साइनो नेपाल मिडया सोसाइटीले वेलनेस टिमलाई मास्क सहित स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
बागलुङको ताराखोला गाउँपालिकालाई कार्यक्षेत्र बनाएर स्वास्थ्य सेवा प्रदान गर्दै आएको संस्थाका अध्यक्ष नितु खड्कालाई सोसाइटीका अध्यक्ष ध्रुव पौडेलले हस्तान्तरण गरेका हुन् ।
हस्तान्तरण कार्यक्रममा संस्थाकी अध्यक्ष खड्काले आफूले सञ्चालन गर्दै आएको कार्यक्रमलाई सहयोग गरेकोमा साइनो नेपाल मिडिया सोसाइटीलाई धन्यवाद दिएकी थिइन् ।
सोसाइटीका अध्यक्ष पौडेलले यस्ता कार्यक्रमलाई देशव्यापी रुपमा लैजानु पर्ने बताए ।
उनले संस्थाले ग्रामीण भेगको नागरिकको स्वास्थ्यमा प्रत्यक्ष सहयोग पु¥याउने काम सराहनीय भएको बताए ।
यो बिषयमा तपाईको प्रतिकृया