नेवाले पश्चिम बागलुङका ४ पालिकामा ७ सय ५९ खानेपानी धारा निमाण गर्ने

मुक्तिक्षेत्र संवाददाता संवाददाता: मुक्तिक्षेत्र संवाददाता
नेवाले पश्चिम बागलुङका ४ पालिकामा ७ सय ५९ खानेपानी धारा निमाण गर्ने

नेपाल स्वास्थ्यका लागि पानी नेवाद्वारा खानेपानी तथा सरसफाई आयोजना कार्यक्रम पश्चिमको ४ पालिकामा योजना कार्यान्वयन सम्झौता गोष्ठी गरेको छ । “दीगो र गुणस्तरयुक्त संरचना हाम्रो पहिचान सफा र स्वच्छ गाउँ हाम्रो अभियान” भन्ने मुल लक्ष्यका साथ योजना सञ्चान गर्ने नेवा सस्थाका शुसिल अर्यालले जानकारी दिए । जिल्लाको बडिगाड गाउँपालिका ,निसीखोला गाउँपालिका,तमानखोला गाउँपालिका र ढोरपाटन नगरपालिकामा पुगेर सम्झौता गोष्ठी गरेको हो ।

उक्त योजना वि.सं २०७९ साउन १५ गते सम्म सम्पन्न गर्ने लक्ष्य रहेको छ । बडिगाड गाउँपालिका जस अन्र्तगत बडिगाड गाउँपालिकामा पालिकाको ५ वटा वडामा उक्त कार्यक्रम सञ्चालन गरिने छ । वडा नं २,३,७,८,र ९ मा गरी नेवा संस्थाको १ करोड ३० लाख ५२ हजार ५ सय ७६, गाउँपालिका को तर्फ बाट ४९ लाख ८५ हजार ७ सय ६१ रुपैया र जनश्रमदान ५९ लाख ९२ हजार ८ सय ६६ रुपैया र नगद योगदान गरी जम्मा २ करोड ४२ लाख ८४ हजार २ सय ८४ रुपैयाको कुल लागतमा योजना सम्पन्न हुने छ ।

उक्त योजना मार्फत बडिगाड गाउँपालिका ५ वडा का १ विद्यालय सहित ३ सय ८१ घर धुरीका ३ हजार १ सय संख्याका स्थानीय प्रत्यक्ष लाभान्बित हुने छन् । आयोजना सम्पन्न पश्चात २ यस ७६ धारा निमाण हुने छन् । कार्यक्रममा बडिगाड गाउँपालिका प्रमुख मेहरसिह पाईजाको अध्यक्षता , जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेनद्र ढुगांनाको प्रमुख आतिथ्यता, उपप्रमुख विष्णु भुषाल बिशिष्ट आतिथ्यता रहेको थियो । उता तमानखोला गाउँपालिकामा १,२,३,र ४ वडा मा कार्यक्रम सञ्चालन हुने छ ।

नेवा संस्थाको तर्फ बाट ५८ लाख ८९ हजार २ सय ९२ रुपैयाँ ,पालिकाको तर्फबाट १९ लाख १ हजार १९ रुपैयाँ र जनश्रमदान बाट २६ लाख १४ हजार २ सय २५रुपैया गरी जम्मा १ करोड ४० लाख ४ हजार ५ सय बराबरको योजना छ । गाउँपालिकाको ४ वडामा १ विद्यालय सहित २ सय ४३ घरधुरी मा १ हजार २५ जनसंख्या प्रत्यक्ष लाभान्वित हुनेछन् ।

योजना सम्पन्न पश्चात १ सय २५ धारा निमाण हुनेछन् । कार्यक्रम तमानखोला गाउँपालिकाका उपाध्यक्ष मानसरी शेरचनको अध्यक्षता जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुंगानाको प्रमुख आतिथ्यता र नेवा प्रदेश प्रबन्धक कुमार शिलवारको सञ्चालनमा सम्पन्न भएको थियो । निसीखोला गउँपालिका निसीखोला गाउँपालिकामा वडा नं ५ र ६ मा सञ्चालन हुने छ ।

संस्थाको तर्फबाट १ लख १ हजार ४ सय ९० रुपैया, पालिकाको तर्फबाट १९ लाख २ हजार ५ सय ४ र जन श्रमदानमा ३९ लाख ६७ हजार ५ सय ६९ गरी जम्मा १ करोड ४१ लख १० हजार ८३ रुपैयाको योजाना निमाण हुने छ । गाउँपालिकाको २ वडामा सञ्चालन हुने योजनामा ४ बिद्यालय सहित ३ सय ५२ घरधुरीका ३हजार २ सय ४६ बरावरको जनसंख्या प्रत्यक्ष लाभाम्बित हुने छन् ।

योजना सम्पन्न पश्चात २ सय १२ धारा निमार्ण हुने छन् । निसीखोला गाउँपालिकाको कार्यक्रममा पालिका अध्यक्ष तारानाथ पौडेलको अध्यक्षतामा आयोजित कार्यक्रमा जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुंगानाको प्रमुख आतिथ्यता र नेवा सस्थाका प्रदेश प्रबन्धक कुमार शिलवालको सञ्चालनमा सम्पन्न भएको थियो ।

ढोरपाटन नगरपालिका यस्तै ढोरपाटन नगरपालिकाको २ वटा वडामा ३ योजना सञ्चालन हुने छन् । सस्थाको तर्फबाट ७१ लख ९ सय ३४ रुपैयाँ ,ढोरपाटन नगरपालिकाको तर्फबाट २५ लाख ५८ हजार १ सय ५८ र स्थानियको जनश्रमदान ३१ लाख १३ हजार ३ सय ६३ गरी जम्मा १ करोड २७ लाख ९६ हजार २ सय ९५ बराबरको आयोजना सञ्चालन हुने भएको हो । नगरपालिकामा ५ बिद्यालय सहित २ सय ४५ घरधुरीका गरी १ हजार ९ सय ३४ जनंख्या प्रत्यक्ष लाभाम्वित हुने छन् । नगरपालिकामा योजना १ सय ४६ धारा निमार्ण पश्चात योजना सम्पन्न हुने छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

यो बिषयमा तपाईको प्रतिकृया

Muktikshetra Daily

उत्तरगंगा पब्लिकेशन प्रा.ली.

बागलुङ नगरपालिका -२ धौलागिरी चोक, बागलुङ
E-mail: dailymukti@gmail.com
फोन नं.: ०६८-५२२०६२

अध्यक्ष : श्रीधर क‌ंडेल
प्रधान सम्पाद: धनराज सापकोटा
सम्पादक : नरेश कंडेल

सम्पादकीय / विचार

बेमौसमी नागरिकता अध्यादेश
सम्पादकीय

दुव्र्यसन नियन्त्रणमा आमाको भूमिका

संवाददाता: मुक्तिक्षेत्र संवाददाता
September 23, 2022

बागलुङमा पछिल्लो समय लागूऔषध दुव्र्यसनीमा फस्नेहरुको संख्या बढ्दै गएको देखिन्छ । जिल्ला प्रहरी कार्यालयले चलाएको दुव्र्यसन विरुद्धको अभियानमा धरै व्यक्तिहरु...

Read more
बेमौसमी नागरिकता अध्यादेश

संविधानको सबैले पालना गरौं

September 20, 2022
बेमौसमी नागरिकता अध्यादेश

आत्महत्या निरुत्साहित गरौं

September 18, 2022
बेमौसमी नागरिकता अध्यादेश

बाल दिवस र बालबालिकाको भविष्य

September 14, 2022
sampadakiye

प्राकृतिक विपत्ति न्यूनीकरण

October 26, 2021
बेमौसमी नागरिकता अध्यादेश

आर्थिक समृद्धिका लागि युवा

September 29, 2021
बेमौसमी नागरिकता अध्यादेश

सास्ती दिने यो लोकमार्ग

September 24, 2021
बेमौसमी नागरिकता अध्यादेश

पदकको गरिमा राख

September 22, 2021

© 2020 Muktishetra, All right reserved | Developed with ❤️ by Webpal

No Result
View All Result
  • होमपेज
  • स्थानीय तह
    • बागलुङ नगरपालिका
    • गल्कोट नगरपालिका
    • ढोरपाटन नगरपालिका
    • जैमिनी नगरपालिका
    • काठेखोला गाउँपालिका
    • तमानखोला गाउँपालिका
    • निसीखोला गाउँपालिका
    • ताराखोला गाउपालिका
    • बडिगाड गाउँपालिका
    • बरेङ् गाउँपालिका
  • प्रदेश विशेष
  • राजनीति
  • रोचक संसार
  • अन्तर्रवार्ता
  • सम्पादकीय
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ब्यबसाय
    • स्वास्थ्य
    • संस्कृति
    • मुक्ति T.V
    • साताको तस्बिर

© 2020 Muktishetra, All right reserved | Developed with ❤️ by Webpal