जिल्लाको निसीखोला गाउँपालिका वडा नम्बर ७ राजकुतमा बुधबार विविध जनचेतना मूलक कार्यक्रम हुने भएको छ । निसीखोला दलित सञ्जाल निसीखोला ७ को आयोजनामा हुन लागेको कार्यक्रममा ढोरपाटन नगरपालिकाका नगर प्रमुख देवकुमार नेपाली प्रमुख अतिथि रहने भएका छन् ।
कार्यक्रममा विशेष रुपमा दलित समुदायको हकहितको लागि जनचेतनामूलक सन्देश, अन्तर्जातीय विवाह गर्ने जोडीलाई प्रोत्साहन स्वरुप सम्मान, समुदायमा एक घर एक चुलो लागु गर्ने, बालविवाह रोकथाम लगायतको विषयमा कार्यक्रम हुने कार्यक्रम संयोजक राजन विश्वकर्माले जानकारी दिए ।
कार्यक्रमको विशेष अतिथिको रुपमा निसीखोला गाउँपालिका वडा नं ७ का वडा अध्यक्ष तेजेन्द्र विक्रम कुवँर नहकुल,वडा नम्बर २ का वडा अध्यक्ष कुविर विश्वकर्मा,समाजसेवी एवं महिला नेत्तृ दिलमाया पौवी लगायतको उपस्थिति रहने दलित सञ्जाल निसीखोला ७ का अध्यक्ष शिवलाल विश्वकर्माले जानकारी दिएका छन् ।
यो बिषयमा तपाईको प्रतिकृया