यसमा अरु १५÷२० जना शिक्षक प्राध्याकपको दरबन्दी थप गराएर एकमुष्ट पैसा ल्याउने क्याम्पसको योजना रहेको उनले बताए । ‘स्वायत्ततामा गएपछि दरबन्दी रहेको प्राध्यापक कर्मचारीको एकमुष्ट तलब आउँछ, हामीले लामो समयदेखि धेरै कार्यक्रमहरु सञ्चालन गरेकाले अरु १८÷२० जना शिक्षक प्राध्यापकको दरबन्दी थप्न आग्रह गर्ने गरी अगाडि बढेका छौं,’ उनले भने ।

क्याम्पस सञ्चालक समितिले सञ्चालन गर्न नसकेको खण्डमा समितिले निर्णय गरेर र विश्वविद्यालयले पनि राम्रो काम नभएको अनुभूति गरेमा आफैले पुनः क्याम्पसलाई पुरानै अवस्था फर्काउन सक्नेछ । क्याम्पस स्वायत्ततामा गएसंगै यसलाई अझ राम्रो बनाउने चूनौती थपिएको धौलागिरि क्याम्पसका उपप्राध्यापक ध्रुवराज गौतम बताउँछन् ।

‘स्थानीयले स्वामित्व ग्रहण गरेर नयाँ कार्यक्रमहरु बनाउने राम्रो गर्न सकेमा स्वयत्तताले दिनै ठूलो फाइदा पुग्नेछ,’ उनले भने,‘होटल व्यवस्थापन, पर्यटन जस्ता अहिलेको बजारमा बिक्ने खालको कार्यक्रम सञ्चालन गर्न सकिन्छ ।’ त्यसका लागि यहाँको समुदायले अपनत्व लिनुपर्ने उनको भनाइ छ । धौलागिरि क्याम्पस सञ्चालक समितिका अध्यक्ष प्रा.डा. दिनबहादुर थापाले यहाँको आवश्यकता अनुसारको नीति विधान र कार्ययोजना बनाएर कार्यक्रम कार्यान्वयन गर्ने बताए ।

‘हामीले अहिले पनि विज्ञान, विविए, डिग्री चलाएका छौं, ती कार्यक्रम विश्वविद्यालयबाट स्वीकृत कार्यक्रम होईन, अनुमतिका लागि निकै झन्झट व्यहोर्नुपथ्र्यो, अब हामीले नै निर्णय गरेर कामर्यक्रम गर्न सक्छौं,’ थापाले भने । सबै क्षेत्रको प्रतिनिधित्व हुनेगरी आफ्नो नेतृत्वमा २१ सदस्यीय सञ्चालक समिति गठन भएकाले त्यसले सबैसंग सुझाव लिने तथा अध्ययन गरेर कार्ययोजना बनाउने उनले बताए ।

पूर्णकालीन जनशक्तिको व्यवस्था गर्न, गुणस्तर सुनिश्चिता प्रत्यायन क्यूएए प्रमाणपत्र प्राप्त गर्न र क्याम्पसको भौतिक तथा शैक्षिक विकासका लागि स्वायत्तता महत्वपूण रहेको प्रा.डा.थापाले बताए । क्याम्पस सञ्चालक समिति गठन भएपछि समितिले विभीन्न प्रतिबद्धता समेत जाहेर गरेको छ ।

गुणस्तर सुनिश्चिता प्रत्यायन क्यूएए प्राप्ति र स्वायत्तता कायान्वयनमा प्रतिबद्ध रहने, क्याम्पसको दीर्घकालीन योजना निर्माण गर्ने, क्याम्पसका सबै गतिविधिहरु प्रविधिमैत्री बनाउने, शिक्षक कर्मचारी र विद्यार्थीको आचारसंहिता निर्माण गर्ने लगायतका प्रतिबद्धता सञ्चालक समितिले व्यक्त गरेको छ ।

स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारले मागे अनुसारको दक्ष जनशक्ति उत्पादन गर्ने, विभीन्न स्रोतबाट क्याम्पसका आर्थिक र भौतिक सुविधाहरु जुटाउने, आम्दानी खर्चलाई नियमित पारदर्शी र मितव्ययी तथा जफादेही बनाउने, विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दी कायम गर्ने, पूर्णकालीन जनशक्तिको व्यवस्थापन गर्ने, सरोकारवाला सबैलाई सामूहिक जिम्मेवारी र कर्तव्यबोध गराउने तथा प्राध्यापक कर्मचारीको पेशागत विकासको सुनिश्चित गर्ने समितिले उद्देश्य राखेको छ ।

क्याम्पस स्वायत्ततामा प्रवेश गरेपछि चूनौती र अवसर दुबै रहेको धौलागिरि बहुमुखी क्याम्पस बागलुङका स्ववियु सभापति मनबहादुर थापा ‘मनिष’ले बताए । ‘हामी स्ववियु निर्वाचित भएर आएसंगै क्याम्पसको शैक्षिक र भौतिक गुणस्तर सुधारको पक्षलाई मुख्य कामको रुपमा लिएर अगाडि बढेका छौं,’ उनले भने,‘शैक्षिक भौतिक गुणस्तर वृद्धिका लागि स्वायत्तता अन्यन्त जरुरी छ, यो अहिलेको आवश्यकता अनुसार पनि हो । तर यसमा थुपै्र चूनौतीहरु छन् ।

अन्य क्षेत्रमा जस्तै यहाँ पनि राजनीति हस्तक्षेप हुने र गलत ढंगबाट अगाडि बढ्ने अवस्था आयो भने समस्या हुनसक्छ ।’ क्याम्पस स्वायत्ततामा गएसंगै प्राविधिक धारलाई ध्यान दिने उनले बताए । ‘अब बजारमा बिक्ने खालको जनशक्ति उत्पादन गर्ने गरी कार्यक्रम सञ्चालन गर्नुपर्छ भनेर त्यो विषयमा अध्ययन भैरहेको छ,’ उनले भने ।

यहाँको समुदायसंग हातेमालो गरेर जाँदा क्याम्पसलाई धेरै राम्रा बनाउन सकिने उनको विश्वास छ । क्याम्पसलाई अन्तर्राष्ट्रिय विश्वविद्यालयसंग प्रतिस्पर्धी बनाउनका लागि पनि स्वयत्तताले भूमिका खेल्ने उनी बताउँछन् । ‘हामी अहिले क्यूएए प्राप्त गर्ने चरणमा छौं, त्यसका लागि स्वायत्तता अनिवार्य जस्तै छ,’ थापाले भने,‘क्यूएए प्राप्त नगरेको क्याम्पसमा पढेको विद्यार्थीहरु विदेशका विश्वविद्यालयमा पढ्न जाँदा प्रमाणपत्र मुल्याङ्कन कम हुन्छ । त्यसले गर्दा हामीले यसमा जोड गरेका छौं ।’

आफैले पाठ्यक्रम निर्माण गर्नेदेखि परीक्षा सञ्चालनसम्मको अधिकार हुने हुँदा क्याम्पसलाई विश्वविद्यालयको रुपमा विकास गर्न थप सहजता हुने उनको विश्वास छ । क्याम्पसले क्युएए प्राप्त गर्दा साथ विद्यार्थी संख्या अनुपातमा अनुदान आउने भएकाले निकै सस्तो शुल्कमा पठन पाठन गराउन सकिने उनले बताए ।

अहिलेको विश्वबजारमा यहाँको क्याम्पसको प्रमाणपत्रलाई प्रतिस्पर्धी बनाउनका लागि क्युएए आवश्यक रहेको र सम्भवतः केही महिनामै त्यो प्राप्तिको चरणमा क्याम्पस अगाडि बढेको उनले जानकारी दिए । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भएदेखि नै आफूहरुले क्यूएए र स्वायत्तताको विषयलाई जोड दिएर अगाडि बढेको छ र अहिलेको भौतिक संरचनाको विकास पनि त्यही अन्तर्गत भैरहेको उनको भनाइ छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

यो बिषयमा तपाईको प्रतिकृया

Muktikshetra Daily

उत्तरगंगा पब्लिकेशन प्रा.ली.

बागलुङ नगरपालिका -२ धौलागिरी चोक, बागलुङ
E-mail: dailymukti@gmail.com
फोन नं.: ०६८-५२२०६२

अध्यक्ष : श्रीधर क‌ंडेल
प्रधान सम्पाद: धनराज सापकोटा
सम्पादक : नरेश कंडेल

सम्पादकीय / विचार

बेमौसमी नागरिकता अध्यादेश
सम्पादकीय

दुव्र्यसन नियन्त्रणमा आमाको भूमिका

संवाददाता: मुक्तिक्षेत्र संवाददाता
September 23, 2022

बागलुङमा पछिल्लो समय लागूऔषध दुव्र्यसनीमा फस्नेहरुको संख्या बढ्दै गएको देखिन्छ । जिल्ला प्रहरी कार्यालयले चलाएको दुव्र्यसन विरुद्धको अभियानमा धरै व्यक्तिहरु...

Read more
बेमौसमी नागरिकता अध्यादेश

संविधानको सबैले पालना गरौं

September 20, 2022
बेमौसमी नागरिकता अध्यादेश

आत्महत्या निरुत्साहित गरौं

September 18, 2022
बेमौसमी नागरिकता अध्यादेश

बाल दिवस र बालबालिकाको भविष्य

September 14, 2022
sampadakiye

प्राकृतिक विपत्ति न्यूनीकरण

October 26, 2021
बेमौसमी नागरिकता अध्यादेश

आर्थिक समृद्धिका लागि युवा

September 29, 2021
बेमौसमी नागरिकता अध्यादेश

सास्ती दिने यो लोकमार्ग

September 24, 2021
बेमौसमी नागरिकता अध्यादेश

पदकको गरिमा राख

September 22, 2021

© 2020 Muktishetra, All right reserved | Developed with ❤️ by Webpal

No Result
View All Result
  • होमपेज
  • स्थानीय तह
    • बागलुङ नगरपालिका
    • गल्कोट नगरपालिका
    • ढोरपाटन नगरपालिका
    • जैमिनी नगरपालिका
    • काठेखोला गाउँपालिका
    • तमानखोला गाउँपालिका
    • निसीखोला गाउँपालिका
    • ताराखोला गाउपालिका
    • बडिगाड गाउँपालिका
    • बरेङ् गाउँपालिका
  • प्रदेश विशेष
  • राजनीति
  • रोचक संसार
  • अन्तर्रवार्ता
  • सम्पादकीय
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ब्यबसाय
    • स्वास्थ्य
    • संस्कृति
    • मुक्ति T.V
    • साताको तस्बिर

© 2020 Muktishetra, All right reserved | Developed with ❤️ by Webpal