गण्डकीमा यसवर्ष बाढीपहिरो प्रकोप : दुई महिनामा ३३ जनाको मृत्यु, ४४ घाइते  

मुक्तिक्षेत्र संवाददाता संवाददाता: मुक्तिक्षेत्र संवाददाता
galuwa pahiro
चालू वर्षको मनसुनका कारण गण्डकी प्रदेशका विभिन्न ठाउँमा बाढी र पहिरोले धेरै क्षति भयो । विशेषगरी मनाङमा बाढीबाट बढी प्रभावित छ । पर्वत, कास्की, गोरखा, बागलुङलगायत जिल्लामा पनि क्षति बढी भयो । बाढी पहिरोमा परी प्रदेशभर हालसम्म ३३ जनाले ज्यान गुमाएका छन् भने ४४ जना घाइते छन् । दुईजना अझै बेपत्ता छन् ।

पहिरोले पाँच सय दुई निजी घर, पाँचवटा सरकारी कार्यालय, सातवटा विद्यालय, ६ वटा सामुदायिक भवन, २५ वटा हाइड्रो पावर र ३६ वटा पक्की पुलमा क्षति पुगेको छ । एक सय ७६ ठाउँको सडकमा यातायात अवरुद्ध भएको प्रदेश सरकारले जनाएको छ ।

सात सय ३१ घरका तीन हजार सात सय ७० जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको सरकारी आँकडा छ । विपदका समयमा चार हजार सात सय ६५ जनालाई ७९ लाख ६१ हजार आठ सय ९३ बराबरको खाद्यान्नलगायत जिन्सी सहयोग गरिएको छ भने ४१ लाख ८५ हजार नगद वितरण गरिएको छ । प्राकृतिक प्रकोपका कारण निधन भएकाको परिवारलाई संघीय सरकारले दुई लाख, प्रदेशले ५० हजार नगद राहत वितरण गरिरहेको छ ।

यस्तै, खाद्यान्नका लागि प्रतिपरिवार १५ हजार, अस्थायी आवासका लागि २५ हजार, उपचार खर्च ५० हजारका दरले प्रदेश सरकारबाट हस्तान्तरण गरिएको मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बताए ।

पहिरोले घर पूर्ण क्षति भएकाहरूलाई घर बनाउन सरकारले छुट्टै सहयोग गर्ने निर्णय गरेको छ । प्रदेश सरकारले हिमाली जिल्ला मनाङका पूर्ण क्षति भएका घरलाई प्रतिघर दुई लाख र तल्लो क्षेत्रमा प्रतिघर एक लाख राहत उपलब्ध गराउने निर्णय गरेको हो ।

सरकारले मनसुन सुरु हुनुअघि नै सबै जिल्लामा ग्याविन जाली र अन्य आवश्यक सामग्री खरिद गर्न प्रतिजिल्ला २० लाखका दरले निकासा पठाएको थियो भने ८५ वटै स्थानीय तहमा पाँच लाखका दरले अनुदान पठाएको थियो । यो वर्ष बजेट कम भएका कारण योजनामा कटौती गर्नुपरेको पोखरेलले बताए । यो वर्षको बजेट अघिल्लो वर्षको भन्दा करिब पाँच अर्ब कम छ ।
अघिल्लो वर्ष ३४ अर्ब ८४ करोडको बजेट कार्यान्वयन गरेको सरकारले चालू वर्षका लागि ३० अर्वको बजेट सार्वजनिक गरेको छ । त्यसैले धेरै योजनाहरू कटौती भएका छन् ।

प्रतिपक्षी एमालेले भने आफ्नो पालामा भएका काम रोकेको आरोपमा सदन अवरुद्ध गरेको थियो । सरकारले सबै योजना अघि बढाउने प्रतिबद्धता जनाएपछि संसद बैठक सुचारू भएको हो ।

‘सालबसाली कार्यक्रमलाई निरन्तरता दिन र पहिचान गरिएका नयाँ कार्यक्रमका लागि पर्याप्त बजेट उपलब्ध गराउन सकिएन । तथापि, सरकारको अवछिन्न उत्तराधिकारी संस्था भएकाले अघिल्लो सरकारले थालेका कार्यक्रमलाई निरन्तरता दिनु हाम्रो दायित्व हो,’ उनले भने, ‘पूर्ववर्ती सरकारले सञ्चालन गरेका एक निर्वाचन क्षेत्र एक सडक, एक घर एक धारालगायत खानेपानीका आयोजना, उज्यालो प्रदेश कार्यक्रमलाई हामीले प्राथमिकताका साथ निरन्तरता दिएका छौं ।’ अहिले स्थगित भएका योजनाहरूलाई पनि बजेट प्राप्त हुनासाथ कार्यान्वयनमा अघि लैजाने पोखरेलले बताए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

यो बिषयमा तपाईको प्रतिकृया

Muktikshetra Daily

उत्तरगंगा पब्लिकेशन प्रा.ली.

बागलुङ नगरपालिका -२ धौलागिरी चोक, बागलुङ
E-mail: dailymukti@gmail.com
फोन नं.: ०६८-५२२०६२

अध्यक्ष : श्रीधर क‌ंडेल
प्रधान सम्पाद: धनराज सापकोटा
सम्पादक : नरेश कंडेल

सम्पादकीय / विचार

बेमौसमी नागरिकता अध्यादेश
सम्पादकीय

दुव्र्यसन नियन्त्रणमा आमाको भूमिका

संवाददाता: मुक्तिक्षेत्र संवाददाता
September 23, 2022

बागलुङमा पछिल्लो समय लागूऔषध दुव्र्यसनीमा फस्नेहरुको संख्या बढ्दै गएको देखिन्छ । जिल्ला प्रहरी कार्यालयले चलाएको दुव्र्यसन विरुद्धको अभियानमा धरै व्यक्तिहरु...

Read more
बेमौसमी नागरिकता अध्यादेश

संविधानको सबैले पालना गरौं

September 20, 2022
बेमौसमी नागरिकता अध्यादेश

आत्महत्या निरुत्साहित गरौं

September 18, 2022
बेमौसमी नागरिकता अध्यादेश

बाल दिवस र बालबालिकाको भविष्य

September 14, 2022
sampadakiye

प्राकृतिक विपत्ति न्यूनीकरण

October 26, 2021
बेमौसमी नागरिकता अध्यादेश

आर्थिक समृद्धिका लागि युवा

September 29, 2021
बेमौसमी नागरिकता अध्यादेश

सास्ती दिने यो लोकमार्ग

September 24, 2021
बेमौसमी नागरिकता अध्यादेश

पदकको गरिमा राख

September 22, 2021

© 2020 Muktishetra, All right reserved | Developed with ❤️ by Webpal

No Result
View All Result
  • होमपेज
  • स्थानीय तह
    • बागलुङ नगरपालिका
    • गल्कोट नगरपालिका
    • ढोरपाटन नगरपालिका
    • जैमिनी नगरपालिका
    • काठेखोला गाउँपालिका
    • तमानखोला गाउँपालिका
    • निसीखोला गाउँपालिका
    • ताराखोला गाउपालिका
    • बडिगाड गाउँपालिका
    • बरेङ् गाउँपालिका
  • प्रदेश विशेष
  • राजनीति
  • रोचक संसार
  • अन्तर्रवार्ता
  • सम्पादकीय
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ब्यबसाय
    • स्वास्थ्य
    • संस्कृति
    • मुक्ति T.V
    • साताको तस्बिर

© 2020 Muktishetra, All right reserved | Developed with ❤️ by Webpal